• १२ साउन २०८१, शनिबार

प्रतिनिधि सभा र प्रदेशसभा सदस्यमा विजयी उम्मेदवारहरू

नेकपा (माओवादी केन्द्र)

नेकपा (माओवादी केन्द्र)

प्रतिनिधिसभा १८
समानुपातिक १४
प्रदेशसभा ५४

दोलखामा माओवादी केन्द्रका उम्मेदवार कार्की विजयी

दोलखा, मंसिर १९ गते । दोलखा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी नेकपा ९एमाले० का उम्मेदवार बालकृष्ण सिवाकोटीलाई ३१७ मत अन्तरले पराजित गर्नुभएको हो ।


सर्लाही-२ बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार महिन्द्र राय यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ। निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राजेन्द्र महतोलाई दुई हजार ११ मतान्तरले हराउँदै यादव निर्वाचित हुनुभएको हो। यादवले २३ हजार ५२९ मत पाउँदा महतोले २१ हजार ५१८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 


भोजपुरबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य सुदन किराँती विजयी हुनुभएको छ। किराँतीले नेकपा (एमाले)का शेरधन राईलाई दुई हजार ३ सय ८५ मतले पराजित गर्नुभएको हो।  उहाँले कुल खसेको मत ६१ हजार ८ सय ३० मध्ये २८ हजार ५ सय ७८ मत पाउनुभएको छ। पूर्व मुख्यमन्त्रीसमेत रहेका उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का राईले २६ हजार १ सय ९३ मत पाउनुभयो। 


मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदी विजयी हुनुभएको छ । ३० हजार ६१२ मत ल्याएर मोदी विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनोदप्रसाद ढकालले २४ हजार ४६३ मत पाउनुभएको छ । 


नुवाकोट क्षेत्र नं. १ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हितबहादुर तामाङ विजयी हुनुभएको छ । तामाङले नेकपा (एमाले)का उम्मेदवार बद्री मैनालीलाई तीन हजार ८५ मतान्तरले पराजित गर्नुभएको हो । माओवादीका तामाङले २६ हजार ५४८  मत प्राप्त गर्नुभएको छ भने एमालेका मैनालीले २३ हजार ४६५ मत प्राप्त गर्नुभएको छ ।


रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का वर्षमान पुन विजयी हुनुभएको छ । माओवादी उपमहासचिव पुन ४१ हजार सात सय १४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पूर्ण बुढामगरले १६ हजार चार सय ८५ मत ल्याउनुभएको छ । माओवादीका पुनले एमालेका बुढालाई २५ हजार दुई सय २९ मतान्तरले पराजित गर्नुभएको हो। 


सङ्घीय संसदका लागि एक क्षेत्र रहेको हुम्ला जिल्लामा प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र)का छिरिङ् डम्डुुल लामा (कार्चेन) विजयी हुनुुभएको छ । माओवादी केन्द्रका लामाले आफ्नो निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार दल रावलभन्दा चार अजार ८५५ मत बढी ल्याएर विजयी हुनुभएको हो ।


काभ्रेपलान्चोक जिल्लाको प्रतिनिधि सभा १ मा सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्यमान तामाङ दोङ विजयी हुनु भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य रेसमबहादुर लामालाई तीन हजार ९२८ मतान्तरले पराजित गर्दै दोङ निर्वाचित हुनु भएको हो । 


कालीकोटको एक मात्र प्रतिनिधि सभा सदस्यमा गठबन्धनका साझा उम्मेद्वार महेन्द्रवहादुर शाही निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेशका पूर्व  मुख्यमन्त्री समेत रहनुभएका शाहीले एमालेका केन्द्रीय सदस्य नगीन्द्र शाहीलाई आठ हजार ६४ मतले पछि पार्दै बिजयी बन्नु भएको हो । 


अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका नेकपा माओवादी केन्द्रका उपमहासचिव शर्मा रुकुम पश्चिमबाट चौथो पटक निर्वाचित हुनुभएको हो । 


खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का रामकुमार राई विजयी हुनुभएको छ । नेकपा (एमाले)का विशाल भट्टराईलाई दुई हजार ६६९ मतान्तरले पराजित गर्दै राई विजयी हुनुभएको हो । खोटाङमा खसेको ६७ हजार तीन सय ७३ मतमध्ये राईले ३१ हजार तीन सय ५१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी भट्टराईले २८ हजार ६८२ मत प्राप्त गर्नुभएको छ। 


गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ । दाहाल २६ हजार १०३ मत ल्याएर विजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीलाई १३ हजार ४६६ मतले पछाडि पार्दै दाहाल विजयी हुनुभएको हो । 


दाङ निर्वाचन क्षेत्र नं. २ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रेखा शर्मासँग १९७ मतको मतान्तरले नेकपा (एमाले)का महासचिव शंकर पोखरेल पराजित हुनुभएको छ । गठबन्धनका उम्मेदवार शर्मा प्रतिनिधिसभा सदस्यमा २६ हजार ८७७ मत प्राप्त गरी विजयी हुनुभएको हो ।


जाजरकोटबाट नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेत विजयी हुनुभएको छ। ६५ हजार ६६१ मतमध्ये बस्नेतको पक्षमा ३४ हजार १५१ आएको छ। उहाँले नेकपा एमालेका निरज आचार्यलाई ९ हजार ३१ मतले पराजित गर्नुभएको हो। एमाले नेता आचार्यले २५ हजार १२० मत प्राप्त गर्नुभएको छ।


सिन्धुपाल्चोक प्रतिनिधिसभा–१ मा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का माधव सापकोटा (सुबोध) विजयी हुनु भएको छ ।उहाँका निकटम प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार सरेश नेपाललाई तीन हजार ३५६ मतले पछाडी पार्दै सापकोटा निर्वाचित हुनु भएको छ ।


बागलुङ क्षेत्र नम्बर २ बाट (माओवादी केन्द्र)का सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल विजयी हुनुभएको छ। पौडेल २४ हजार ७७९ मत ल्याएर विजयी हुनुभएको हो । नेकपा (एमाले)का मञ्जु शर्मा चालिसेलाई चार हजार ५९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्य विजयी  हुनुभएको हो। उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का मञ्जु शर्मा चालिसेले २० हजार १८० मत प्राप्त गर्नुभएको छ। 


रुकुम पूर्वको प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्ती विजयी हुनुभएको छ । उहाँले १२ हजार २ सय ६२ मत प्राप्त गरेर विजयी हाँसिल गर्नुभएको हो ।


नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सिन्धुली क्षेत्र २ मा पहिलो विजयी खाता खोलेको छ । सत्ता गठबन्धन दलको तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज लेखनाथ दाहाल 'राजन'ले भारी मतका साथ विजयी हुनुभएको छ ।


सल्यान १ प्रदेश सभा (क) मा नेकपा (माओवादी केन्द्र)का भीमप्रकाश शर्मा विजयी हुनुभएको छ । शर्माले २२ हजार २५४ मत पाउनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का कुलबहादुर गिरीले १४ हजार २२९ मत पाउनुभएको छ । 


रोल्पा १ प्रदेश सभा (क)मा माओवादी केन्द्रका जोखबहादुर महरा विजयी हुनुभएको छ । उहाँले १९ हजार ४२५ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का कलमबहादुर बुढाथोकीले पाँच हजार ४०५ मत पाउनुभएको छ । 


गोरखा २ प्रदेश सभा (क)मा माओवादीको चुनाव चिन्हमा नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा विजयी हुनुभएको छ । उहाँ १२ हजार ४१८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी  नेकपा (एमाले)का राजु राना पाँच हजार ४१६ मतले पराजित हुनुभएको छ। 

डोल्पा १ (ख)मा नेकपा (माओवादी केन्द्र)का वीरबहादुर शाही विजयी हुनुभएको छ । पाँच हजार २९५ मत ल्याएर उहाँ विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का धनचन्द्र बैजीले चार हजार ५९५ मत पाउनुभएको छ ।


सिन्धुली १ (क)मा नेकपा (माओवादी केन्द्र)का मातृकाप्रसाद भट्टराई विजयी हुनुभएको छ । १५ हजार ८५३ मत ल्याएर उहाँ विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का सुवासराज देवकोटाले १२ हजार ५३३ मत पाउनुभएको छ ।


