• ८ वैशाख २०८१, शनिबार

प्रतिनिधि सभा र प्रदेशसभा सदस्यमा विजयी उम्मेदवारहरू

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल

प्रतिनिधिसभा
समानुपातिक
प्रदेशसभा

महोत्तरीको निर्वाचन क्षेत्र ३ प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर विजयी हुनुभएको छ । शुक्रबार साँझ सम्पन्न मतगणना परिणामअनुसार लोसपा अध्यक्ष ठाकुर आफना निकटतम प्रतिद्वन्द्वीलाई दुई हजार पचास मतअन्तरले निर्वाचित हुनुभएको हो ।


महोत्तरी क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक  समाजवादीका शरदसिंह भण्डारी विजयी हुनुभएको छ। सत्ता गठबन्धका उम्मेदवार भण्डारीले तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का डा. विजयकुमार सिंहलाई दोब्बर मतले पराजित गर्नुभएको हो। भण्डारी र सिंहबीचको मतान्तर १४ हजार ७० मत रहेको छ।  भण्डारीले पच्चीस हजार १९० मत प्राप्त गर्नु भएको छ। पराजित सिंहले एघार हजार १२० मत ल्याउनु भएको छ। नेकपा (एमाले)का डा. रामपरीक्षण यादवले १० हजार २५८ मत ल्याउनुभएको छ। 


सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका रामप्रकाश चौधरी निर्वाचित हुनुभएको छ । सत्ता गठवन्धनका साझा उम्मेदवार चौधरी २४ हजार ८३८ मत प्राप्त गरी विजयी हुनुभएको हो । चौधरी छ हजार ४३४ मतान्तरले विजयी हुनुभएको क्षेत्र नं. १ स्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सर्वेन्द्रनाथ शुक्ला विजयी हुनुभएको छ । २८ हजार मत ल्याएर शुक्ला विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमोदकुमार यादवले २२ हजार ७ सय ४ मत पाउनुभयो ।

रुपन्देही निर्वाचन क्षेत्र नं. ४ को (क)मा लोसपाका उम्मेदवार कन्हैया बनियाँले १५ हजार १५५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जनतम पार्टीका उम्मेदवार जितेन्द्र नाथ शुक्लले नौ हजार २६२ मत प्राप्त गर्नुभएको छ ।


रुपन्देही निर्वाचन क्षेत्र नं. ३ को प्रदेशसभा (क)मा लोसपाका उम्मेदवार सन्तोषकुमार पाण्डेय विजयी हुनुभएको छ । उहाँले १४ हजार ९२८ मत प्राप्त गरी विजयी हुनुभएको हो । पाण्डेयका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार महेन्द्र यादवले १० हजार ७९८ मत ल्याउनुभएको छ ।


सिराहा निर्वाचन क्षेत्र नं. ४ को प्रदेशसभा (ख)मा लोसपाका उम्मेदवार रामबाबु यादव नौ हजार ७६३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) सुरेशकुमार मण्डलले नौ हजार ३९८ मत ल्याउनुभएको छ ।


महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा लोकतान्त्रिक समाजवादी पार्टीका जयनुल राइन विजयी हुनुभएको छ । ११ हजार ४२४ मत ल्याएर राइन पाँच हजार १७३ मतान्तरले विजयी हुनुभएको हो। उहाँका प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का मञ्जु यादवले छ हजार २५१ मत ल्याउनुभएको छ। 


महोत्तरी निर्वाचन क्षेत्र नं. ३ को क मा लोकतान्त्रिक समाजवादी पार्टी [लोसपा] नेपालको अभिराम शर्मा र ख मा रानी कुमारी तिवारी विजयी हुनु भएको छ । 


सर्लाहीको क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उपेन्द्र महतो निर्वाचित हुनुभएको छ । महतोले १२ हजार २६५ मत ल्याउँदा नेकपा (माओवादी केन्द्र)का रामचन्द्र सिंह कुशवाहाले १० हजार १३७ मत मात्र पाउनुभएको छ ।


बाराको निर्वाचन क्षेत्र नम्बर ४ (ख) प्रदेशसभा सदस्यमा लोसपाका जितेन्द्र सोनल विजयी हुनुभएको छ ।निकटतम प्रतिद्वन्द्वी एमाले र जसपाका संयुक्त उम्मेदवार आत्माराम प्रसाद साह तेलीलाई फराकिलो मतान्तरले पराजित गर्दै सोनल विजयी हुनुभएको हो । सोनल १३ हजार ५ सय ९६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी साहले आठ हजार २ सय ६२ मत प्राप्त गर्नुभएको छ । 


२ (ख) मा लोसपाका रमेश कुर्मीले स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहलाई पराजित गर्नु भएको हो । त्यसरी नै  ३ (ख) मा नेपाली कांग्रेसका जनार्धन सिंह क्षेत्रीले एमाले–जसपा गठबन्धनका जसपाकी उम्मेदवार मधु गुप्तालाई पराजित गर्नु भएको हो ।