‘सांसद बोलिरहने, सरकार सुनिरहने मात्रै हुनुहुँदैन’
जनमत पार्टी पहिलोपटक निर्वाचनमा होमिएको हो । जनमत नयाँ दलका रूपमा संसद्मा प्रवेश गरेको छ । बाहिरबाट हेर्दा र संसदीय प्रक्रियामा प्रवेश गर्दा निकै नै फरक अनुभव महसुस हुँदोरहेछ ।
जोखिममा छन् सङ्कटापन्न सोँस
जलीय स्तनधारी जन्तुहरूमध्ये सङ्कटापन्न आवस्थामा रहेको सोँस (डल्फिन) को सङ्ख्या नेपालका नदीहरूमा कम हुँदै गएको छ । स्वच्छ पानीको जलकुण्डमा पाइने सोँसको सङ्ख्या पछिल्लो समयमा घट्दै गइरहेको सरोकारवाला
लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तीव्रता दिन अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । मङ्गलबार साँझ सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन निर्देशक समितिको चौथो बैठकमा उहाँले लगानी सम्मेलनको सचिवालयलाई निर्देशन दिनुभएको हो ।
कच्चा पदार्थको अभावमा कैलालीका १३७ साना उद्योग बन्द
कच्चा पदार्थको अभावमा कैलाली जिल्लामा सञ्चालित एक सय ३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका हुन् ।
डढेलो नियन्त्रणका क्रममा दुई जनाको मृत्यु
पछिल्लो समय बागमती प्रदेशका विभिन्न जिल्लाका सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी बढेको छ । चैत सुरु भएयता मात्र यस प्रदेशमा चार हजार हेक्टर वनमा डढेलो लागेको छ । यस वर्ष हिउँदमा कम वर्षा भएका कारण वनका पातपतिङ्गर सुकेका कारण आगलागीको जोखिम पनि उच्च भएको बागमती प्रदेशको वन निर्देशनालय हेटौँडाले जनाएको छ । निर्देशनालयका अनुसार प्रदेशभित्रका करिब चार हजार हेक्टर वनमा डढेलो लागेको छ । सबैभन्दा बढी रसुवामा करिब तीन हजार हेक्टर वनमा डढेलोले क्षति पु-याएको छ ।
जासुस बिरालो
सन् १९६० को दशकमा अमेरिकाको गुप्तचर निकायका अनेक परियोजनामा बिरालोमाथिसमेत परीक्षण र प्रयोग गरिएको थियो । गुप्तचर निकाय सिआइएले बिरालोलाई काममा लगाउने निर्णय त गर्यो तर बिरालोलाई तालिम दिन कत्तिको कठिनाइ आइपर्ने हो संस्थाले रत्तिभर विचार गरेन । बिरालोको काम थियो, वासिङ्टन डिसीमा रहेको सोभियत सङ्घको राजदूतावास बाहिरको बगैँचामा दुई जनाको गुप्त कुरा सुन्नु । बिरालोको कानभित्र पशु शल्यचिकित्सकले एउटा माइक्रोफोन प्रत्यारोपण गरेका थिए । टाउकोको हड्डीमा सानो रेडियो ट्रान्समिटरलाई अड्याएर तन्तुमा ब्याट्री राखिएको थियो । यो परियोजना सम्पन्न हुन पाँच वर्ष समय लाग्यो र दुई करोड अमेरिकी डलर खर्च भयो ।
सार्वजनिक पोखरीमा कुनै संरचना नबनाउन अदालतको आदेश
बाँकेको नरैनापुरस्थित सार्वजनिक पोखरीलाई संरक्षण नगरी अन्य पूर्वाधार निमार्ण गर्न थालेपछि उच्च अदालतले त्यहाँ कुनैपनि संरचना निमार्ण नगर्न तत्काल परमादेश जारी गरेको छ ।
अस्ट्रेलियाको वातावरण अस्वस्थकर
सन् २०२३ मा अस्ट्रेलियाको वातावरण स्वास्थ्यकर नरहेको प्रतिवेदन सार्वजनिक भएको छ । सन् २०२३ मा कम वर्षा र खतरामा परेका प्रजातिहरूको सङ्ख्यामा वृद्धिमा पनि गिरावट आएको एक रिपोर्टले जनाएको छ ।
चिया खेतीबाट देखियो आम्दानीको सम्भावना
ताप्लेजुङमा चिया खेतीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना देखिएको छ । पछिल्लो समय जिल्लामा चिया खेती लगाउन सुरु गरिएको र यसबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भएको किसानले बताएका छन् ।
