• १३ साउन २०८१, आइतबार

मनकामना केबलकार एक दिनका लागि बन्द हुने

blog

फाइल तस्बिर ।

गुणबहादुर रोका

सुलीकोट, चैत ७ गते । मनकामना केबलकार आज एक दिनको लागि बन्द हुने भएको छ । मनकामना केबलकारका नायब महाप्रबन्धक उज्जल शेरचनका अनुसार नियमित मर्मत सम्भारका लागि आज एक दिनको लागि बन्द गर्नु परेको हो । 

उहाँका अनुसार मनकामना केबलकार हरेक चार चार महिनामा नियमित मर्मत सम्भार गर्ने गरिएको छ । २०५५ सालदेखि गोरखाको मनकामनामा मन्दिरमा १० मिनेटको बाटोबाट दर्शनार्थीलाई सहजता होस् भन्ने उद्देश्यले मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो । 

प्रालिले यात्रुको सुरक्षालाई प्रमुख ध्यान दिँदै आएको छ । मनकामना केबुलकार भोलि बिहीबारबाट पुन सञ्चालनमा ल्याइने मनकामना केबुलकार प्रालिले जानकारी दिएको छ । साथै दर्शनार्थीलाई परेको असुविधा प्रति क्षमायाचना समेत गरेको छ ।