सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठन
सुनसरीको कोशी गाउँपालिकामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ गठन भएको छ । कोशी ३ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा गाउँपालिकाभरिका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको भेलाले सुलेमान मंसुरीको अध्यक्षतामा १५ सदस्य महासङ्घ समिति गठन गरेको हो ।
विश्व मुवाँथाइमा गुणराजलाई स्वर्ण
नेपाली मुवाँथाई खेलाडी गुणराज रुचालले १९औँ मुवाँथाई विश्व च्याम्पियनसिपमा स्वर्ण जित्नु भएको छ । थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताअन्तर्गत सेमी प्रोको पुरुष ५४ केजीमा गुणराजले इटालीका ग्राभियल ओलारिउलाई हराउँदै स्वर्ण जित्नुभएको
सिंहदरबार परिसरमा डिडिसीको सहुलियत बिक्री केन्द्र
दुग्ध विकास संस्थान (डिडिसी) ले सिंहदरबारभित्र सहुलियत बिक्री केन्द्र स्थापना गरेको छ । बुधवार सिंहदरबार परिसरमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सहुलियत बिक्री केन्द्रको उद्घाटन गर्नुभयो ।
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुनु उपलब्धिमूलक : मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता देशभित्र सञ्चालित महत्त्वपूर्ण प्रतियोगिता भएकाले यो कर्णालीमा हुनु उपलब्धिमूलक हुने बताउनुभएको छ ।
आयरल्यान्ड र भारतसँग खेल्ने टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा
घरेलु मैदान कीर्तिपुरमा आयरल्यान्ड ‘ए’ सँग र भारतमा हुने टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।
सीमावासीको गुनासो सुन्न सशस्त्र प्रहरीको पैदल यात्रा
सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्नका लागि संयुक्त सीमा पैदल यात्रा सुरु गरेको छ । ‘सीमावासीसँग सशस्त्र प्रहरी’ नामक अभियानअन्तर्गत उक्त यात्रामा सुरक्षाकर्मी र जनप्रतिनिधिले सीमाका बासिन्दासँग प्रत्यक्ष अन्तरक्रिया गर्नेछन् ।
राष्ट्रिय सभा कार्यव्यवस्था समितिमा सातको नाम मनोनयन
राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका लागि सात जनाको नाम मनोनयन गरिएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उहाँहरूको नाम मनोनयन गर्नुभएको हो ।
भूमेलाई खुसी बनाउने अनौठो संस्कृतिको जगेर्ना
जम्मा भएका सबैको अनुहारमा कालोमोसो दलिएको छ । यो मोसो कुनै कारबाही वा दण्ड पाएर दलिएको नभएर उत्सवमा दलिएको हो ।
नागरिकता नहुँदा सुविधाबाट वञ्चित
बाजुराको बुढीगङ्गा नगरपालिका –८ मोटाबाडामा अस्थायी रुपमा बसोबास गर्दै आउनभएकी रङ्गी नेपालीले नागरिकता नपाउँदा सरकारी सेवा सुविधाबाट वञ्चित हुनुपरेको छ ।
अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति
सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।
चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु
चट्याङले लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो ।
पाल्पाबाट चार हजार बढी एसइईमा सहभागी हुँदै
पाल्पाबाट यस वर्ष चार हजार १८२ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने तयारी गरेका छन् । जिल्लाभरका सामुदायिक विद्यालयबाट तीन हजार ६९५ जना र संस्थागत विद्यालयबाट ४८७ जनाले एसईई परीक्षा दिने तयारी गरेका हुन् ।
भाले गैँडा कोशीटप्पुमा स्थानान्तरण गरिने
चितवन राष्ट्रिय निकुञ्जबाट एक भाले गैँडा कोशीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिने भएको छ । यहाँबाट दोस्रो पटक कोशीटप्पुमा गैँडा स्थानान्तरण गर्न लागिएको हो ।
‘विशेष परिस्थिति घोषणा गरेर सडक दुर्घटना न्यूनीकरणमा जुटौँ’
राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले मुलुकमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न विशेष परिस्थिति घोषणा गरेर अघि बढ्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
दुर्घटनामा एकको मृत्यु
नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रक र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२९ का ३२ वर्षीय सोमलाल लामा रहेका छन् ।
गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग यथावत्
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सूर्यदशर्न सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागलाई यथावत् राखेको छ ।
प्लाइउड निर्यातको अवरोध हट्यो
उद्योगी व्यवसायीको व्यापक दबाब र विरोधपछि गुणस्तर प्रमाण चिन्हका नाममा भारतले प्लाइउडको निर्यातमा उत्पन्न गरेको अवरोध तत्कालका लागि हटेको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । बुधबार बिहान ११ बजेबाट नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक सुरु भएको हो ।
मनकामना केबलकार एक दिनका लागि बन्द हुने
मनकामना केबलकार आज एक दिनको लागि बन्द हुने भएको छ । मनकामना केबलकारका नायब महाप्रबन्धक उज्जल शेरचनका अनुसार नियमित मर्मत सम्भारका लागि आज एक दिनको लागि बन्द गर्नु परेको हो ।
उपत्यकासहित देशको पूर्वी भूभागमा वर्षा
अहिले देशभरको मौसम बदली भएको छ । जसकारण काठमाडौ उपत्यकासहित बागमती, मधेश र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम विज्ञान विभागअन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिनभरनै देशको पूर्वी भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
भेनियर पातामा निकासी कर कम गर्न माग
ठुलो परिमाणमा भारतमा निकासी हुने गरेको भेनियर पातामा सरकारले प्रोत्साहन गर्नु पर्नेमा निकासी कर अत्यधिक राखेको भन्दै यसलाई घटाउन व्यवसायीले माग गरेका छन् ।
मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण डेस्क
गृह मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सम्बोधनका लागि सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।
म भोको छु (कथा)
मेरो दिमागमा एउटा योजना जन्मियो । यो उपयोगी योजना थियो । यो योजनालाई हुर्काउन मसँग पर्याप्त समय थियो । हतारिनु थिएन । पुनर्विचार गर्न सकिन्थ्यो । यो उमेरमा पनि मनमा सकारात्मक सोचको ठाउँ पाएकोमा म दङ्ग परेँ । दसैँ वर सरिरहेको थियो । म बरण्डामा बसेर घाम तापिरहेको थिएँ । श्रीमती भान्सामा थिइन् । उनी बाहिर आइन् । “ख्वैै घाम ?” तिनी भन्छिन् ।
जङ्गलमा मानव अतिक्रमण बढ्दै, घाँस प्रजातिका वनस्पति मासिँदै
पूर्वी मोरङका राष्ट्रिय बन र सामुदायिक वनमा घाँस प्रजातिका वनस्पतिहरू मासिएका छन् । बनसँग आश्रित बाख्रापालक किसानले साना साना बुट्यान हुर्किन नपाउँदै काटेर लान थालेपछि बनमा घाँस प्रजाति वनस्पतिको बीउ नपाक्ने र नयाँ बिरुवा उम्रिन छोडेपछि घाँस प्रजातिका वनस्पति मासिएका हुन् ।