• १५ चैत २०८०, बिहिबार

प्रतिनिधि सभा र प्रदेशसभा सदस्यमा विजयी उम्मेदवारहरू

राष्ट्रिय प्रजातन्त्र पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टी

प्रतिनिधिसभा
समानुपातिक
प्रदेशसभा ११

रूपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका दिपक बोहोरा विजय हुनुभएको छ । पछिल्लो मत परिणामअनुसार बोहोराले ३६ हजार ६४८ मत प्राप्त गर्नुभएको  हाे । उहाँका प्रतिस्पर्धामा रहनुभएका नेपाली कांग्रेसका बालकृष्ण खाणले ३४ हजार ६ मत ल्याउनुभयाे ।


चितवन ३ बाट राष्ट्रिय प्रजातन्त्र पाटीका उम्मेदवार विक्रम पाण्डे  प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनु भएकोमा छ । निर्माण व्यवसायी पाण्डेले खसेको ९४ हजार २८० मत मध्ये ३५ हजार ५५ मत प्राप्त गर्नुभएको छ । 


पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार ध्रुवबहादुर प्रधान विजयी हुनु भएको छ ।राप्रपाका केन्द्रीय उपाध्यक्ष समेत रहनु भएका प्रधानले ३४ हजार ९५९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।


झापाको प्रतिनिधिसभा क्षेत्र नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ ।अध्यक्ष लिङ्देन ४० हजार ६६२ मतका साथ विजयी हुनुभएको झापा क्षेत्र नं ३ का मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनुभयो ।


मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं. १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंह विजयी हुनुभएको छ । लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएकी नेपाली कांग्रेसका महालक्ष्मी उपाध्याय डिनालाई पराजित गर्नुहुँदै सिंह विजयी बन्नुभएको हो । सिंहले २७ हजार ८१६ मत प्राप्त गर्दा उपाध्यालले २५ हजार ४३४ मत पाउनुभएको छ ।


बाँके क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणा विजयी हुनुभएको छ । उहाँले जनता समाजवादी पार्टीका केन्द्रीय नेता तथा पुर्वमन्त्री मोहम्मद इश्तियाक राईलाई ६ हजार ५७ मतले पराजित गर्नुभयो । विजयी हुनुभएका राणाले २९ हजार ५७७ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी राईले २३ हजार ५२० मत प्राप्त गर्नुभयो ।


जुम्ला प्रतिनिधिसभामा राप्रपाका ज्ञानबहादुर शाही  विजयी हुनुभएको छ। राप्रपाका शाहीले २२ हजार ८१९ मत ल्याउनुभएको छ। शाहीले सत्ता गठबन्धनका उम्मेदवार गोमा गौतम कुँवरलाई १० हजार ८६० मतले पराजित गर्नुभएको हो।  शाहीका प्रतिद्वन्द्वी नेकपा (माओवाद) का गोमा गौतम कुँवरले ११ हजार ९५९ मत प्राप्त गर्नुभयो। 

कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ को (ख) मा राप्रपाका जानकीप्रसाद यादव आठ हजार ५८२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार रजाउर्रहमान खाँले सात हजार ७९ मत ल्याउनुभएको छ ।


रुपन्देही निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (क) मा राप्रपाका उम्मेदवार आशिषकुमार चौधरी १७ हजार ७९६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ यादवले १४ हजार ६५९ मत प्राप्त गर्नुभएको छ ।


काठमाडौं निर्वाचन क्षेत्र नं. ९ को प्रदेश सभा (क) मा राप्रपाका उम्मेदवार नुरज बज्राचार्य चार ६५३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण डंगोलले चार हजार ५५२ मत प्राप्त गर्नुभएको छ ।


काठमाडौं निर्वाचन क्षेत्र नं. ५ को प्रदेशसभा (क) मा राप्रपाका राजेन्द्र प्रजापति चार हजार ३०४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार भैरव सापकोटाले तीन हजार ८८७ मत ल्याउनुभएको छ ।


झापा निर्वाचन क्षेत्र नं. ४ को प्रदेश सभा (ख) मा राप्रपाका उम्मेदवार भक्तिप्रसाद सिटौलाले १९ हजार ४५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार एकराज उप्रेतीले १५ हजार ७२ मत ल्याउनुभएको छ ।


धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) मा राप्रपाका डम्बर तामाङ विजयी हुनुभएको छ । नेकपा एमालेसँग तालमेल गरेर चुनाव लडेका तामाङले नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत बहादुर सिंखडालाई एक सय ३१ मतले पछि पार्दै विजयी हुनुभएको हो ।


क्षेत्र नम्बर ३ क बागमती प्रदेश सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गिरिबहादुर तामाङ निर्वाचित हुनुभएको छ । जनजातिको बाहुल्यता भएको यो क्षेत्रमा तामाङले १७ हजार ८१३ मतका साथ निर्वाचित हुनुभएको हो । 


झापाको क्षेत्र नम्बर १ (ख) प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सबिना बजगाई निर्वाचित हुनुभएको छ । नेकपा (माओवादी केन्द्र)बाट उम्मेद्वार बन्नु भएका श्यामवीर लिम्बुलाई एक हजार ३८८ मतान्तरले पराजित गर्दै बजगाई विजयी हुनुभएको हो । बजगाईले १३ हजार ६१२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी लिम्बुले १२ हजार २२४ मत प्राप्त गर्नुभएको छ ।


 काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं. ८ को प्रदेशभास (ख)मा  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उद्धव थापा तीन हजार ३४९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्दी नेकपा (एमाले) का निमाघ्याम्छो तामाङले एक हजार ९१५ मत पाउनुभएको छ ।


काठमाडौं क्षेत्र नं. २ प्रदेश (ख)मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का राजु विष्ट विजयी हुनुभएको छ । विष्टले १२ हजार १६३ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत विमला रेग्मीले जानकारी दिनुभयो । उहाँका प्रतिद्वन्दी नेकपा (एमाले)का सुवर्ण श्रेष्ठले नौ हजार ९० मत प्राप्त गर्नुभएको छ ।


काठमाडौं क्षेत्र नं. २ को प्रदेशसभा (क)मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सुनील केसी विजयी हुनुएको छ । केसीले एक हजार ५१९ मत अन्तरले विजयी हुनुभएको हो । राप्रपाका केसीले छ हजार ५९८ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत विमला रेग्मीले जानकारी दिनुभयो । साथै उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का सानुकुमार श्रेष्ठले पाँच हजार ७९ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ ।