• १६ वैशाख २०८१, आइतबार

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

blog

१. राष्ट्रिय सभा अध्यक्षमा को निर्वाचित हुनुभएको छ ?

नारायणप्रसाद दाहाल

विसं २०८० फागुन २९ मा भएको निर्वाचनमा नारायण दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा उपस्थित ५६ जनामध्ये ३९ मत परेको थियो भने प्रस्तावको विपक्षमा १७ मत परेको थियो । 

दाहालले शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबार पुगेर सोही दिन पदभार ग्रहण गर्नुभयो ।

उहाँ २०२७ सालमा अनेरास्ववियुको सदस्यता लिई विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएको थियो । 

२०६३ सालमा गठित अन्तरिम व्यवस्थापिका संसद्को सदस्य बन्नुभएका दाहाल २०६४ सालमा सम्पन्न पहिलो संविधान सभा निर्वाचनमा चितवन–३ बाट निर्वाचित हुनुभयो । 

२०७८ चैत २५ गते राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत हुनुभएका दाहाल बाँकी कार्यकालका लागि अध्यक्ष बन्नुभएको छ । 


२. अन्तर्राष्ट्रिय महिला दिवस कहिले मनाइन्छ ?

मार्च ८ 

(११४ औँ (सन् २०२४) को नारा ‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’


३. आर्थिक विकासमा देशभरमै उत्कृष्ट भई म्युनिसिपल एक्सिलेन्स अवार्ड प्राप्त गर्न सफल नगर कुन हो ?

बुटवल उपमहानगरपालिका 


४. देशभरका नगरपालिकामध्ये सामाजिक क्षेत्रमा उत्कृष्टता हासिल गर्दै सम्मानित हुन सफल नगरपालिका कुन हो ?

गौर नगरपालिका (रौतहट)

नेपाल नगरपालिका सङ्घको ३१ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजित कार्यव्रmममा गौरलाई उत्कृष्ट नगरपालिकाको पुरस्कार प्रदान (२०८० फागुन) गरिएको हो ।

गत वर्ष गौर नगरपालिका मधेश प्रदेशमै सबै क्षेत्रमा पहिलो स्थानमा थियो ।


५. संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले सन् २०२४ मार्चमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार मानव विकास सूचकाङ्कमा नेपाल कति औँ स्थानमा रहेको छ ?

१४६ औँ 

अध्ययन गरिएका १९३ राष्ट्रमध्ये नेपाल १४६ औँ स्थानमा रहेको छ । 

मानव विकास सूचकाङ्कमा नेपालको तीन स्थान सुधार भएको छ । 

तीन वर्षअघि सन् २०२१ मा नेपाल १४९ औँ स्थानमा थियो । सन् २०२१ को तुलनामा नेपालको मानव विकास सूचकाङ्कमा ०.०१० ले प्रगति भएको छ ।

‘गतिरोधको अन्त्य ः ध्रुवीकृत विश्वमा सहकार्यको पुनर्कल्पना’ शीर्षकको सन् २०२३÷२४ को प्रतिवेदन अनुसार नेपालको मानव विकास सूचकाङ्क मान ०.६०१ पुगेको छ । 

नेपाल मध्यम मानव विकास श्रेणीको वर्गमा 

परेको छ । मध्यम मानव विकास श्रेणी भन्नाले मानव विकास सूचकाङ्कको मान ०.५५० देखि ०.६९९ बिचको श्रेणीलाई बुझिन्छ । 

सन् १९९० देखि २०२२ सम्म नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय (जिएनआई) १६५.७ प्रतिशतले परिवर्तन भएको छ ।

नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय ४०२३ अमेरिकी डलर रहेको प्रतिवेदनको 

आकलन छ । गत वर्षको प्रतिवेदनमा यो ३,८७७ डलर थियो भने २०२०÷२१ मा २,७४८ अमेरिकी डलर थियो ।

