ज्यान त गयो सँगै ऋण तिर्ने पीडा थपियो
“बुढी ! अब म युद्ध क्षेत्रमा जाँदै छु । हामी पाँच जनालाई लगिँदै छ । फोन सम्पर्क नहुन पनि सक्छ । लोग्ने युद्धमा छ भनेर नरुनू । पिर चिन्ता नलिनू । छोराछोरीको राम्रोसँग ख्याल गर्नू । मेरो भर छैन ।” लालबहादुर घर्तीले रुसबाट श्रीमती भुमालाई अन्तिम पटक भनेको संवाद हो यो । गत माघ २ गते फोनवार्तामा लालबहादुरले ‘एक हप्तामा आउन सके आइहाल्छु, नत्र मेरो लोग्ने जीवित छैन भनेर सम्झनू’ भनेका वाक्य भुमाका कानमा अझैसम्म गुन्जिइरहेको छ ।
ध्यानको केन्द्र बनाउन चक्र विज्ञान सम्मेलन हुँदै
नेपाललाई ध्यानको केन्द्र बनाउने उद्देश्यसाथ विराट चक्र विज्ञान सम्मेलन हुनेभएको छ । चैत १७ देखि २३ गतेसम्म हुने सो कार्यक्रममा पाँच हजारको सहभागिता रहने आयोजकको भनाइ छ ।
ताप्लेजुङमा आगलागीबाट दुई घर जले
ताप्लेजुङमा मङ्गलबार छुट्टा–छुट्टै ठाउँमा दुई घरमा आगलागी भएको छ। प्रहरीका अनुसार फुङ्लिङ नगरपालिका र मेरिङ्देन गाउँपालिकामा घर आगलागी भएको हो।
दशरथ रङ्गशालाको संरक्षण राखेप आफैँले गर्ने
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको खेलमैदान संरक्षण आफैँले गर्ने भएको छ ।
बाँकेमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु
बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा मङ्गलबारदेखि नेपालगन्जमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु भएको छ ।
युवा तथा खेलकुदमन्त्रीलाई खेलाडी सङ्घको सुझाव
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई खेलाडीले भोग्दै आएको समस्या अवगत गराउँदै सात बुँदे सुझाव दिएको छ ।
‘छोरीको प्रेरणाले व्यवसायी बनायो’
व्यक्तित्वलाई आकर्षक बनाउन फेसनेबल कपडासँगै ब्यागले पनि सहयोग गर्छ । खास गरी सहरका युवायुवतीले फेसनका रुपमा ब्याग बोक्न थालेका छन् ।
सत्ता समीकरणले जनतामा आशा जगाउन नसके देश अप्ठ्यारोमा जान्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणले जनतामा नयाँ आशा जगाउन नसके देश अप्ठ्यारोमा जाने बताउनुभएको छ।
सिंहलाई नेशनल एजुकेसन अवार्ड
नेशनल एजुकेसन अवार्ड मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई प्रदान गरिएको छ ।
नेपाली खेलकुद चरणबद्ध रूपमा उधोगतिमा : खेलकुदमन्त्री
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुद चरणबद्ध रूपमा उधोगतिमा गएको बताउनुभएको छ ।
‘साउथ चाइना सी’ मा हस्तक्षेप गर्ने अधिकार अमेरिकालाई नभएको चीनको भनाइ
‘साउथ चाइना सी’मा हस्तक्षेप गर्ने अधिकार अमेरिकालाई नभएको चीनले मङ्गलबार बताएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विवादित जलमार्गमा भएको सशस्त्र आक्रमणविरुद्ध फिलिपिन्सको रक्षा गर्ने आफ्नो प्रतिबद्धतामा वासिङ्टन अडिग रहेको बताएपछि चीनको उक्त भनाइ आएको हो ।
लुम्बिनी प्रदेशमा तेस्रो बन्यो गुल्मी अस्पताल
