• १२ असार २०८१, बुधबार

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठन

blog

सुनसरीको कोशी गाउँपालिकामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठन भएपछि सपथ ग्रणह गर्दै ।

जयकृष्ण यादव 

इनरुवा, चैत ७ गते । सुनसरीको कोशी गाउँपालिकामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ गठन भएको छ । कोशी ३ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा गाउँपालिकाभरिका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको भेलाले सुलेमान मंसुरीको अध्यक्षतामा १५ सदस्य महासङ्घ समिति गठन गरेको हो । 

त्यस्तै, उपाध्यक्षमा मोहमद मु ,सचिवमा राजकुमार यादव (अध्यक्ष, सप्तकोशी मा.वि), सहसचिवमा श्याम सदा (कोशी जनता मावि) र कोषाध्यक्षमा निर्मला सरदार चयन हुनुभएको छ ।

सदस्यहरूमा महेन्द्र यादव, समसुल मंसुरी, जोगिन्द्र उराँव, रामपृत मण्डल, बसिर मंसुरी, मुतुर्जा अन्सारी, श्यामकुमार सिंह , कासिम मंसुरी, सरितादेवी उराँव र समसुल अन्सारी चयन हुनुभएको छ । सो अवसरमा, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ कोशी प्रदेश सचिव हरिबहादुर कार्की, शिक्षा शाखा प्रमुख वेदराज अधिकारी, श्री राष्ट्रिय मा.वि का प्रधानाध्यापक हरिकृष्ण प्रसाद राउत, महासङ्घका इनरुवा अध्यक्ष जयकृष्ण यादव, महासङ्घ हरिनगर अध्यक्ष युवक मुखिया लगायतले बोल्नुभएको थियो ।