शैक्षिक गुणस्तर सुधार गर्न कार्यशाला
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले सुनसरीको वराहक्षेत्र १० प्रकाशपुरमा दुई दिने शैक्षिक गुणस्तर सुधार कार्यशाला सञ्चालन गरिएको छ ।
सगरमाथालाई भारतको भनेर टेलिसिरियलमा प्रचार
छिमेकी मुलुक भारतको एक टेलिभिजन सिरियलमा नेपालको सर्वोच्च शिखर सगरमाथालाई भारतको भनेर गलत प्रचार तथा प्रसार गरिएको छ ।
सुरोजलाई रापिड बुद्धिचाल उपाधि
टोखा युवा क्लबको आयोजना दुई दिने दोस्रो टोखा युवा खुल्ला राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका सुरोज महर्जनले जित्नुभएको छ ।
हिमानीद्वारा दुई मन्दिरमा विशेष पूजा
पूर्व युवराज्ञी एवम् हिमानी ट्रष्टकी अध्यक्ष हिमानी शाहले शनिबार काभ्रेपलाञ्चोकमा रहेका दुई मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको छ ।
बेपत्ता रहेका युवक आठ दिनपछि भेटिए
भारतको लखनउमा आफ्ना फुफाको उपचार गराउन गएका बेला हराएका दाङका एक युवक आठ दिनपछि फेला परेका छन् ।
रुखबाट लडेर राईको मृत्यु
रुख चढेर सुखेको हाँगा झार्ने क्रममा रुखबाट लडेर झापामा एक जनाको ज्यान गएको छ । शिवसताक्षी नगरपालिका–११ दुधेका ५९ वर्षीय गङ्गाराम राई शनिवार बिहान रुखबाट लडेर गम्भीर घाइते बनेपछि उपचारका लागि दमकस्थित आम्दा अस्पताल ल्याउनेक्रममा बाटोमा मृत्यु भएको थियो ।
कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काद्वारा सेनाको सबुज गण निरीक्षण
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शनिबार नेपाली सेनाको नयाँ सबुज गणको निरीक्षण गर्नुभएको छ ।
एनआरएनएद्वारा क्यान पदाधिकारीलाई सम्मान
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीलाई सम्मान गरेको छ ।
प्रधानमन्त्री कप क्रिकेट : कर्णालीमाथि मधेशको सहज जित
मधेश प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशमाथि सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा मधेशले कर्णालीलाई ६१ रनले हरायो ।
सालिक हटाएको विरोधमा नगरपालिकामा ताला
मोरङको लेटाङस्थित सहिद स्मृति प्रतिष्ठानले राखेको सहिद हरि भट्टराईको सालिक लेटाङ नगरपालिकाले नगर प्रहरी लगाएर तोडफोड गरेको भन्दै शुक्रबार नेकपा माओवादी केन्द्र निकट कार्यकर्ताले नगरपालिकामा ताला लगाएका छन् ।
मुलुक कांंग्रेसकै नीतिअनुसार चलेको छ : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मुलुक कांग्रेसकै नीतिअनुसार चलेको बताउनुभएको छ ।
टाइगर कप भलिबल : पुरुषतर्फ हेल्प नेपाललाई उपाधि
चौथो टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब च्याम्पियन बनेको छ । पोखरामा शनिबार भएको फाइनलमा गण्डकीलाई ३–१ को सेटमा हराउँदै हेल्प नेपालले उपाधि जितेको हो ।
बाक्लो हुस्सु र शीतलहरका कारण तराईमा जनजीवन कष्टकर
बाक्लो हुस्सु र शीतलहरीका कारण सप्तरीलगायत तराई मधेशको जनजीवन कष्टकर बनेको छ । शनिबार बिहानैदेखि बाक्लो हुस्सु लागेको छ र शीतलहरसँगै चलेको चिसो हावाका कारण जनजीवन कष्टकर बनेको हो ।
जनचाहनाअनुरूप काम गर्न विद्यार्थीको सुझाव
कैलाली जिल्लाका विभिन्न सामुदायिक स्कुलका विद्यार्थीले मुलुकमा ठुला परिवर्तन भए पनि जनचाहनाअनुरूप काम नभएको बताउँदै शासकहरूले कार्यशैली परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन् ।
बाँकेमा शीतलहर : वन कार्यालयद्वारा २१ चट्टा दाउरा उपलब्ध
बाँकेमा पछिल्ला केही दिनदेखि शीतलहरका कारण दिनानुदिन बढ्दै गएको चिसोबाट जोगिन दाउराको माग अत्यधिक बढेको छ ।
ग्रासरुट फुटबल ट्रेनिङ गर्दै अन्नपूर्ण आरसीटी
काठमाडौँ महानगरको सहयोगमा अन्नपूर्ण आरसीटीले ग्रासरुट फुटबल ट्रेनिङको आयोजना गर्ने भएको छ । अर्को सातादेखि सुरु हुने यस प्रशिक्षण कार्यक्रम कम्तीमा छ महिना चल्नेछ ।
शरणार्थी च्यालेन्ज कप फागुनमा
राइजिङ ब्रदर्स सुजना छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिता-२०२४ फागुन १० गतेदेखि हुने भएको छ ।
बालबालिका विद्यालय छाड्ने जोखिम
लुम्बिनी प्रदेशका बाँके र कपिलवस्तु जिल्लामा प्रदेशमै सबैभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ । यसैगरी दुवै जिल्लामा विद्यालयमा रहेका बालबालिकाको विद्यालय छाड्ने जोखिम समेत बढी रहेको बताइएको छ ।
आर्थिक अवस्थाले पत्रकारिता समस्यामा परेको होइन : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको आर्थिक अवस्थाले मात्र पत्रकारिता समस्यामा नपरेको स्पष्ट पार्नुभयो । गोविन्द वियोगी स्मृति ट्रष्टद्वारा स्थापित गोविन्द वियोगी पत्रकारिता पुरस्कार हस्तान्तरण तथा वरिष्ठ पत्रकार सम्मान समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘‘पत्रकारिता समस्यामा पर्नुको मूल कारण सामाजिक सञ्जाल हो ।’’
ग्रान्डमास्टर महर्जन अन्तर्राष्ट्रिय रेफ्रीको प्रथम श्रेणी ‘एस’ वर्गमा पदोन्नति
ग्रान्डमास्टर दिवाकर ’डान’ महर्जन विश्व तेक्वान्दो मुख्यालय (डब्लुटी) अन्तर्राष्ट्रिय रेफ्रीको प्रथम श्रेणी ’एस’ वर्गमा पदोन्नति हुनुभएको छ ।
चीनको प्राकृतिक ग्यास उत्पादन ५.८ प्रतिशतले वृद्धि
चीनको प्राकृतिक ग्यास उत्पादनले सन् २०२३ मा स्थिर वृद्धि दर्ता गरेको राष्ट्रिय तथ्याङ्क विभागको तथ्याङ्कले देखाएको छ । चीनले सन् २०२३ मा २२९.७ अर्ब क्युबिक मिटर प्राकृतिक ग्यास उत्पादन गरेको थियो ।
खाद्यान्नबाट बनाए विद्यार्थीले नेपालको नक्सा
गुल्मीका विद्यार्थीले स्थानीय स्तरमा पाइने दलहन र खाद्यान्न बालीको दाना प्रयोग गरी आकर्षक नेपालको नक्सा बनाएका छन् । जिल्लामा पाइने रैथाने बाली अन्तर्गत धान, मकै, गहुँ, कोदो, कालो सिमी र भाँगोको दाना प्रयोग गरी नक्सा तयार पारेका हुन् ।
‘गाजामा हरेक घण्टामा दुई आमाको मृत्यु’
एक सय दिनभन्दा बढी समयदेखि गाजामा चलेको द्वन्द्वमा हरेक घण्टामा दुई आमाहरूको मृत्यु हुने गरेको संयुक्त राष्ट्र सङ्घीय निकायले शुक्रबार जनाएको छ ।
कालीगण्डकी आयोजना निर्माणलाई गति दिन्छौँ : मन्त्री ज्वाला
सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर सडक आयोजना निर्माणमा भएका समस्यालाई चाँडै समाधान गरेर निर्माणलाई गति दिने बताउनुभएको छ ।