रामेछाप १ (ख)मा नेकपा (माओवादी केन्द्र)का युवराज चौलागाईं विजयी हुनुभएको छ । २२ हजार ९७९ मत ल्याएर उहाँ विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का मिलन कुमार घिसिङले १८ हजार २०५ मत पाउनुभएको छ ।


रसुवा १ (ख)मा नेकपा (माओवादी केन्द्र)का इन्द्रप्रसाद गोतामे विजयी हुनुभएको छ । आठ हजार ५३३ मत ल्याएर उहाँ विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का तेम्ब्रेल तामाङले चार हजार ८८४ मत पाउनुभएको छ ।


नुवाकोट २ (क) मा नेकपा (माओवादी केन्द्र)का रामप्रसाद ढुंगाना विजयी हुनुभएको छ । १२ हजार ११० मत ल्याएर उहाँ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केशवराज पाण्डेले ११ हजार ६६२ मत ल्याउनुभएको छ ।


सर्लाही ४ (ख)बाट नेकपा (माओवादी केन्द्र)का फकिरा महतो विजयी हुनुभएको छ । आठ हजार ३३ मत ल्याएर महतो विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अनिता देवीले सात हजार ६७६ मत पाउनुभएको छ । 


सोलुखुम्बु १ (क)मा नेकपा (माओवादी केन्द्र)का गोम्बु शेर्पा विजयी हुनुभएको छ । १० हजार ३३ मत ल्याएर उहाँले एमालेका उत्तमकुमार बस्नेतलाई पराजित गर्नुभएको हो । उहाँका प्रतिद्वन्द्वी बस्नेतले आठ हजार चार सय मत पाउनुभएको छ ।


रौतहट ४ (क)मा नेकपा (माओवादी केन्द्र)का युवराज भट्टराई विजयी हुनुभएको छ । १५ हजार ३६८ मत ल्याउनुभएका चौलागाईका प्रतिद्वन्द्वी नेकपा (एमाले)का अखिलेश्वर चौधरीले १० हजार २८१ मत पाउनुभएको छ । 


नुवाकोटको निर्वाचन क्षेत्र नं १ प्रदेश (क)मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राधिका तामाङ निर्वाचित हुनुभएको छ । तामाङले १६ हजार १६९ मत ल्याएर विजयी हुनुभयो भने  उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार सुशीलकुमार खड्काले ११ हजार ३५० मत प्राप्त गर्नुभयो ।


मुगुमा प्रदेशसभा (ख)मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मङ्गलबहादुर शाही विजयी हुनुभएको छ । जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेका अनुसार विजयी शाहीले आठ हजार ४२९ मत प्राप्त गर्नुभयो । एमाले उम्मेदवार मल्लले चार हजार ८८४ मत ल्याउनुभयो ।


संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा (माओवादी केन्द्र)का गणेश उप्रेती मोरङको निर्वाचन क्षेत्र नं.२ (क) बाट  विजयी हुनु भएको छ । उप्रेतीले नेकपा (एमाले)का उमेदवार दानबहादुर बस्नेतलाई २५५ मतान्तरले हराउनु भएको हो ।


चितवन क्षेत्र नम्बर ३ ख वाट नेकपा माओवादी केन्द्रका ठाकुर ढकाल निर्वाचित हुनुभएको छ । माडी नगर पालिकाका पूर्व मेयर ढकालले १५ हजार ४६१ मत ल्याएर निर्वाचित हुनु भएको हो ।

मोरङको निर्वाचन क्षेत्र नं. ६ (ख) मा माओवादी केन्द्रका जीवन आचार्य विजयी हुनुभएको छ । १९ हजार ४५५ मत ल्याएर आचार्यले एमाले उम्मेद्वार रिता न्यौपानेलाई  पराजित गर्नु भएको हो ।एमालेका न्यौपानेले १७ हजार ५७७ मत पाउनु भयो। उहाँहरुकाे मत अन्तर  १ हजार ९७८ रहेकाे छ । 