गुल्मी अस्पताल न्यूनतम सेवा मापदण्डमा लुम्बिनी प्रदेशमा तेस्रो भएको छ । स्वास्थ्य निर्देशनालय भालुवाङ दाङबाट आउनुभएकी न्यूनतम सेवा मापदण्ड (एमएसएस) टोलीका संयोजक एवम् अस्पताल नर्सिङ प्रशासक प्रमुख दुर्गा लक्ष्मी श्रेष्ठले ९१ प्रतिशत अङ्क हासिल गरी लुम्बिनी प्रदेशमै तेस्रो भएको घोषणा गर्नुभयो ।
‘नयाँ समीकरण मेरो प्रधानमन्त्री पदको कारणले बनेको होइन’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरण प्रधानमन्त्रीका रूपमा आफ्नो पदको कारणले नबनेको स्पष्ट पार्नुभएको छ ।
सशस्त्रको गोताखोरले निकाल्यो नदीमा बेपत्ताको शव
तीन दिनदेखि हराइरहेका ५० वर्षीय वीरबहादुर विकको शव सशस्त्र प्रहरीको गोताखोरले चैत्र ६ गते ब्रम्हायणी नदीमा फेला पारेको छ ।
जिल्ला अस्पतालको एम्बुलेन्स प्रयोग विहीन
जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गामा रहेको एम्बुलेन्स प्रयोगमा विहीन भएको छ । करिब तीन वर्ष अघि प्रदेश सरकारमार्फत प्राप्त उक्त एम्बुलेन्स थन्किएको छ ।
कास्की एमाले अधिवेशनको प्रतिनिधि छनोट बुधबारदेखि
नेकपा (एमाले) जिल्ला कमिटी कास्कीको अधिवेशनका लागि प्रतिनिधि छनोट बुधबार हुने भएको छ । यही चैत १० र ११ गते एमाले जिल्ला कमिटी कास्कीको ११औँ अधिवेशनका हुन लागेको हो ।
ऋणात्मक ब्याजदर अन्त्य गरिएको ‘बैङ्क अफ जापान’ को घोषणा
‘बैङ्क अफ जापान’ले ऐतिहासिक नीतिगत सुधारमा ऋणात्मक ब्याजदर अन्त्य गरेको छ । बैङ्कले मङ्गलबार १७ वर्षमा पहिलो पटक ब्याजदर वृद्धिमा आफ्नो नकारात्मक ब्याजदर नीति अन्त्य गर्ने निर्णय गरेको हो ।
एनभिए भलिबल : नेपाल पुलिस महिलातर्फ सेमिफाइनलमा
नेपाल पुलिस क्लब आठौँ आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धता
सरकारमा सहभागी पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो ।
७५ जना असल बुहारी सम्मानित
सन्धिखर्क नगरपालिकाले ७५ जनालाई असल बुहारीका रूपमा सम्मान गरेको छ । नगरपालिकाका १२ वटै वडामा ९० वर्षभन्दा बढी उमेरका वृद्धवृद्धालाई राम्रोसँग पालनपोषण गरेको भन्दै नगरपालिकामा ती बुहारीहरूलाई सम्मान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो ।
दुर्गममा निःशुल्क दन्त शिविर, पाँच सयभन्दा बढीले लिए सेवा
दैलेखको नौमुले गाउँपालिकामा सञ्चालित निःशुल्क दन्त शिविरमा पाँच सयभन्दा बढीले सेवा लिएका छन् । यही चैत ४ देखि ६ गतेसम्म तीन दिन सञ्चालन भएको शिविरमा पाँच सयभन्दा बढीले सेवा लिएका हुन् ।
जनजाति महोत्सवले सांस्कृतिक निकटता बढ्यो
चौथो बर्दिबास जनजाति महोत्सव सम्पन्न भएको छ । फागुन २४ गतेदेखि सुरु भएको महोत्सवले करोडभन्दा बढीको कारोबार गर्दै मङ्गलबार समापन भएको जनाइएको छ ।
नेपालमा धेरै अन्तर्राष्ट्रिय क्रिकेट आयोजनाको वातावरण बनाइदिन आग्रह
भेटका अवसरमा दुई पक्षबीच नेपाली क्रिकेटको अवस्था, सम्भावना र आइसिसीले नेपाली क्रिकेटलाई गर्न सकिने सहयोगलगायतका विषयमा छलफल भएको थियो ।
सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (प्रत्यक्ष प्रसारण)
सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक