• ८ वैशाख २०८१, शनिबार

सल्यानबाट प्रतिनिधि सभामा प्रकाश ज्वाला विजयी

blog

प्रतीक भट्टराई

सल्यान, मङ्सिर ८ गते । सल्यानबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वाला  विजयी हुनुभएको छ । 

ज्वाला १५ हजार ९११ मतको फराकिलो अन्तरले विजयी हुनुभएको हो । उहाँले ३५ हजार ७ सय  प्राप्त गर्नुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी  नेपाली काँग्रेसका महासमिति सदस्यसमेत रहेका स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत प्राप्त गर्नुभएको  छ । यस्तै, नेकपा एमालेका  राजेन्द्रवीर रायले  १३ हजार २९ मत प्राप्त गर्नुभएको छ ।