बाँकेमा एमालेको परीक्षा
नेकपा (एमाले) बाँकेले जिल्लाभरका सङ्गठित सदस्यहरूको परीक्षा लिएको छ । सोमबार जिल्लाका ८१ वटा वडामा एकसाथ परीक्षा सञ्चालन गरी उत्तरपुस्तिका सुरक्षित राखिएको एमाले बाँकेका सचिव रत्न खत्रीले जानकारी दिनुभयो । उक्त परीक्षामा वयोवृद्ध नेताहरूको समेत सहभागिता छ । खजुरा–२, सीतापुरबाट पार्टी केन्द्रीय सदस्य ८० वर्षीय बाबुराम गौतम, ७५ वर्षीय पूर्वजिल्ला कमिटी अध्यक्ष नन्दलाल रोकायलगायतका नेताको सहभागिता रहेको सचिव खत्रीले बताउनुभयो । एमाले बाँकेले लुम्बिनी प्रदेश कमिटीको निर्णय अनुसार जिल्लाका ८१ वटा वडामा एकसाथ परीक्षा सञ्चालन भएको हो । परीक्षामा करिब पाँच हजार सङ्गठित सदस्य सहभागी हुनुपर्ने भए पनि जिल्लाबाहिर रहेकाले सबैजना उपस्थित हुन नसकेको एमालेले जनाएको छ ।
नेपालगञ्ज–गुलरिया सडक धमाधम कालोपत्र हुँदै
हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडकखण्ड कालोपत्र गर्न थालिएको छ । नेपालगन्जको नन्दनी मिलबाट एकतर्फी कालोपत्र गर्न सुरु भएको निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले बताउनुभयो ।
सहकारीको ‘सेफ’ नै असुरक्षित
झापामा सहकारी संस्थाहरूमा भल्ट अर्थात् सेफ नै फुटाएर चोरीका घटनाहरू बढ्न थालेका छन् । एकपछि अर्को गर्दै जिल्लाका विभिन्न ठाउँमा सेफमा राखिएका रकम चोरी हुन थालेको हो ।
बाँझो जमिन नराख्न किसानलाई सेवासुविधा
दोलखाको कालिञ्चोक गाउँपालिका–८ स्थित हाम्रो साना किसान कृषि सहकारी संस्थाले किसानलाई केही सुविधा उपलब्ध गराई बाँझो जमिनलाई उपयोग गराउन लागेको छ । संस्थाको समन्वयमा ग्रिन इन्टेलिजेन्स कम्पनीले बिरुवा निःशुल्क उपलब्ध गराई रोपे तथा संरक्षण गरेबापत प्रतिबिरुवा ५० रुपियाँ दिएर बाँझो रहेको जमिनलाई उपयोगमा ल्याउने वातावरण बनाउन लागेको संस्थाका अध्यक्ष होम पाठकले जानकारी दिनुभयो ।
मृतक परिवार भेट्दै जनप्रतिनिधि
पर्वतको जलजला गाउँपालिका–५ को वडा कार्यालयले मृतक परिवारसँग जनप्रतिनिधि भेटघाट कार्यक्रममार्फत मृतकप्रति श्रद्धाञ्जली र परिवारजनलाई समवेदनासहित १० हजार रुपियाँ सहयोग गरेको छ । वडाभित्र कसैको मृत्युको खबर सुन्नासाथ जनप्रतिनिधिको टोली गएर शोकमा रहेका परिवारसँग भेटघाट र किरियाखर्च हस्तान्तरण कार्यक्रम प्रभावकारी बन्दै गएको स्थानीय बताउँछन् । वडाले चालु आर्थिक वर्षदेखि यो कार्यक्रम सञ्चालन गर्दै आएको हो ।
बिजुली पुगेपछि स्थानीय खुसी
जीवनको उत्तराद्र्धमा गाउँमा बिजुली पुगेपछि नवलपरासीपूर्वको पहाडी भेग बुलिङटार गाउँपालिका–२, डाडाँझेरी मथारका ज्येष्ठ नागरिक दलसिंह ठाडामगर खुसीले दङ्ग पर्नुभएको छ । राष्ट्रिय विद्युत् प्रसारण लाइनले गाउँमा बिजुली पु¥याएपछि उहाँ मात्रै होइन गाउँका बुढाबुढी, तन्नेरीदेखि बालबालिका यतिबेला सबै खुसी साट्दै छन् । बुलिङटार गाउँपालिका–२ का पूर्ववडाध्यक्ष एवं स्थानीय प्रेमबहादुर थापामगर बत्ती पुगेपछि धेरै राहत भएको बताउनुहुन्छ ।
क्यान्सर उपचारका लागि गुरुङ परिवारद्वारा सहयोगको अपिल
