• १५ वैशाख २०८१, शनिबार

राष्ट्रिय सभा कार्यव्यवस्था समितिमा सातको नाम मनोनयन

blog

गोरखापत्र अनलाइन

काठमाडौं, चैत ७ गते । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका लागि सात जनाको नाम मनोनयन गरिएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उहाँहरूको नाम मनोनयन गर्नुभएको हो ।

राष्ट्रिय सभाका आनन्दप्रसाद ढुङ्गाना, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंहलाई राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा मनोनयन गर्न अध्यक्षले प्रस्ताव गर्नुभएको थियो । प्रस्तावलाई सांसदहरूले समर्थन जनाउनुभयो । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३ को उपनियम १ बमोजिम कार्यव्यवस्था परामर्श समितिमा उहाँहरूको नाम मनोनयन गरिएको अध्यक्ष दाहालले जानकारी गराउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘राष्ट्रिय सभा नियमावली २०७५ को नियम १३ को उपनियम १ बमोजिम कार्यव्यवस्था परामर्श समितिमा रहनुहुने मान्य सदस्यहरूको नाम मनोनयन गरिएको छ । कार्यव्यवस्था परामर्श समितिमा रहनुहुने सदस्यहरूको मनोनयनलाई सभाको सहमति जनाइदिन आग्रह गर्दछु ।’ प्रस्तावमा सभाका सदस्यहरूले सहमति जनाउनुभएको छ ।