• ८ वैशाख २०८१, शनिबार

दाङ १ मा नेकपा एसका मेटमणि चौधरी विजयी

blog

काठमाडौं, मङ्सिर ९ गते । सहरी विकासमन्त्री मेटमणि चौधरी विजयी हुनुभएको छ । दाङ क्षेत्र नं. १ बाट नेकपा (एकीकृत समाजवादी)का तर्फबाट उम्मेदवार बन्नुभएको चौधरी पाँच हजार ८४ को मतान्तरसहित विजयी हुनुभएको छ ।

उहाँले २६ हजार ५६३ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का शान्ता चौधरीले २१ हजार ४७९ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का देवराज पाठकले १३ हजार ७९४ मत प्राप्त गर्नुभएको छ ।