• १५ चैत २०८०, बिहिबार

रुपन्देही ५ (ख) बाट जनमत पार्टीका गुप्ता विजयी

blog

छविलाल पाण्डे  
बुटवल, मङ्सिर ७ गते ।
जनमत पार्टीका चन्द्रकेस गुप्ता रुपन्देही निर्वाचन क्षेत्र नं. ५ को प्रदेश (ख) बाट विजयी हुनुभएको छ ।

गुप्ताले १२ हजार ९४१ मत प्राप्त गरी विजयी बन्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फकरुद्दीन खानले ११ हजार ६५१ मत ल्याउनुभयो ।

जनमत पार्टीका गुप्तालाई पहिलो पटक प्रदेश सभामा पुग्ने अवसर जुरेको छ भने कांग्रेसका खानलाई दोस्रो पटक प्रदेशसभामा पुग्ने प्रयास असफल भएको छ ।

यसैगरी, तेस्रो स्थानमा रहेका नेकपा(एमाले)का रामचन्द्र यादवले चार हजार ८३८ मत प्राप्त गर्नुभएको छ । लोकतान्त्रिक समाजवादीका अबुल कैयस मुसलमानले एक हजार ५२४ मत प्राप्त गर्नुभयो ।