सन् १९९० मा ०.३९५ रहेको नेपालको मापन २०२२ सम्म आइपुग्दा ०.६०१ पुगेको र त्यस अवधिमा नेपालको जन्ममा सरदर १५.७ वर्ष, विद्यालय जाने अपेक्षित वर्ष २.१ वर्ष र प्रतिव्यक्ति कुल राष्ट्रिय आय (जिएनआई) करिब १६५.७ प्रतिशतले परिवर्तन भएको प्रतिवेदनमा उल्लेख छ । 

सन् २०२३ मा मानव विकासको असर सवैभन्दा बढी अफगानिस्तान र युव्रmेनमा परेको छ । 

मानव विकासको उच्च स्थानमा स्विट्जरल्यान्ड, नर्वे, आइसल्यान्ड हङकङ, डेनमार्क रहेका छन् । 


६. बद्री पहाडी समाजसेवा पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

अधिकारकर्मी डा. विष्णुमाया परियार (पुरस्कार राशि : एक लाख १० हजार रुपियाँ) 

अभियन्ता डा. परियारको जीवनकथा अमेरिकाको म्यासाच्युसेट्स राज्यको शिक्षा विभागद्वारा कक्षा ७ को पाठ्यव्रmममा समेत संलग्न छ । 


७. अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष ग्रेग बार्क कहिले काठमाडौँ आएका हुन् ?

सन् २०२४ मार्च १८


८. नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण कहिले सञ्चालन भएको हो ?

विसं २०८० चैत १–५


९. आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको स्थापना कहिले भएको हो ?

विसं २०५८ फागुन १२


१०. सर्वप्रथम सुशासन शब्दको प्रयोग कहिले भएको हो ?

सन् १९८९ (विश्व बैङ्कद्वारा)


११. संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार आयोगको स्थापना कहिले भएको हो ?

सन् १९४६ 


१२. जात्रा, पर्वको सहर भनेर कुन सहरलाई चिनिन्छ ? 

भक्तपुर

१३. पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा कहिले गरिएको हो ?

विसं २०८० चैत ४

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरिएको हो ।

पर्यटन राजधानी घोषणाले समग्र गण्डकी प्रदेश र मुलुककै श्रीवृद्धिमा नयाँ आयाम थपिने विश्वास लिइएको छ । 


१४. स्पाइनी ब्याब्लर भनेर कुन चरालाई भनिन्छ ?

काँडे भ्याकुर


१५. सर्वप्रथम बजेटको सुरुवात कुन देशबाट भएको हो ?

सन् १७३३, बेलायत


१६. नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रज्ञा दर्शन पुरस्कार कसलाई प्रदान गर्यो ?

मोहनविक्रम सिंह (महामन्त्री, नेकपा मसाल)

प्रज्ञा–प्रतिष्ठानद्वारा पुरस्कृत व्यक्तित्वहरू 

प्रज्ञा अनुवाद पुरस्कार ः खगेन्द्र सङ्ग्रौला

प्रज्ञा दर्शन पुरस्कार ः मोहनविव्रmम सिंह

प्रज्ञा सामाजिक शास्त्र पुरस्कार ः शान्ता श्रेष्ठ

प्रज्ञा संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास पुरस्कार ः घनश्याम शर्मा पौडेल 

प्रज्ञा समालोचना तथा साहित्येतिहास पुरस्कार ः कृष्ण गौतम 

प्रज्ञा भाषा पुरस्कार ः प्राडा देवीप्रसाद गौतम

प्रज्ञा साहित्य पुरस्कार (पद्य) ः वम देवान 

प्रज्ञा साहित्य पुरस्कार (गद्य) ः राजव 

प्रज्ञा बाल साहित्य पुरस्कार ः गङ्गा कर्माचार्य 

प्रज्ञा अन्तरदेशीय पुरस्कार ः पदम विश्वकर्मा 

यसअघि अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२४ को अवसरमा मातृभाषा साहित्य पुरस्कार हिमाली÷पहाडी क्षेत्रबाट डा. योगेन्द्रमान प्रधानाङ्ग र मधेश क्षेत्रबाट बेचन उराँवलाई प्रदान गरिएको थियो । 

उपरोक्त पुरस्कारहरूको राशि जनही एक लाख रुपियाँ रहेको छ । 


१७. संसारकै पुरानो जङ्गल कहाँ फेला परेको छ ?

