• १३ वैशाख २०८१, बिहिबार

प्रतिनिधि सभा र प्रदेशसभा सदस्यमा विजयी उम्मेदवारहरू

नेकपा (एकीकृत समाजवादी) पार्टी

नेकपा (एकीकृत समाजवादी) पार्टी

प्रतिनिधिसभा १०
समानुपातिक
प्रदेशसभा १४


दैलेख निर्वाचन क्षेत्र न १ बाट प्रतिनिधि सभाका लागि सत्तारुढ गठबन्धन दल नेकपा एकीकृत समाजबादीका अमर बहादुर थापा १८ हजार २९७ मत सहित  विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी  नेकपा एमालेका उम्मेदवार रबिन्द्रराज शर्मा १७ हजार ४४७ मतमै सीमित हुनुभयो । थापाले ८२५ मतको फराकिलो अन्तरले जित हासिल गर्नु भयको हो । त्यस्तै दुई मुख्य प्रतिस्पर्धीलाई पछ्याउँदै  राष्ट्रिय प्रजातन्त्र पाटीकी उम्मेदवार  कुन्ती कुमारी शाहीले ४ हजार ६१२ मत प्राप्त गर्नु भयो । 

शहरी विकासमन्त्री मेटमणी चौधरी विजयी हुनुभएको छ । दाङ क्षेत्र नं. १ बाट नेकपा (एकीकृत समाजवादी)का तर्फबाट उम्मेदवार बन्नुभएको चौधरी पाँच हजार ८४ को मतान्तरणसहित विजयी हुनुभएको छ । उहाँले २६ हजार ५६३ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्दी नेकपा (एमाले)का शान्ता चौधरीले २१ हजार ४७९ मत प्राप्त गर्नुभएको छ ।


धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे विजयी हुनुभएको छ ।


रौतहट १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी हुनुभएकाे छ । उहाँले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गर्नुभएकाे हाे । नेपालले ३३ हजार ५२२  मत प्राप्त गर्नुभयाे ।  उहाँका प्रतिद्वन्द्वी एमालेका गुप्ताले २६ हजार ५२२ मत प्राप्त गर्नुभएकाे थियाे ।


बझाङमा प्रतिनिधि सदस्य नेकपा (एकिकृत समाजबादी) का भानुभक्त जोशी बिजयी हुनुभएको छ । उहाँका निकट्तम प्रतिद्वन्द्वी नेकपा (एमाले)का ऐन महरलाई पछि पार्दै ९ सय ९८ मतान्ततरले जोशी बिजयी हुनु भएको हो


सल्यानबाट प्रतिनिधिसभा नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वाला विजयी हुनुभएको छ। ज्वाला १५ हजार ९११ मतको फराकिलो अन्तरले विजयी हुनुभएको हो। उहाँले ३५ हजार ७ सय  प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी  नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत प्राप्त गर्नुभएको छ। 



डोटीमा  नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार ५१ वर्षीय प्रेमबहादुर आले निर्वाचित भएका हुनु भएको छ । बिहीबार बिहान मतगणना सम्पन्न हुँदा पूर्वमन्त्री समेत रहनु भएका आले डोटीबाट लगातार तेस्रो पटक निर्वाचित हुनु भएको हो । आले २०७० र २०७४ मा नेकपा (एमाले) को उम्मेदवारको रुपमा विजयी हुनु भएको थियो ।


बारा क्षेत्र नम्बर–४ मा नेकपा (एकीकृत समाजवादी)का कृष्णकुमार श्रेष्ठ (किसान) विजयी हुनुभएको छ । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकवाल मियाँ पराजित  हुनुभएको छ । श्रेष्ठले २० हजार २ सय ९१ मत ल्याउनुभएको छ भने मियाँले १३ हजार ८ सय ६३ मत पाउनुभएको छ । 


नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा ढोका खोलेको छ । अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर विजयी हुनुभएको छ। कुँवर चार हजार ४८९ मतान्तरले विजयी हुनुभएको छ ।

कैलाली निर्वाचन क्षेत्र नं. ४ को प्रदेशसभा (क)मा नेकपा (एस)का उम्मेदवार दीर्घबहादुर सोडारी विजयी हुनुभएको छ । उहाँले १३ हजार ५११ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार भिमबहादुर देउवाले नौ हजार ४४५ मत ल्याउनुभएको छ ।


भक्तपुर निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा (ख)मा नेकपा (एस)का उम्मेदवार राजेन्द्रमान श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले आठ हजार ३४१ मत प्राप्त गरी विजयी हुनुभएको हो । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार चन्दन कृष्ण श्रेष्ठले आठ हजार ३१ मत ल्याउनुभएको छ ।


काठमाडौं निर्वाचन क्षेत्र नं. १० को (ख)मा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रमा आलेमगर पाँच हजार ८१८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रामशरण आलेमगरले पाँच हजार १८८ मत प्राप्त गर्नुभएको छ ।


सिराहा निर्वाचन क्षेत्र नं. ३ को (ख)मा नेकपा (एकीकृत समाजवादी) पार्टीका उम्मेदवार प्रमोदकुमार यादव नौ हजार ९७६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार आठ हजार १४ मत प्राप्त गर्नुभएको छ ।


सप्तरी क्षेत्र ४ को (क) बाट प्रदेशसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार गोविन्दबहादुर न्यौपाने निर्वाचित हुनुभएको छ । न्यौपानेले नेकपा (एमाले)का उम्मेदवार बालकृष्ण चौधरी थारुभन्दा पाँच हजार ४२१ बढी मत ल्याएर निर्वाचित हुनुभयो । न्यौपानेले ११ हजार ४२९ मत ल्याउनुभएको छ भने थारुले पाँच हजार आठ मत प्राप्त गर्नुभयो ।


इलाम –१ को प्रदेश सभा ‘क’ मा प्रदेश १ की संस्कृति तथा पर्यटनमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)की नेत्री खिनु लङ्वा (लिम्बू) विजयी हुनुभएको छ । लङ्वाले नेकपा (एमाले)की शोभा पराजुलीलाई एक हजार नौ सय ७६ मतान्तरले पराजित गर्नुभएको हो । 


भोजपुर प्रदेश सभा (क) बाट नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सचिव राजेन्द्रकुमार राई विजयी हुनुभएको छ। प्रदेश १ का मुख्यमन्त्रीसमेत रहनुभएका राईले १६ हजार १ सय १० मत पाउनुभएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेका हरिबहादुर राईले १२ हजार २ सय २३ मत पाउनुभयो। 


चितवन १ (ख) वाट  बागमती प्रदेश सभा सदस्यमा एकीकृत समाजवादीका कृष्ण खनाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार किरण प्रकाश खनाल (शैलेस) लाई ७ सय ३९ मत अन्तरले पराजित गर्नुभएको हो ।


काभ्रेपलाञ्चोक जिल्लाको निर्वाचन क्षेत्र नम्म्बर २ को प्रदेशसभा (क) मा नेकपा (एकीकृत समाजवादी)का लक्ष्मण लम्साल विजयी हुनुभएको छ। लम्सालले नेकपा (एमाले)का उम्मेदवार कुमारप्रसाद खकुरेललाई १८८ मतले पराजित गर्नुभएको हो। लम्सालले १९ हजार ४०८ मत पाउनु भएको छ भने खकुरेलले १९ हजार २२० मत प्राप्त गर्नुभएको छ। 


रौतहट निर्वाचन क्षेत्र २ (ख) मा नेकपा (एस) का कनिश पटेल निर्वाचित हुनुभएको छ । पटेलले १० हजार ४४२ मत ल्याई विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिस्पर्धी निवर्तमान प्रदेश सभा सदस्य एवम् जसपाका उम्मेदवार रामकिशोर यादवले १० हजार ३३ मत प्राप्त गर्नुभयो । 


एकीकृत समाजवादीका नेता तथा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावल  दोस्रो पटक प्रदेश सभामा विजयी हुनुभएको छ । उहाँ कञ्चनपुर क्षेत्र नं. ३ को (क) बाट विजयी हुनुभएको हो ।


पाँचथरको प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट वाम–लोकतान्त्रिक  गठवन्धनका उम्मेद्वार नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) कमलप्रसाद जवेगू विजयी हुनु भएको छ  । नेकपा एमालेका राजकुमार भण्डारीलाइ ६ सय ३३ मत अन्तरले हराँउदै जवेगू प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको हो  । 


सर्लाहीको क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) की बेची लुङ्गेली निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनको साझा उम्मेदवार रहनुभएकी लुङ्गेली १३ हजार ६७७ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति कुमारी लामाले छ हजार ९७५ मत पाउनुभयो ।


काठमाडौं–७ (क)मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार वसन्तप्रसाद मानन्धर विजयी हुनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको बुधबार बिहान सम्पन्न प्रदेशसभा (क) को मतगणनामा एकीकृत समाजवादीका मानन्धरले चार हजार १५३ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिनुभयो ।