• १५ वैशाख २०८१, शनिबार

प्रतिनिधि सभा र प्रदेशसभा सदस्यमा विजयी उम्मेदवारहरू

स्वतन्त्र

स्वतन्त्र

प्रतिनिधिसभा
समानुपातिक
प्रदेशसभा १२

रौतहट निर्वाचन क्षेत्र नं. ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी हुनुभएको छ । साहले ३२ हजार ४३७ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्दी अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाशले २५ हजार दुई सय मत ल्याउनुभएको छ ।


रौतहट निर्वाचन क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेदवार किरणकुमार साह विजयी हुनुभएको छ । साहले ३२ हजार ८४२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।उहाँको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार मो. फिरदोस आलमले २८ हजार २४८ मत ल्याउनुभएको छ ।


मोरङको निर्वाचन क्षेत्र नं. ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी हुनु भएको छ । उहाँले वाम गठबन्धनका उम्मेदवार शिवकुमार मण्डललाई चार हजार ३३४ मतान्तरले पराजित गर्नु भएको हो । स्वतन्त्र उम्मेदवार योगेन्द्रले २१ हजार ८२० मत प्राप्त गर्नुभएको छ भने शिवकुमारले १७ हजार ४८६ मत प्राप्त गर्नुभएको छ ।


सर्लाहीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार डा. अमरेशकुमार सिंह निर्वाचित हुनुभएको छ । स्वतन्त्रबाट माछा चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिनुभएको सिंह २० हजार १७ मत प्राप्त गर्दै तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो ।उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्रकुमार रायले १८ हजार २५३ मत प्राप्त गर्नुभयो ।


बर्दिया क्षेत्र नं. २ मा प्रतिनिनिधि सभा सदस्यमा स्वतन्त्र उमेदवार लालवीर चौधरी विजयी हुनुभएको छ । निर्वाचन अधिकृत नगेन्द्र लम्सालका अनुसार २६ हजार ५२० मतसहित चौधरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फका सुरेश पन्थले २६ हजार ३८४ मत पाउनुभएको छ ।

- महोत्तरीको निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) बाट स्वतन्त्र उम्मेदवार सुरिता साह विजयी हुनुभएको छ। सत्ता गठबन्धनका कांग्रेस उम्मदेवार नागेश्वर यादवलाई एक हजार ७६६ मतान्तरले पछि पार्दै साह प्रदेश सभा सदस्यमा विजयी हुनुभएको हो। स्वतन्त्र उम्मेदवार साहले आठ हजार ५६८ मत प्राप्त गर्दा कांग्रेसका यादवले छ हजार ८०२ मत प्राप्त गर्नुभएको छ। सत्ता गठबन्धन लोसपाकी साहलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मदेवारी दिनुभएको थियो। 


- सर्लाहीको क्षेत्र नम्बर ३ (क) बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवार जवाहरलाल कुशवाहा विजयी हुनुभएको छ। १६ हजार ५९१ मतसहित कुशवाहा विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गणेशप्रसाद प्रसाईंले १५ हजार १६६ मत प्राप्त गर्नुभयो।


- पर्सा निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा (क)मा स्वतन्त्र प्रमोदकुमार जसवाल विजयी हुनुभएको छ। उहाँले सात हजार ३९० मत पाउनु भएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अब्दुल रहिम अंसारीले पाँच हजार ९४१ मत पाउनुभएको छ।


-बारा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (क)मा स्वतन्त्र शारदा शंकरप्रसाद कलवार विजयी हुनुभएको छ। उहाँले नौ हजार २९५ मत पाउनुभएको छ। उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का बलवीरप्रसाद चौधरीले ६ हजार ८६७ मत पाउनुभएको छ। 


-रौतहट निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा (क)मा स्वतन्त्र केशव राय विजयी हुनुभएको छ। उहाँले १२ हजार २५५ मत पाउनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका पूजा चौधरीले १० हजार १३२ मत पाउनुभएको छ। 


-सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेश सभा (ख)मा स्वतन्त्र अनिरुद्धकुमार सिंह विजयी हुनुभएको छ। उहाँले नौ हजार ९८५ मत पाउनुभएको छ। उहाँका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका अभिषेक यादवले सात हजार ९२० मत पाउनुभएको छ। 


- मनाङ १ (ख) बाट राजीव गुरुङ एकल उम्मेदवार भएकाले मतदान नहुँदै उहाँ निर्वाचित हुनुभयो। उहाँको क्षेत्रमा अन्य प्रतिस्पर्धी नभएकाले आयोगले उहाँलाई निर्विरोध निर्वाचित घोषणा गरेको हो। उक्त क्षेत्रमा समानुपातिकतर्फ मात्र मतदान भएको थियो। 


-पश्चिम नवलपरासी क्षेत्र नम्बर २ को (क) बाट स्वतन्त्र उम्मेदवार खड्ग बस्नेत विजयी हुनुभएको छ। बस्नेत १२ हजार ४ सय ४९ मत ल्याएर विजयी हुनुभएको हो। बस्नेत पानीको धारा चुनाव चिह्न लिएर चुनावी मैदानमा हुनुहुन्थ्यो। उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका आशिष प्रधानले १२ हजार ३ सय  ७७ मत ल्याउनुभएको छ। 


-रुकुम पूर्व १ को प्रदेश सभा (क)मा स्वतन्त्र उम्मेदवार सुरुल पुन विजयी हुनुभएको छ। उहाँले चार हजार ४६५ मत पाउनुभएको छ। उहाँका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का तेजबहादुर ओलीले तीन हजार ९३२ मत पाउनुभएको छ। उक्त क्षेत्रमा अर्का स्वतन्त्र उम्मेदवार दुतकुमार पुन मगरले तेस्रो लोकप्रिय मत पाउनुभएको छ। उहाँले ९५७ मत पाउनुभएको हो। 


-रोल्पा १ को प्रदेश सभा (ख)बाट स्वतन्त्र उम्मेदवार दिपेन्द्रबहादुर पुन मगर विजयी हुनुभएको छ। उहाँले १४ हजार ९२७ मत पाउनुभएको छ। उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अमरसिंह पुनले १० हजार ४०६ मत पाउनुभएको छ। उक्त क्षेत्रमा नेकपा (एमाले) तेस्रो भएको छ। 


-जुम्ला १ प्रदेश सभा (क)मा स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही विजयी हुनुभएको छ। शाहीले नौ हजार ६५४ मत पाउनुभएको छ। उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका ललितजंग शाहीले सात हजार ७५५ मत पाउनुभएको छ। 


-डडेल्धुरा प्रदेशसभा (ख) मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी निर्वाचित हुनुभएको छ। उहाँ ११ हजार १ सय ७० मत ल्याएर प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो। उहाँका प्रतिस्पर्धी वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्दराज बोहरा ४२५ मतले पराजित हुनुभयो।