• १२ साउन २०८१, शनिबार

प्रतिनिधि सभा र प्रदेशसभा सदस्यमा विजयी उम्मेदवारहरू

राष्ट्रिय स्वतन्त्र पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टी

प्रतिनिधिसभा
समानुपातिक १३
प्रदेशसभा

चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल निर्वाचित हुनुभएको छ । नेकपा (एमाले)का सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार ५८१ मतले पछि पर्नुहुँदै ढकाल विजयी हुनुभएको हो । ढकालले ३४ हजार १८९ मत प्राप्त गर्नुभएको छ भने पाण्डेले २६ हजार ६०८ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९०९ मत प्राप्त गर्नुभयो ।


चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भारी मतान्तरले निर्वाचित हुनुभएको छ । उहाँले ४९ हजार २६१ मत प्राप्त गरी निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत इश्वरी आचार्यले जानकारी दिनुभयोे । उहाँका निकटम प्रतिस्पर्धीभन्दा ३४ हजार १६२ मतान्तरले चुनाव जित्नु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र नेकपा (एमाले)का कृष्णभक्त पोख्रेलको १४ हजार ६४९ मत रहेको बताइएको छ ।


ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डा. तोसिमा कार्की विजयी हुनुभएको छ । निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उहाँ ३१ हजार १३६ मतसहित विजयी हुनुभएको हो ।


काठमाडौं निर्वाचन क्षेत्र नंं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी हुनुभएको छ । खनालले १४ हजार २०४ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का सर्वेन्द्र खनालले आठ हजार ९११ मत प्राप्त गर्नुभएको छ ।


काठमाडाैं–७ मा स्वतन्त्र पार्टीबाट गणेश पराजुली विजयी हुनुभएको छ । पराजुलीले ८ हजार ७४३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शिवकुमार घिमिरेले ६ हजार ८ सय मत ल्याउनुभयो । माओवादी केन्द्रकी अस्मिता मानुषी यमी भट्टराईले ६ हजार ६३ मत प्राप्त गर्नुभयो ।


काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले १० हजार १०५ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत दिपक धितालले जानकारी दिनुभयो । यद्यपि, यस विषयमा औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन अधिकृत धितालले बताउनुभयो । निर्वाचन अधिकृत धितालका अनुसार उहाँका प्रतिद्वन्दी हाम्रो पार्टीका उम्मेदवार सुमन सायमीले छ हजार १७४ मत प्राप्त गर्नुभएको छ ।


प्रतिनिधि सभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जीत हासिल गरेको छ । बुधबार बिहान सम्पन्न काठमाडौं क्षेत्र नम्बर २ को मतगणनाअनुसार प्रतिनिधि सभा सदस्यतर्फ रास्वपाका उम्मेदवार सोविता गौतम विजयी हुनुभएको हो । निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाउनु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार मणिराम फुयाँलले ११ हजार ५५५ मत प्राप्त गर्नुभएको छ ।