• ७ वैशाख २०८१, शुक्रबार

प्रतिनिधि सभा र प्रदेशसभा सदस्यमा विजयी उम्मेदवारहरू

जनमत पार्टी

जनमत पार्टी

प्रतिनिधिसभा
समानुपातिक
प्रदेशसभा

सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत दोब्बरभन्दा बढी मतले निर्वाचित हुनुभएको छ । राउत ३५ हजार ४२ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी उपेन्द्र यादवले १६ हजार ९७९ मत प्राप्त गर्नुभएको छ । मतान्तर १८ हजार ६३ रहेको छ।

सप्तरी क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा जनमत पार्टीबाट उम्मेद्वार रहनुभएका सकिल मियाँ विजयी हुनुभएको छ । मिया १६ हजार एक सय ५५ मत ल्याएर निर्वाचित हुनुभयो । मिया छ हजार दुई सय ६७ को अन्तरले आफ्नो जित सुनिश्चित गर्नुभयो ।



सप्तरी क्षेत्र नम्बर ३ को प्रदेशसभा (ख)मा जनमत पार्टीका उम्मेदवार शम्भू साह विजय हुनुभएको छ । साहले १० हजार ८६२ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विदेश्वर यादव (विक्की)ले १० हजार ८१४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मदन प्रसाद पराजुलीले जानकारी दिनुभयो ।


जनमत पार्टीका चन्द्रकेस गुप्ता रुपन्देही निर्वाचन क्षेत्र नं. ५ को प्रदेश (ख) बाट विजयी हुनुभएको छ । गुप्ताले १२ हजार ९४१ मत प्राप्त गरी विजयी बन्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका फकरुद्दीन खानले ११ हजार ६५१ मत ल्याउनु भयो ।



सप्तरी क्षेत्र २ 'ख' मा जनमत पार्टीका महेशप्रसाद यादव विजयी हुनुभएको छ । उहाँले १३ हजार ३२५ मत प्राप्त गरी विजयी भएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उमेशकुमार यादव सात हजार २३ प्राप्त गर्नुभएको छ । 

सप्तरी क्षेत्र २ (क)को जनमत पार्टीका सतिश सिंह १३ हजार आठ सय छ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी र एमाले तालमेलमा चुनाव लडेका शैलेन्द्रप्रसाद साहले छ हजार चार सय १८ मत ल्याउनु भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।