शिक्षा समितिको सभापतिका लागि अम्मरबहादुर थापाको उम्मेदवारी दर्ता
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि अम्मरबहादुर थापाले मनोनयन दर्ता गराउनुभएको छ ।
कांग्रेस दुधले नुहाएको पार्टी होइन : गृहमन्त्री लामिछाने
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले ठाडो उजुरीका भरमा संसद् अवरुद्ध गरेर आफ्नो राजीनामा मागेको भन्दै आपत्ति जनाउनुभएको छ।
नवजात शिशुको हत्या आरोपमा आमा पक्राउ
नवजात शिशु (छोरा)को हत्या गरेको आरोपमा आमालाई पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका –३ काफलडाँडा की ३९ वर्षीय माया भन्ने जयन्ती नेपालीलाई नवजात शिशुलाई अचेत अवस्थामा टौवामा फालेर हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालले पक्राउ गरेको हो ।
इलाममा बहुधार्मिक महोत्सव
धार्मिक सद्भावको वृद्धि र बहुधार्मिक सङ्ग्रहालय निर्माण गर्ने उद्देश्यले इलाममा बहुधार्मिक उत्सवको आयोजना गरिएको छ । इलाम नगरपालिका ६ सिङफ्रिङ स्थित सिंहसिद्धदेवी तथा देवी पञ्चायन मन्दिर परिसरमा अठार पुराण समापन एवम् इलाम धार्मिक महोत्सवको आयोजना गरिएको हो ।
मनभित्र नराम्रो कुरा पालेर समाजसेवा गर्न सकिँदैन
उपसभामुख इन्दिरा रानामगरले मनभित्र नराम्रो कुरा पालेर समाजसेवा गर्न नसकिने बताउनुभएको छ । विश्व सामाजिक सेवा दिवसका अवसरमा जिपी कोइराला मेरोरियल क्याम्पसको स्नातक तह समाज कार्य विभागद्वारा आयोजित कार्यक्रममा उहाँले मनभित्र नराम्रो कुरा पालेर समाजसेवा गर्न नसकिने बताउनुभएको हो ।
महिलालाई निर्णायक तहमा पुर्याउन माग गर्दै देशव्यापी बस यात्रा
अन्तर-पुस्ता महिला मञ्च (आइजिएफएफ)ले महिलालाई राष्ट्र निर्माणको निर्णायक तहमा पुर्याउनुपर्ने उद्घोषका साथ आज पूर्वी नाका काँकडभिट्टाबाट ‘देशव्यापी महिलावादी बसयात्रा’ सुरु गरेको छ । आज काँकडभिट्टा र सोमबार कञ्चनपुरबाट सुरु भएको बसयात्रा यही चैत ९ गते मध्यविन्दु नवलपुरमा भेट हुने कार्यक्रम छ ।
अनलाइन क्यासिनो खेलाउने चार पक्राउ
क्यास एपलगायतका एप्लिकेसन मार्फत हारजीत हुने गरी अनलाइन क्यासिनो खेलाएको अभियोगमा प्रहरीले तीन महिला र एक पुरुष गरी चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
केन्यामा बस दुर्घटना ११ विद्यार्थीको मृत्यु, ४२ जना घाइते
केन्याली विश्वविद्यालयका विद्यार्थी चढेको एउटा बस भारी वर्षाका कारण चिप्लिएर व्यस्त राजमार्गमा ट्रकसँग ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ४२ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
वाटरपार्कमा मोटरबोट सुरु
पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न खोजिएको नेपालगञ्जको वाटरपार्कमा मोटरबोट सञ्चालनमा ल्याइएको छ । नेपालगञ्ज उपमहानगरपालिका प्रक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले वाटरपार्कमा मोटरबोटको सञ्चालनसँगै आन्तरिक र बाह्य पर्यटक आकर्षित हुने अपेक्षा गरिएको बताउनुभयो ।
आगजनीको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ
दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी पक्राउ पर्नुभएको छ । आफू बस्ने गाउँपालिकाको सरकारी निवासमा आफैँले आक्रमण र आगजनी गरेको अभियोगमा अधिकारी पक्राउ पर्नुभएको हो ।
गाजाको ‘शतप्रतिशत’ जनसङ्ख्या ‘गम्भीर खाद्य असुरक्षाको अवस्थामा’
गाजाको सम्पूर्ण जनसङ्ख्याले ‘गम्भीर स्तरको खाद्य असुरक्षा’ को सामना गरिरहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलबार बताउनुभएको छ ।
पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान
भेरी अस्पताल नेपालगन्जमा पाठेघरको मुखको क्यान्सर विरुद्धको दोस्रो चरणको एचपिभी खोप लगाउन सुरु गरिएको छ । पहिलो चरणको खोप गत भदौ २७ गतेबाट भेरी अस्पतालको खोप केन्द्रमा लगाइएको थियो ।
अस्ट्रेलियामा आँधीका कारण सात सय जना अलपत्र
अस्ट्रेलियाको सुदूर उत्तरी क्षेत्रमा मङ्गलबार आएको उष्ण कटिबन्धीय चक्रवातका कारण करिब सात सय जना व्यक्ति अलपत्र परेका छन् ।
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा देशव्यापी रूपमा वित्तीय साक्षरता अभियान
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले देशव्यापी रूपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ग्लोबल मनी विक २०२४ लाई सफल बनाउने उद्देश्यले बैङ्कले देशैभरीका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
एकीकृत समाजवादीको महाधिवेशन केन्द्रित मस्यौदा समितिको बैठक सुरु
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ केन्द्रीय महाधिवेशन केन्द्रित महाधिवेशन मस्यौदा समितिको बैठक सुरु भएको छ ।
युवा बिदेसिने क्रम बढेसँगै परम्परागत कृषि उत्पादन खुम्चिँदै
नुवाकोटमा परम्परागत कृषि उत्पादनमा ह्रास आएको छ । पछिल्लो समय युवाहरू सहज र सुविधायुक्त जीवनयापनको लालसाले परदेशिने क्रम बढेसँगै ग्रामीण बस्ती उराठ देखिन थालेको छ ।
अर्थमन्त्री पुनसँग चिनियाँ राजदूत सोङको शिष्टाचार भेट
अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच शिष्टाचार भेटवार्ता भएको छ । आज अर्थमन्त्रालयमा भएको भेटघाटमा द्विपक्षीय आपसी हित र सहकार्यका विषयमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।
शिक्षकद्वारा कक्षा आठको प्रश्नपत्र आउट
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले लिएको आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) को प्रश्न पत्र आउट भएको छ । आइतबार सञ्चालन भएको गणित विषयको प्रश्नपत्र परीक्षा अगावै लिक भएको सार्वजनिक भएको थियो ।
सङ्घीयता कार्यान्वयन सरकारको उच्च प्राथमिकतामा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयन गर्न आवश्यक ऐन निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।
जलन उपचारका लागि वीर, शिक्षण र पाटन अस्पतालमा युनिट स्थापना गरिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलनको उपचारका लागि वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालमा जलन युनिट स्थापना गरी सेवा विस्तार गर्न लागिएको बताउनुभएको छ ।
मिटरब्याजीको ११ करोड १५ लाखभन्दा बढीको मिलापत्र
महोत्तरीमा परेको मिटरब्याजीसम्बन्धी निवेदनमाथि कारबाही गरी ११ करोड १५ लाखभन्दा बढीको मिलापत्र गराइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले दिएको जानकारीअनुसार महोत्तरीका विभिन्न ठाउँबाट आएको अनुचित लेनदेन (मिटरब्याजी)सम्बन्धी विवादमा ११ करोड १५ लाख ३८ हजार चार सय ९२ को मिलापत्र गराइएको हो ।
तस्करीको सामान सङ्कलन गरी बिक्री गरिँदै
नेपालगन्जमा गोदाम नै राखेर भारतबाट चोरी निकासी गरी ठुलो परिमाणमा भन्सार छलिका सामानहरू जम्मा गरेर बिक्री हुने गरेको खुलेको छ ।
इलामको पाथीभरामा आठ महिनामा एक करोड बढी भेटी सङ्कलन
इलामको रोङ गाउँपालिका-३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा आठ महिनामा एक करोड चार लाख ५९ हजार एक सय ६४ भेटी सङ्कलन भएको छ ।
२० वर्षमा बिहे गरे ५० हजार नगद
बर्दीबास नगरपालिकाले २० वर्ष उमेर पुगेर विवाह गर्ने मुसहर समुदायका दम्पतीलाई प्रोत्साहनस्वरुप ५० हजार रुपिया सहयोग गर्ने भएको छ । नगरप्रमुख प्रहलाद क्षेत्रीले बर्दीबास १४ स्थित एकीकृत नमुना मुसहर वस्तीमै पुगेर मङ्गलबार यस्तो घोषणा गर्नु भएको हो ।