• १३ साउन २०८१, आइतबार

क्यान्सर उपचारका लागि गुरुङ परिवारद्वारा सहयोगको अपिल

blog

कलेजोको क्यान्सर रोगबाट पीडित बिनुमाया गुरुङ । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, चैत्र ७ गते । 
कलेजोको क्यान्सर रोगबाट पीडित तनहुँको एक महिलाको उपचार गर्न परिवारले सहयोगको अपिल गरेका छन् । व्यास नगरपालिका–५, पीपलटारमा भाडाको घरमा बस्दै आएका ४९ वर्षीया  क्यान्सर पीडित विनुमाया गुरुङको उपचारका लागि परिवारले सहयोग मागका हुन् ।

बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा स्वास्थ्य परीक्षणको क्रममा कलेजोको क्यान्सर भएको पत्ता लागे पनि उपचार गर्ने पैसा नहुँदा बिरामी घरमै राख्नु परेको परिवारको भनाइ छ । उपचारको गर्ने पैसा नभएकाले भर्ना गर्न नसकेको बिरामीका श्रीमान् दलबहादुर गुरुङले बताउनुभयो । गुरुङले भन्नुभयो, ‘‘काम नपाएको बेला पेटभरी खान पाइँदैन गरिब भएकाले उपचार गर्न सकिएन ।’’

सुरुमा मुटु पोल्ने, पेट फुल्ने समस्या देखिएपछि पोखराको मणिपाल अस्पतालमा उपचारका लागि जानु भएको थियो । त्यसपछि थप उपचारका लागि चितवनमा गएको र दुई लाख रुपियाँ ऋण लागेको गुरुङले बताउनुभयो । बिनुमायाको उपचारमा लाग्ने रकम सहयोग गरिदिन परिवारले देशविदेशमा रहेका सबैलाई आग्रह गरेको छ ।