बेलायतको डेभोन तथा समरसेट इलाकामा 

वैज्ञानिकहरूले उक्त जङ्गल ३९ करोड वर्ष पुरानो भएको जनाएका छन् । 

उक्त जङ्गलका जीवाश्म डेभोनियन कालका भएको ठम्याइ छ । 

वैज्ञानिकहरूले त्यहाँ रुखका हाँगा तथा काण्डका अवशेष पनि फेला पारेका छन् । 

यसअघि अमेरिकाको न्युयोर्कनजिकै फेला 

परेको जङ्गल संसारको पुरानो जङ्गलका रूपमा मानिएको थियो । 


१८. नेपालमा समावेशीकरण आयोगको स्थापना कहिले भएको हो ?

विसं २०६५ पुस २९ 


१९. भ्लादिमिर पुटिन पाँचौँ पटक रुसको राष्ट्रपति कहिले भएका हुन् ?

सन् २०२४ मार्च 


२०. बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को बडापत्र सङ्घीय संसद्को प्रतिनिधि सभामा कहिले प्रस्तुत गरियो ? 

विसं २०८० चैत ५

सन्धि र सम्झौतालाई संसद्बाट अनुमोदन गराउनुपर्ने संवैधानिक व्यवस्था अनुसार बडापत्रलाई संसद्मा पेस गरिएको हो ।

बिम्स्टेकले स्थापनाको २४ वर्षपछि सन् २०२२ मा बडापत्र पाएको थियो । 


२१. राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशित (विसं २०८० चैत) गरेको ‘पपुलेसन कम्पोजिसन अफ नेपाल’ नामक प्रतिवेदन अनुसार कर्णाली प्रदेशको बहुआयामिक गरिबी कति रहेको छ ? 

५२ प्रतिशत


२२. सालक पदमार्ग कहाँ घोषणा गरिएको छ ? 

कीर्तिपुरको बाघभैरव सामुदायिक वन (विसं २०७७ फागुन ८)


२३. सौर्य ऊर्जा, वायु ऊर्जा, जलस्रोत ऊर्जा एवं ज्वारभाटा कुन प्रकृतिको ऊर्जाका स्रोत हुन् ?

नवीकरणीय 


२४. प्राकृतिक ग्यास, खनिज तेल, कोइला आदि कस्तो प्रकारका ऊर्जाका स्रोत हुन् ?

अनवीकरणीय 


२५. नेपाल राष्ट्र बैङ्कले तर्जुमा गरेको चौथो रणनीतिक योजनाको अवधि कुन हो ?

सन् २०२२–२०२६

राष्ट्र बैङ्कले पाँच वर्ष अवधिको रणनीतिक योजना तर्जुमा गरेको छ ।

केन्द्रीय बैङ्कले बैङ्किङ पद्धतिप्रतिको विश्वासलाई पुनस्र्थापना गर्न, राष्ट्रले अपेक्षा गरे अनुसार अन्तर्राष्ट्रिय समुदाय र विकास साझेदारसँग प्रभावकारी संयोजन गर्न र बैङ्किङ, वित्तीय र बाह्य क्षेत्रसँगको स्थायित्व कायम गर्न अवलम्बन गनुपर्ने विशेष र नवप्रवर्धनात्मक उपाय यो रणनीतिक योजनामा समेटिएको छ ।

रणनीतिले परिलक्षित गरेको आधारमा नै राष्ट्र बैङ्कले आगामी दिनमा आफ्ना कामकारबाहीलाई अगाडि बढाउने राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कले सन् २००६ देखि रणनीतिक योजना बनाउन थालेको हो ।

योजनाले सात रणनीतिक खम्बा र १८३ कार्ययोजना समेटेको छ ।

प्रस्तुतकर्ता : टङ्क केसी