पाल्पा क्षेत्र नं. २ (ख)मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार तुलाराम घर्तीमगर विजयी हुनुभएको छ । घर्तीले १३ हजार ९६६ मत ल्याउनुभएको छ । उहाँ निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार ओमबहादुर घर्तीले १३ हजार ५१ मत प्राप्त गर्नुभएको छ ।


उदयपुरको निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (क) बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राजन किराती १५ हजार ९२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का कुशलबाबु बस्नेतले १३ हजार ८४९ मत प्राप्त गर्नुभएको उदयपुरका मुख्य निर्वाचन अधिकृत कुष्णप्रसाद सुवेदीले बताउनुभयो ।


कैलाली निर्वाचन क्षेत्र नं. ५ प्रदेश सभा (क) बाट नेकपा (माओवादी केन्द्र) का रमेश धामी प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । आफ्नो निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का नेपालु चौधरीलाई १२४ मतको झिनो मतान्तरले पराजित गरी उहाँ प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको हो । 


हुम्लाको प्रदेशसभा (क) मा गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र)का रणसिंह परियार विजयी हुुनुु भएको छ । उहाँले नेपाली कांग्रेसका बागी उम्मेदवार मंगलबहादुुर शाहीलाई पछि पार्दै विजयी हुनुु भएको हो ।


बाँके १ (क) बाट नेकपा (माओवादी केन्द्र)की नेत्री कृष्णा केसी लुम्बिनी प्रदेशसभामा निर्वाचित हुनुभएको छ । उहाँले नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार सोमराज चौधरीलाई एक हजार १३७ मतको अन्तरले पराजित गरेर निर्वाचित हुनुभएको हो । माओवादीकी केसीले ९ हजार १०३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका चौधरीले ७ हजार ९६६ मत प्राप्त गर्नुभयो । 


रामेछापको प्रदेशसभा सदस्य (क) मा नेकपा (माओवादी केन्द्र)का तारानारायण श्रेष्ठ विजयी हुनुभएको छ । नेकपा (एमाले) का उम्मेदवार शान्तिप्रसाद पौडेललाई एक हजार ९९१ मतले पराजित गर्दै लोकतान्त्रिक वाम गठबन्धनबाट श्रेष्ठ बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । श्रेष्ठ १७ हजार १४८ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिद्वन्दी पौडेलले १५ हजार १५७ मत मात्रै प्राप्त गर्नुभएको छ ।


महोत्तरी १ ख मा नेकपा माओवादी केन्द्र का भरतप्रसाद साह विजयी हुन भएको छ । साह दुई हजार पाँच सय मतान्तरले विजयी हुन भएको हो । 

दाङमा नेकपा माओवादीका इन्द्र जित थारु प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । दाङ १ क बाट माओवादी केन्द्रका थारुले नेकपा एमालेका गङ्गाराम भट्टराईलाई एक हजार सात सय ७५  मतल पछि पार्दै प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । 


धादिङ क्षेत्र नं १ अन्तरगत प्रदेश सभा २ मा गठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका नेता सालिकराम जम्कटेल विजयी हुनुभएको छ । नेकपा एमालेका गजेन्द्र थपलियालाई ७ हजार ४ सय २५ मतअन्तरले पराजित गर्दै जम्कटेल विजयी हुनुभएको हो । 


रुकुम पश्चिम प्रदेशसभा (क) मा नेकपा (माओवादी केन्द्र)का महेन्द्र केसी विजयी हुनुभएको छ । केसीले १९ हजार ३३ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकतम प्रतिद्वन्दी नेकपा (एमाले)का नारायण कुमार शाहले आठ हजार ८१ मत प्राप्त गर्नुभएको छ ।


तेह्रथुम प्रदेशसभा (ख)मा (नेकपा माओवादी केन्द्र)का दुर्गाप्रसाद चापागाई प्रदेश सभा सदस्यमा विजयी हुनुभएको छ । ३९४ मतान्तरले प्रदेश सभा सदस्यमा चापागाई विजयी हुनुभएको हो ।चापागाईले आठ हजार ३९४ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटम प्रतिद्वन्दी नेकपा (एमाले)का तेजमान कन्दङवाले आठ हजार मत प्राप्त गर्नुभएको छ ।


सङ्खुवासभा प्रदेशसभा (क) बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राजेन्द्र कार्की विजयी हुनुभएको छ ।निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार भविश्वर गुरुङलाई ३४ मतान्तरले हराउनुहुँदै कार्की विजयी हुनुभएको हो । कार्कीले १३ हजार ४३३ मत प्राप्त गर्नुभएको छ भने गुरुङले १३ हजार ३९९ मत प्राप्त गर्नुभएको छ । प्रदेश सभा (क) मा ३१ हजार ५०४ मत खसेको थियो ।


सुर्खेत क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) मा नेकपा (माओवादी केन्द्र)का कृष्ण जिसी निर्वाचित हुनुभएको छ । उहाँले नेकपा (एमाले)का डण्डीप्रसाद शर्मालाई चार हजार १९६ मतान्तरले पराजित गर्नुभएको हो । जिसीले २० हजार ४५५ मत प्राप्त गर्दा एमालेका शर्माले १६ हजार ३१६ मत प्राप्त गर्नुभयो । जिसी सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ।


सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (ख) मा नेकपा (माओवादी केन्द्र) का विन्दमान विष्ट विजयी हुनुभएको छ। उहाँले नेकपा (एमाले)का ताराकेशर गौतमलाई चार हजार ५७५ मतान्तरले पराजित गर्नुभएको हो।  जसमध्ये विष्टको पक्षमा १३ हजार ९०९ मत आएको छ । एमालेका गौतको पक्षमा ९ हजार ३३४ मत आएको छ ।


काभ्रेपलाञ्चोकको प्रतिनिधि सभा १ अन्तर्गतको प्रदेश सभा (क) मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रत्न ढकाल विजयी हुनुभएको छ । प्रदेश सभा (क) मा ढकाल दोस्रो पटक विजयी हुनुभएको हो । विजयी हुनुभएका ढकालले एमालेका उम्मदेवार दिलबहादुर तामाङ (दिलिप) लाई नौ हजार ४४२ मतान्तरले पराजित गर्नुभयो । ढकालले २० हजार ७२० मत प्राप्त गर्नुभयो भने एमालेका तामाङ ११ हजार २७८ मत प्राप्त गर्नुभयो । 


कालीकोट प्रदेश सभा (क) मा गठबन्धनको तर्फवाट माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गवहादुर रावत बिजयी हुनुभएको छ । गठबन्धनका उम्मेदवार रावतले ९ हजार १२ मत प्राप्त गर्दै एमालेका कुर्मराज शाहीलाई पराजित गर्नुभएको हो ।शाहीले ७ हजार ९५२ मत प्राप्त गदै उपबिजेता बन्नुभयो । 


डडेल्धुराको प्रदेश सभा (क) मा नेकपा (माओवादी केन्द्र) का खगराज भट्ट विजयी हुनुभएको छ । उहाँले १२ हजार ११२ मतका साथ विजयी हुनुभएको हो । वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भट्ट नेकपा (एमाले) का पठानसिंह बोहरासँग २ हजार ९१७ मतान्तरले निर्वाचित हुनुभयो । बोहराले ९ हजार १९५ मत पाउनुभयो ।   


प्रदेश सभा( २ ) मा कम्युनिष्ट पार्टी माओवादिका उम्मेदवार भिम भण्डारी निर्वाचित हुनु भएको छ । उहाँका निकट्म नेकपा एमालेका नेता तथा संबिधान सभा सदस्य लालबहादुर रावललाई २,५४२ मतले पछि पार्दै भण्डारी बिजयी भएका हुन् । 


मकवानपुरको १ को (क) बाट लोकतान्त्रिक बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रेमबहादुर पुलामी निर्वाचित हुनुभएको छ । सोही क्षेत्रबाट दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित पुलामीले १९ हजार ७१९ मत प्राप्त गर्दै विजयी बन्नुभएको हो ।


रुकुमपश्चिम प्रदेशसभा (ख)बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राजकुमार शर्मा विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार प्रदेशसभा (ख) मा माओवादी केन्द्रका राजकुमार शर्माले २० हजार १६० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकतम प्रतिद्वन्दी नेकपा (एमाले)का कर्णबहादुर घर्ती मगरले आठ हजार ८७ मत प्राप्त गर्नुभएको छ ।


