• १६ चैत २०८०, शुक्रबार

प्रतिनिधि सभा र प्रदेशसभा सदस्यमा विजयी उम्मेदवारहरू

जनता समाजवादी पार्टी

जनता समाजवादी पार्टी

प्रतिनिधिसभा
समानुपातिक
प्रदेशसभा ११

बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव विजयी हुनुभएको छ । यादवले १३ हजार ८२२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार ४६८ मत ल्याउनुभएको छ ।


सप्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार नवल किशोर साह सुडी विजयी हुनुभएको छ । साहले २३ हजार ६०४ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार जय कान्त राउतले १९ हजार ९९६ मत प्राप्त गर्नुभएको छ ।


धनुषा निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका उम्मेदवार दीपक कार्की विजयी हुनुभएको छ । उहाँले २७ हजार ४३२ मत प्राप्त गरी विजयी हुनुभएको हो । कार्कीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव मातृकाप्रसाद यादवलाई पाँच हजार ९४८ मतको मतान्तरले पराजित गर्दै विजयी हुनुभभएको हो ।


सुनसरी क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोक कुमार राई विजयी हुनुभएको छ । उहाँले १७ हजार ५९ मत प्राप्त गरेर विजयी हुनुभएको हो । 


जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकिशोर यादव निर्वाचित हुनुभएको छ । यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै सिरहा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।  विजयी यादवले २४ हजार १७८ मत प्राप्त गर्नुभएको छ । उहाँकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी चित्रलेखाले २३ हजार २८ मत पाउनुभएको छ । उहाँहरू बीचमा एक हजार एक सय ५० मतान्तर रहेको छ । 

सिराहा –४ बाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदबार विरेन्द्रप्रसाद महतो निर्वाचित हुनुभएको छ । उहाँले २४ हजार १०२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँलाई जनमत पार्टीका उम्मेदबार बिरेन्द्रप्रसाद साहले १६ हजार २१४ मत ल्याई दोस्रो स्थान प्राप्त गर्नुभयो ।


पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा जसपाका उम्मेदवार प्रदीप यादव विजयी हुनुभएको छ । यादवले २२ हजार ५ सय ३७ मत ल्याउनु भएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले २० हजार ९ सय १७ मत पाउनु भएको छ।

बाँके निर्वाचन क्षेत्र नं. २ (ख) मा जसपाका आदेशकुमार अग्रवाल आठ हजार २४६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार निरकबहादुर गुरुङले छ हजार ७०९ मत प्राप्त गर्नुभएको छ ।


बाँके निर्वाचन क्षेत्र नं. २ को (क) मा जसपाका उम्मेदवार भण्डारी लाल अहिर विजयी हुनुभएको छ । उहाँले ११ हजार ५०४ मत प्राप्त गरी विजयी हुनुभएको हो । अहिरका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार विजयबहादुर यादवले नौ हजार ३५८ मत ल्याउनुभएको छ ।


बारा निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा (ख) मा जसपाका उम्मेदवार बच्चा राउत अहिरले १० हजार ३०२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामअयोध्या प्रसाद यादवले आठ हजार ९३९ मत ल्याउनुभएको छ ।


बारा निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा (ख)मा जसपाका उम्मेदवार सरोजकुमार यादव विजयी हुनुभएको छ । उहाँले १५ हजार ९२७ मत प्राप्त गरी विजयी हुनुभएको हो । यादवका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्रप्रसाद कानुले ११ हजार ४० मत प्राप्त गर्नुभएको छ ।


रौतहट निर्वाचन क्षेत्र नं. ४ को प्रदेशसभा (ख)मा जसपाका शेख अबुलकलाम आजादले आठ हजार ७४१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सञ्जय यादवले पाँच हजार ८७५ मत प्राप्त गर्नुभएको छ ।


सर्लाही निर्वाचन क्षेत्र नं. ३ को प्रदेशसभा (ख)मा जसपाका उम्मेदवार सञ्जयकुमार यादव १३ हजार १९० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सरोजकुमार रायले आठ हजार ३४८ मत ल्याउनुभएको छ ।


महोत्तरी निर्वाचन क्षेत्र नं. ४ को (ख)मा जसपाका उम्मेदवार सरोजकुमार सिंह विजयी हुनुभएको छ । उहाँले ११ हजार ५०६ मत प्राप्त गरी विजयी हुनुभएको हो । सिंहका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार लालेन्द्रकुमार मण्डलले १० हजार २४२ मत ल्याउनुभएको छ ।


सिराहा निर्वाचन क्षेत्र नं. १ को (ख) मा जसपाका उम्मेदवार राजकुमार गुप्ता १६ हजार २३९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का अशोककुमार यादव १३ हजार २३३ मत ल्याउनुभएको छ ।


धनुषा क्षेत्र नम्बर २ 'ख' बाट जनता समाजवादी पार्टीका उम्मेदवार रामअशिष यादव दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट १० हजार ६१४ मत प्राप्त गरी यादव दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।


मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पुनः प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । पर्सा क्षेत्र नं १ (२) मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राउत सात हजार पाँच सय ४५ मतका साथ पुनः प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिनुभयो ।


पर्सा जिल्लामा प्रदेश सभा सदस्यमा जनता समाजवादी पार्टीका सिघासन साह कलवार दोस्राे पटक विजयी हुनुभएको छ ।उहाँ १५ हजार ३ सय ८५ मत ल्याएर विजयी हुनुभएको छ । यसअघि २०७४ सालको निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरमबाट ११ हजार ७०८ मत ल्याई निर्वाचित हुनुभएको थियो भने ।