• १५ चैत २०८०, बिहिबार

महोत्तरी २ (ख) मा स्वतन्त्रका साह विजयी

blog

महोत्तरी क्षेत्र नम्बर २ (ख) बाट विजयी सुरिता साह। तस्बिरः रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, मङ्सिर ९ गते। महोत्तरीको निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) बाट स्वतन्त्र उम्मेदवार सुरिता साह विजयी हुनुभएको छ। 

सत्ता गठबन्धनका कांग्रेस उम्मदेवार नागेश्वर यादवलाई एक हजार ७६६ मतान्तरले पछि पार्दै साह प्रदेश सभा सदस्यमा विजयी हुनुभएको हो।   

स्वतन्त्र उम्मेदवार साहले आठ हजार ५६८ मत प्राप्त गर्दा कांग्रेसका यादवले छ हजार ८०२ मत प्राप्त गर्नुभएको छ। 

सत्ता गठबन्धन लोसपाकी साहलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मदेवारी दिनुभएको थियो। २०७४ को निर्वाचनमा उहाँ तत्कालीन राजपाबाट सोही निर्वाचन क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो।