शिक्षामा लगानी बढाउनुपर्छ
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्र पूर्वाधारको पनि पूर्वाधार भएकाले यसको विकासका लागि राज्यको लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
हतुवागढीका अग्निपीडितलाई आर्थिक सहयोग
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्य विनोद बान्तावा र सिर्जना राईसँगै हतुवागढीको आगलागी क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ । साथै उहाँले प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई राहत रकम हस्तान्तरण गर्नुभएको छ ।
वेनी–जोमसोम–कोरला सडकमा पाँच पुल निर्माण
गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङमा पाँचवटा पुल निर्माण भएका छन् ।
किसानलाई परिचयपत्र वितरण
सुर्खेतको लेकवेशी नगरपालिकाले किसान परिचयपत्र वितरण सुरु गरेको छ । मङ्गलबारदेखि नगरपालिकाले वर्गीकरणसहितको किसान परिचयपत्र वितरणको काम सुरु गरेको हो ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको नेतृत्व चयन सर्वसम्मत
गुल्मीमा नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको नेतृत्व सर्वसम्मत चयन गरिएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको प्रथम जिल्ला अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
पैँतालिस हजारलाई फाइजर खोप
हालसम्म कर्णाली प्रदेशका करिब ४५ हजार नागरिकले कोरोनाविरुद्धको फाइजर खोप लगाएका छन् । खोप कभरेज कम भएका कर्णालीका पाँच जिल्लामा सञ्चालन भएको कोभिड–१९ विरुद्धको खोप अभियानका क्रममा पाँच जिल्लाका करिब ४५ हजार नागरिकले फाइजर खोप (बुस्टर डोज) लगाएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । कोभिड–१९ विरुद्धको खोप कभरेज कम भएका दैलेख, कालीकोट, जुम्ला, सल्यान र सुर्खेतमा खोप अभियान सञ्चालन भएको थियो । जिल्लास्थित स्वास्थ्य सेवा कार्यालयको आयोजना तथा इपिक नेपाल र एफएचआई–३६० को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको कोभिड–१९ विरुद्धको फाइजर खोप अभियानसमेत सम्पन्न भएको छ ।
बौद्धिक अपाङ्गता भएकालाई आवासीय विद्यालय
बौद्धिक अपाङ्गता भएका बालबालिकाको अध्ययनमा सहयोग गर्ने उद्देश्यसहित आवासीय विद्यालय निर्माण थालिएको छ । सात वटै प्रदेशमा पूर्वाधारयुक्त अपाङ्गमैत्री आवासीय विद्यालय सञ्चालन गर्ने सङ्घीय सरकारको नीति अनुरूप कर्णालीमा विद्यालय भवन निर्माण थालिएको हो । वीरेन्द्रनगर नगरपालिका–११ मा भवन निर्माण भइरहेको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । निर्देशनालयका निर्देशक दीपा हमालका अनुसार कर्णालीमा अपाङ्गता भएका बालबालिकाका लागि आवाससहितको छुट्टै विद्यालय छैन ।
गोरखाको एक कपडा पसलमा आगलागी
गोरखाको एक कपडा पसलमा आगलागी भएको छ । गोरखा नगरपालिका–६ बिसौनी मोडमा सहिद अन्सारीको कपडा पसलमा बुधबार बिहान ५ः३० बजे आगलागी भएको हो ।
कर्णालीमा खुल्दै होटल
कर्णाली प्रदेशको राजधानी घोषणा भएसँगै आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी वीरेन्द्रनगरमा स्तरीय होटल खुल्ने क्रम बढेको छ । सुर्खेतको नगरकोट भनेर चिनिने वीरेन्द्रनगर नगरपालिका–१४ को गढीमा करिब २१ करोडको लागतमा स्टे होटल भ्याली भ्यु सञ्चालन गरिएको बताइन्छ । युवा व्यवसायी तर्कबहादुर शाहीले गढीको अग्लो डाँडामा एक बिघा जग्गामा सो होटल सञ्चालन गर्नुभएको हो । उहाँले मानसरोवर जाने भारतीय पर्यटक तथा मुगुको रारा जाने आन्तरिक पर्यटकलाई लक्षित गरी सो स्थानमा होटल सञ्चालन गरिएको बताउनुभयो ।
समाजका कुरीति हटाउन सकिरहेका छैनौँ
बैतडी जिल्लाका १० वटा स्थानीय तहमध्ये पञ्चेश्वर गाउँपालिका जिल्ला सदरमुकाम गोठालापानीबाट १३ कोस दुरीमा रहेको छ । बहुप्रतीक्षित पञ्चेश्वर आयोजना स्थल यही गाउँपालिकामा पर्दछ । यद्यपि गाउँपालिकामा विद्युतीकरण भने हुन सकेको छैन । पछिल्लो समय सङ्घ र प्रदेश सरकारले पाटन–पञ्चेश्वर सडकखण्ड कालोपत्रे गरेसँगै सडक स्तरोन्नतिले तराई–पहाड जोड्न सार्वजनिक बस सञ्चालनमा छन् । भारतसँग जोडिएको यस गाउँपालिका भएर बग्ने महाकाली नदीमा झोलुङ्गे पुल निर्माण हुन सके आवा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
तानसेनमा दोस्रो यूथ युनियन कप सुरु
तानसेनमा दोस्रो यूथ युनियन कप सुरु भएको छ । तानसेनस्थित टुँडिखेल मैदानमा मङ्गलबारदेखि सुरु भएको दोस्रो कप (फुटबल प्रतियोगिता)को पहिलो खेलमा न्यु एकता युवा क्लब विजयी बनेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
‘चलचित्र पर्यटनको सम्भावना छ’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालमा चलचित्र पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभएको छ । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को समापन समारोहमा बोल्दै तामाङले निफले नेपाली कला, संस्कृति र पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
धुलिखेलमा माछा मार्ने जात्रा प्रदर्शन
भक्तपुरबाट निकालिने ऐतिहासिक नवदुर्गा देवगण ङालाकेगु जात्रा (माछा मार्ने जात्रा) मङ्गलबार धुलिखेलमा प्रदर्शन गरिएको छ । नवदुर्गा देवगणका विभिन्न नेवार बस्ती परिक्रमा गर्ने क्रममा धुलिखेल नगर परिक्रमा गरी नृत्य प्रदर्शन गरिएको हो । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि भक्तपुरको नवदुर्गा धुलिखेलमा ल्याइने चलन रहेको नवदुर्गा देवगण नारायणमान वनमालाले जानकारी दिनुभयो । धुलिखेलमा जात्रा सकिएलगत्तै नवदुर्गा श्रीखण्डपुर र चौकोट लगिने छ । नगरपालिकाले नवदुर्गा जात्राका अवसरमा मङ्गलबार स्थानीय पर्वका रूपमा बिदा गरेको छ । धुलिखेल नगरपालिकाको आयोजनामा नवदुर्गा देवगणलाई द्यो ब्वयकेगु (ठुलो भोजनग्रहण) गराइएको छ । धुलिखेलवासी नवदुर्गा देवगणलाई आफ्नो कुल देवताका रूपमा पुज्दै आएका छन् ।
वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने प्रतिबद्धता
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने कार्यमा कसैबाट हुने असहयोगविरुद्धमा उत्रिन जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै वैदेशिक रोजगारीको बेथितिको अन्त्य गर्ने अभियानमा लागेको छु । पत्रकारको रचनात्मक सहयोगको अपेक्षा गरेको छु ।” श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मङ्गलबार आयोजित पत्रकारसँगको छलफलमा श्रममन्त्री अर्यालले सो कुरा बताउनुभएको हो ।
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. राष्ट्रिय सभा अध्यक्षमा को निर्वाचित हुनुभएको छ ? नारायणप्रसाद दाहाल – विसं २०८० फागुन २९ मा भएको निर्वाचनमा नारायण दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा उपस्थित ५६ जनामध्ये ३९ मत परेको थियो भने प्रस्तावको विपक्षमा १७ मत परेको थियो । – दाहालले शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबार पुगेर सोही दिन पदभार ग्रहण गर्नुभयो । – उहाँ २०२७ सालमा अनेरास्ववियुको सदस्यता लिई विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएको थियो ।
लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
आयोजना वर्गीकरणका आधार १. वित्त नीति र मौद्रिक नीतिको परिचय दिँदै यी नीतिबिच समन्वय किन आवश्यक छ ? लेख्नुहोस् । अर्थतन्त्रमा वाञ्छित प्रभाव पार्न सरकारले जारी गर्ने नीति वित्त नीति हो । यसले आर्थिक वृद्धि, रोजगारी सिर्जना, सामाजिक न्याय र समष्टिगत आर्थिक स्थायित्वमा जोड दिन्छ । सार्वजनिक खर्च, सार्वजनिक ऋण र कर नीतिको आधारमा सरकारको वित्त नीति तय हुन्छ । सरकारले वार्षिक बजेटका रूपमा प्रस्तुत गर्ने यो नीति संसदबाट अनुमोदन भई जारी हुन्छ ।
