• १६ चैत २०८०, शुक्रबार

बर्दिया २ मा स्वतन्त्र उमेद्वार लालवीर चौधरी विजयी

blog

मुकुन्द सुवेदी

बर्दिया, मङ्सिर ७ गते । बर्दिया क्षेत्र नं. २ मा प्रतिनिनिधि सभा सदस्यमा स्वतन्त्र उमेदवार लालवीर चौधरी विजयी हुनुभएको छ । निर्वाचन अधिकृत नगेन्द्र लम्सालका अनुसार २६ हजार ५२० मतसहित चौधरी विजयी हुनुभएको हो । 

उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनतर्फका सुरेश पन्थले २६ हजार ३८४ मत पाउनुभएको छ । पन्थलाई १३६ मतले पछि पार्दै चौधरी विजयी हुनुभएको छ । स्वतन्त्र उमेदवार रहेका चौधरीलाई नागरिक उन्मुक्ति पार्टीले सहयोग गरेको थियो । 

चौधरी रेशम चौधरीका बाबु हुनुहुन्छ । क्षेत्र नं. २ मा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उमेदवार रहेका रेशम चौधरीको उमेदवारी रद्द भएपछि नागरिक उन्मुक्ति पार्टीले उहाँलाई सहयोग गरेको थियो । 

त्यस्तै, नेकपा (एमाले) का पङ्कजसिंह राठौरले १६ हजार ९० मतसहित तेस्रो स्थानमा चित्त बुझाउनुभयो । सो क्षेत्रमा २ स्वतन्त्रसहित ८ जनाको उमेदवारी थियो ।