• १३ साउन २०८१, आइतबार

कांग्रेस पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाको १४ औँ स्मृति दिवस

blog

काठमाडौं, चैत ७ गते । नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १४ औँ स्मृति दिवसमा बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस, जीपी कोइराला फाउन्डेसनलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

पाँच पटक प्रधानमन्त्री बनेका कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो । राणा शासनको विरोध गरेको अभियोगमा बुबा आमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो ।

२०४७ सालको आन्दोलन, २०६२–६३ सालको दोस्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रूपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका कालखण्डमा उहाँको भूमिका महत्त्वपूर्ण छ ।