डिडिसीमा डेढ अर्बको दुग्धजन्य पदार्थ मौज्दात
उपत्यकामा झन्डै डेढ अर्ब रुपियाँ बराबरको धुलो दुध र मखन मौज्दात रहेको छ । बजारमा बिक्री नहुँदा दुग्ध विकास संस्थान (डिडिसी) को काठमाडौँ दुग्ध विकास आयोजना बालाजुमा झन्डै डेढ अर्ब रुपियाँ बराबरको मखन र पाउडर दुध मौज्दात रहेको हो । उपत्यकामा सबैभन्दा ठुलो बिक्री आयोजना बालाजुमा एक अर्ब ३५ करोड पाँच लाख ४६ हजार रुपियाँको सामान मौज्दात रहेको छ । दस लाख १५ हजार ५६५ केजी धुलो दुध र सात लाख ६७ हजार १४४ केजी मखन मौज्दात रहेको आयोजनाले जनाएको छ । मखन प्रतिकेजी ९ सय रुपियाँ बिक्री मूल्य राखिएको छ ।
कपास खेतीबाट राम्रो आम्दानी
राजपुर गाउँपालिका–७ निवासी भोजराज खत्री कपास खेती गर्दै आउनुभएको छ । नाका क्षेत्रमा सिँचाइको अभावसँगै जङ्गली जनावारले अन्नबालीमा क्षति गर्ने भएपछि खत्रीले विगत सात/आठ वर्षदेखि दुई बिघाभन्दा बढी जमिनमा कपास खेती गर्दै आउनुभएको छ । अन्नबाली छोडेर कपास खेतीमा लाग्नुभएका खत्रीले राम्रो आम्दानी गर्दै आएको बताउनुहुन्छ । गाउँमा उत्पादन गरेको कपास बिक्रीमा पनि समस्या नहुने र अन्नबालीको तुलनामा आम्दानी पनि राम्रो हुने भएपछि कपास खेती गर्दै आएको बताउनुभयो । खत्रीले भन्नुभयो, “कपास खेतीबाट राम्रो आम्दानी हुन थालेपछि पूरै गाउँ नै समूह बनाएर कपास खेतीमा लागेका छौँ, अन्य कृषि बालीभन्दा कपासबाट राम्रो आम्दानी हुने गरेको छ ।”
मुद्दतीमा झन्डै दुई अर्ब लगानी गर्दै राष्ट्र बैङ्क
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब ९१ करोडभन्दा बढी रकम लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको सो रकम वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । राष्ट्र बैङ्कले क वर्गका वाणिज्य बैङ्कहरूमा एक अर्ब ५२ करोड ८९ लाख, विकास बैङ्कहरूमा २८ करोड ६६ लाख र फाइनान्स कम्पनीहरूमा नौ करोड ५५ लाख रुपियाँ गरी कुल एक अर्ब ९१ करोड १० लाख रुपियाँ लगानी गर्न लागेको छ ।
आठ महिनामा एक खर्बको निर्यात
नेपालले आठ महिनामा (साउनदेखि फागुनसम्म) एक खर्ब रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ । समग्र अन्तर्राष्ट्रिय व्यापार नै खस्किएको अवस्थामा पनि वस्तु निर्यात एक खर्ब नाघेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । विभागका अनुसार फागुनसम्म नेपालले एक खर्ब ६१ करोड रुपियाँको वस्तु निर्यात गरेको हो । यो गत आवको सोही महिनासम्मको तुलनामा भने करिब चार प्रतिशतले कम हो । गत फागुनसम्म नेपालले एक खर्ब चार अर्ब ४७ करोड रुपियाँको वस्तु निर्यात गरेको थियो ।
जटिल बन्दै मुख स्वास्थ्य : गुलियो र पत्रु खानाबाट दाँत जोगाउन सुझाव
भक्तपुरको एक निजी विद्यालयमा कक्षा ३ मा अध्ययनरत सौरभ अवाल (नाम परिवर्तन) का दाँत काला भइसकेका छन् । दाँतमा किराको समस्याले गर्दा उहाँलाई विद्यालय छोडेर दन्त चिकित्सककहाँ पुर्याउनु परेको छ । चिकित्सकले गुलियो पदार्थ र जङ्क फुड (पत्रु खाना) नखान बारम्बार सुझाव दिइरहे पनि उहाँलाई गुलियो खानेकुराबाट रोक्न सकिएको छैन ।
प्रमुख प्रशासकीय अधिकृत असन्तुष्ट
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई तीनै तहका सरकारले लगाम लगाउने भएको छ । प्रशासनिक सङ्घीयता कार्यान्वयनमा तीनै तहको सरकारको भूमिका देखाउन सरकारले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई लगाम लगाउने गरी सङ्घीय निजामती सेवा विधेयकमा प्रस्ताव गरेको छ ।