सुदूरपश्चिम प्रदेशसभाको सदस्यमा अछाम–१ को ‘ख’ मा सत्ता गठबन्धनतर्फका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का झपटबहादुर साउँद विजयी हुनुभएको छ । साउँदले नेकपा (एमाले) उम्मेदवार कृष्णप्रसाद जैसीलाई तीन हजार ९६ मतान्तरले पाजित गर्दै विजयी हुनुभएको निर्वाचन अधिकृत कार्यालय साँफेबगरले जानकारी दिएको छ । साउँदले १२ हजार ११५ मत प्राप्त गर्नुभएको भने जैसीले नौहजार १९ मत प्राप्त गर्नुभएको छ ।


दाङको निर्वाचन क्षेत्र नं.३ (ख) को प्रदेशसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का धनबहादुर मास्की विजयी हुनुभएको छ । गठबन्धनका साझा उम्मेदवार मास्कीले २२ हजार ३२१ मत प्राप्त गरेर विजयी हुनुभएको हो ।


सुदूरपश्चिम प्रदेशसभाको सदस्यमा अछाम–२ को ‘क’ मा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका अक्कलबहादुर रावल विजयी हुनुभएको छ । रावलले नेकपा एमाले उम्मेदवार भीमबहादुर विष्टलाई दुई हजार ७९७ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत कार्यालय मङ्गलसेनले जानकारी दिएको छ ।  


प्रतिनिधि सभा क्षेत्र नं. १ (ख) मा सत्तागठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सरल सहयात्री पौडेल निर्वाचित हुनु भएको छ ।निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार होमनारायण श्रेष्ठलाई चार हजार २४३ मतले मतान्तर गरी पौडेल विजयी हुनु भएको हो । पौडलले १७ हजार २५६ मत र श्रेष्ठले १३ हजार १३ मत प्राप्त गर्नुभएको छ ।


प्रतिनिधिसभा–२ को (क) मा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का युवराज दुलाल ‘शरद’ विजयी हुनु भएको छ ।माओवादीका पोलिटब्यूरो सदस्य समेत रहनुभएको दुलालले २० हजार ९०६ मत र उहाँको निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का अमानसिंह तामाङले १२ हजार १३९ मत प्राप्त गर्नु भएको छ । दुलाल र तामाङबीच आठ हजार ७६७ मतान्तर छ ।


तनहुँ १ (ख) बाट हरिबहादुर चुमान विजयी हुनु भएको छ । नेकपा (माओवादी केन्द्र)का चुमानले एमालेका पूर्णबहादुर गुरुङलाई हराउदै उहाँ विजयी हुनु भएको छ । 


पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट सत्ता गठवन्धनका साझा उम्मेदवार इन्द्रवहादुर आङबो (मौसम) विजयी हुनु भएको छ ।उहाँका प्रतिद्वन्दी नेकपा (एमाले) अइन्द्रसुन्दर नेम्वाङलाई तीन हजार ६७ मत अन्तरले पराजित गर्दै आङबो दोस्रो पटक यस निर्वाचन क्षेत्रबाट विजयी हुनुभएको हो ।


गोरखाका चार वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा बाम गठबन्धन विजयी भएको छ । क्षेत्र नं. १ को प्रदेशसभा (क) मा नेकपा (माओवादी केन्द्र)का कृष्ण धिताल विजयी हुनुभएको छ । १५ हजार ४५७ मत प्राप्त गर्नु भएका उहाँले नेकपा (एमाले)का उम्मेदवार सुरेन्द्रबहादुर थापालाई पराजित गर्नुभएको हो । निकटतम प्रतिद्वन्दी थापाले नौ हजार ८२२ मत प्राप्त गर्नुभएको  ।


दार्चुलाका प्रदेश सभा क्षेत्र नम्बर (ख) मा नेकपा (माओवादी केन्द्र)का मानबहादुर धामी विजयी हुनुभएको हो । प्रदेश सभा क्षेत्र नम्बर (ख) मा बाम गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामीले एमालेका उम्मेदवार रामदत्त जोशीलाई एक हजार ३१५ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।


मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं. २ को (क) बाट वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कुमारी मुक्तान निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार मुक्तानले नेकपा (एमाले) का विष्णुप्रसाद ढकाललाई ३२२ मतले पराजित गर्नुभएको हो ।बागमती प्रदेशको सामाजिक विकासमन्त्रीसमेत रहनुभएका मुक्तानले १९ हजार ८७३ मत प्राप्त गर्दा एमालेका ढकालले १९ हजार ५५१ म्त प्राप्त गर्नुभएको छ ।


म्याग्दीको प्रदेशसभा (क) मा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का युवा नेता हरि भण्डारी विजयी हुनुभएको छ ।बुधबार राति सम्पन्न मतगणना अनुसार भण्डारीले १२ हजार ७४० मत प्राप्त गरी विजयी हुनुभएको हो । यसैगरी, उहाँका प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार देवेन्द्रबहादुर केसीले ११ हजार ७६५ मत प्राप्त गर्नुभयो ।


कञ्चनपर क्षेत्र नम्बर २ को प्रदेशसभा (क) नेकपा (माओवादी केन्द्र)का ओमविक्रम भाट (सरल) विजयी हुनुभएको छ। एमालेका उम्मेदवार बचनबहादुर सिंहलाई ४७५ मतले हराउँदै भाट विजयी हुनुभएको हो। भाटले १० हजार ९२५ मत ल्याएर विजयी हुनुहुँदा सिंहले १० हजार ४५० मत प्राप्त गर्नुभएको छ।


डोटी प्रदेश सभा “ख” बाट सत्तारुढ गठबन्धनका उम्मेदवार शिवसिंह ओली विजयी हुनुभएको छ । नेकपा माओवादी केन्द्र का तर्फबाट उम्मेदवार ओलीले नेकपा एमालेका उम्मेदवार टेक बमलाई पराजित गर्नुभयाे ।प्रदेश सभा “ख” मा खसेको ३० हजार २३४ मत मध्य ओलीले १४ हजार ४७ मत प्राप्त गर्नु भयो  । उहाँका निकटतम प्रतिद्वन्दी बमले १३ हजार १२८ मत प्राप्त गर्नुभयो ।


पर्सा १ (क) मा नेकपा माओवादी केन्द्रका रहबर अन्सारीले एमाले–जसपा गठबन्धनका एमालेका उम्मेदवार विचारी यादवलाई पराजित गर्नु भएको हो भने २ (क) मा नेपाली काँग्रेसका श्याम पटेलले एमाले–जसपा गठबन्धनका जसपामा रामनरेश यादवलाई पराजित गर्नु भएको हो ।


सिन्धुली जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन (क) र (ख) मा सत्तारुढ गठबन्धनका उमेदवार विजयी बन्नुभएको छ । गठबन्धनबाट प्रदेशसभा (क) मा नेपाली कांग्रेसका उमेदवार छेत्रबहादुर बम्जनले १६ हजार ८३५ मत र प्रदेशसभा (ख) मा नेकपा (माओवादी केन्द्र)का गंगानारायण श्रेष्ठले १३ हजार एक मत प्राप्त गरी निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


ओखलढुङ्गा प्रदेश सभा क्षेत्र ‘ख’ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । गठबन्धनको तर्फबाट माओवादी केन्द्रका प्रदेश सभाको उम्मेदवार बाबुराम गौतमले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ज्ञानबहादुर खड्कालाई एक हजार ९६ मतले पराजित गर्दै विजयी हुनुभएको हो ।


म्याग्दीको प्रदेशसभा (ख) मा सत्ता गठबन्धनको तर्फबाट  उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र)का रेशम जुग्जाली (सुविन) १०१ मत अन्तरले विजयी हुनुभएको छ। जुग्जाली ९ हजार ४५४ मत प्राप्त गर्दा एमालेका  उम्मेदवार यामबहादुर गर्बुजाले  ९ हजार ३५३ मत ल्याएर पराजित हुनुभएको छ। 

उदयपुरको निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा क्षेत्र १ बाट नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार नारायणवहादुर वुर्जामगर आठ हजार १०५ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि प्रदेश सभा सदस्य पदमा विजयी हुनुभएको हो ।