• १३ साउन २०८१, आइतबार

रुखबाट लडेर राईको मृत्यु

blog

विष्णुप्रसाद पोखरेल

दमक, माघ ६ गते । रुख चढेर सुखेको हाँगा झार्ने क्रममा रुखबाट लडेर झापामा एक जनाको ज्यान गएको छ । शिवसताक्षी नगरपालिका–११ दुधेका ५९ वर्षीय गङ्गाराम राई शनिवार बिहान रुखबाट लडेर गम्भीर घाइते बनेपछि उपचारका लागि दमकस्थित आम्दा अस्पताल ल्याउनेक्रममा बाटोमा मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीका अनुसार घर नजिकको वनमा गएर दाउरा झार्नेक्रममा राई लड्नु भएको थियो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको पनि गिरीले बताउनुभयो ।