• २७ वैशाख २०८१, बिहिबार

प्रतिनिधि सभा र प्रदेशसभा सदस्यमा विजयी उम्मेदवारहरू

नागरिक उन्मुक्ति पार्टी

नागरिक उन्मुक्ति पार्टी

प्रतिनिधिसभा
समानुपातिक
प्रदेशसभा

नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा सदस्यका लागि कैलालीबाट तेस्रो जित निकालेको छ । कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुनकुमार चौधरी विजयी हुनुभएको छ । चौधरीले २१ हजार ८७१ मत पाउनु भएको छ । 


नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ १२ हजारको मतान्तरले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । श्रेष्ठले ३० हजार ४०४ मत प्राप्त गर्नुभएको छ । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांगे्रसका उम्मेदवार रामजनम चौधरीले १८ हजार ८१ मत पाउनुभयो । 


प्रतिनिधि सभा सदस्यमा कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी विजयी हुनुभएको छ । एक लाख सात हजार ६५९ मतदाता रहेको ३ नम्बर क्षेत्रमा कुल ६३ हजार ७४० मत खसेको थियो । जसमध्ये चार हजार २१ मत बदर भएको छ  भने ५९ हजार ७१९ मत सदर भएको छ । सो क्षेत्रमा २३ हजार १२० मत प्राप्त गरी उन्मुक्तिका चौधरी विजयी हुनुभएको हो ।

बर्दिया निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा (ख)मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार धर्मबहादुर चौधरी विजयी हुनुभएको छ । उहाँले २० हजार १२७ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा ( माओवादी केन्द्र)का उम्मेदवार मानबहादुर थारुले १० हजार ९८४ मत ल्याउनुभएको छ ।


बर्दिया –१ प्रदेश सभा (ख) मा नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरी विजयी हुनुभएको छ । चौधरीले नेकपा (एमाले) का भक्तबहादुर विश्वकर्मालाई एक हजार ४३ को मतअन्तरले पछि पार्दै विजयी हुनुभएको हो । नागरिक उन्मुक्ति पार्टीका चौधरीले १३ हजार २३० मत प्राप्त गर्दा एमालेका विश्वकर्माले १२ हजार १८३ मत पाउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 


कैलाली क्षेत्र नम्बर २ (ख) मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामेश्वर चौधरी विजयी हुनुभएको छ । चौधरीले दश हजार ६६५ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का डेजी पाँण्डेले छ हजार ९१२ मत पाउनुभयो । 


कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (ख) बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार लक्ष्मणकिशोर चौधरी ११ हजार ३१७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली का्ंग्रेसका उम्मेदवार डा. रणबहादुर रावलले आठ हजार ५३ मत पाउनुभएको छ । 


कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (क) बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार कैलाश चौधरी विजयी हुनुभएको छ । चौधरीले १५ हजार १०१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार दीर्घराज विनाडीले १० हजार ३७७ मत प्राप्त गर्नुभएको छ ।


कैलाली क्षेत्र नम्बर ३ (क) र (ख) दुवै प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी हुनुभएको छ । बुधबार दिउँसो १२ बजे घोषणा भएको अन्तिम मतपरिणाम अनुसार ३ (क) मा घनश्याम चौधर र (ख)मा खुशीराम चौधरी विजयी हुनुभएको हो ।घनश्यामले १३ हजार ९२३ मत प्राप्तगरी विजयी हुनुभएको छ भने खुशीरामले सात हजार ५३९ प्राप्त गर्नुभएको छ । उहाँहरुको प्रतिद्वन्दी (क)का गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खेमराज डगौंरा थारुले ११ हजार ५७२ मत प्राप्त गर्नुभएको छ भने (ख) का गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का अम्मरबहादुर साउँदले छ हजार ६१९ मत प्राप्त गर्नु भएको छ ।