कलेजोको क्यान्सर रोगबाट पीडित तनहुँको एक महिलाको उपचार गर्न परिवारले सहयोगको अपिल गरेका छन् । व्यास नगरपालिका–५, पीपलटारमा भाडाको घरमा बस्दै आएका ४९ वर्षीया क्यान्सर पीडित विनुमाया गुरुङको उपचारका लागि परिवारले सहयोग मागका हुन् ।
देवचुलीमा जग्गाको नापी सुरु
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा भूमि आयोगले जग्गा नापजाँच सुरु गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि देवचुली–१३ मा जग्गा नापजाँच सुरु गरिएको हो । देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले लामो समयदेखि जोतभोग र बसोबास गर्दै आएका स्थानीयलाई भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधानको प्रक्रियालाई समाधान गर्न जग्गा नापजाँच सुरु गरिएको बताउनुभयो । नापीको काम समाधान गरी जग्गाधनी पुर्जा वितरणका लागि थप काम हुने उहाँले बताउनुभयो । देवचुली नगरपालिकामा अहिलेसम्म चार हजार ५५३ जनाको जग्गाधनी पुर्जाका लागि लागत सङ्कलन भएको छ ।
श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या
मोरङको बेलबारी १ भेडाटोल बस्ने ६० वर्षीय बमबहादुर लिम्बूले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।
कांग्रेस पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाको १४ औँ स्मृति दिवस
नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १४ औँ स्मृति दिवसमा बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बुधबार बस्ने समितिको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिको निर्वाचन हुनेछ ।
सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद्अन्तर्गत बुधबार दुवै सदनको बैठक बस्दैछ । जसअन्तर्गत प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ ।
असावधानीबाटै आगलागी
मानवीय जीवन सधैँ सङ्कट र त्रासको सेरोफेरोमा गुज्रिरहेको हुन्छ । एकाएक आउने प्राकृतिक विपत्तिका कारण मात्र नभएर आफ्नै असावधानीका कारण पनि सधैँ असुरक्षाको जोखिम हुन्छ । भूकम्पीय जोखिमको त कुरै भएन, वर्षामा बाढीपहिरोको त्रास, हिउँदमा सुक्खा र खडेरीको त्राससँगै आगलागीबाट हुने अकल्पनीय जनधनको क्षतिका कारण बाह्रै महिना जस्तै असुरक्षाको अवस्था छ । प्राकृतिक विपत्तिलाई त टारौँ भनेर पनि टार्न सकिन्न तर बेलैमा सावधानी अपनाइयो भने क्षति
सार्वजनिक संस्थानको गति
जनताको हित र कल्याणका लागि सार्वजनिक संस्थानको स्थापना र सञ्चालन गरिएको हुन्छ । त्यसैले सार्वजनिक संस्थानको जनताप्रति दायित्व उच्च रहेको हुन्छ । सरकारको नीति एवं योजना अनुसार सञ्चालन हुने यी संस्थाले निर्वाह गर्ने जिम्मेवारीको अन्तिम उत्तरदायित्व सरकारमा नै रहने गर्दछ । सार्वजनिक संस्थान जनताको दैनिक जीवनयापनसँग सम्बन्ध रहेका अत्यावश्यक वस्तु तथा सेवा सर्वसुलभ एवं सुपथ मूल्यमा उपलब्ध गराउने, रोजगारी सिर्जना गर्ने, विकासका लागि भौतिक पूर्वाधार निर्माण गर्ने, आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको आधार तयार गर्ने, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्धन गर्ने साथै निजी क्षेत्रको विकास
कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको सम्भावना
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानका साथै अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।