• २७ वैशाख २०८२, शनिबार

गोरखाको एक कपडा पसलमा आगलागी

blog

सहिद अन्सारीको कपडा पसलमा लागेको आगो । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका
सुलीकोट, चैत ७ गते ।
 गोरखाको एक कपडा पसलमा आगलागी भएको छ । गोरखा नगरपालिका–६ बिसौनी मोडमा सहिद अन्सारीको कपडा पसलमा बुधबार बिहान ५ः३० बजे आगलागी भएको हो ।

गोरखा नगरपालिकाका बिपद् व्यवस्थापन अधिकृत ध्रुव घिमिरेले विद्युतसट भएका कारण आगलागी भएको हुन सक्ने बताउनुभयो ।

बिहान मर्निङवाक गएका स्थानियवासीले बन्द अवस्थामा रहेको सटरबाट धुवाँ निस्केको देखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागी स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको अधिकृत घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागीबाट लाखै रुपियाँ बराबरको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ । अहिले जिल्ला प्रहरी कार्यालय गोरखाको टोलीले घटनाको मुचुल्का उठाउने काम गरिरहेको छ ।