• १४ वैशाख २०८१, शुक्रबार

रुपन्देही ४ बाट लोसपाका सर्वेन्द्रनाथ शुक्ला विजयी

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, मङसिर ७ गते। रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्ला विजयी हुनुभएको छ। 

शुक्लाले २८ हजार मत ल्याएर विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमोदकुमार यादवले २२ हजार ७ सय ४ मत पाउनुभयो।

जनमत पार्टीका भोपेन्द्र प्रसाद यादवले १५ हजार ५ सय २६ मत पाउनुभयो। कुल १ लाख १० हजार ६ सय ५९ मत रहेको क्षेत्र नम्बर ४ मा ६९ दशमलव ६४ प्रतिशत अर्थात् ७७ हजार ६४ मत खसेको थियो।