कालिगण्डकी कोरिडोरमा सुविधा सम्पन्न होटल सञ्चालनको तयारी
कालिगण्डकी कोरिडोरमा सुविधा सम्पन्न होटल सञ्चालनको तयारी गरिएको छ । पछिल्ला केही वर्ष यता म्याग्दी र मुस्ताङमा पर्यटक आगमन बढेसँगै कालिगण्डकी कोरिडोरमा ठुलो लगानी गरेर सुविधा सम्पन्न होटल खुल्ने क्रम बढेको छ ।
नेपाली कांग्रेसद्वारा गृहमन्त्री लामिछानेको राजीनामा माग
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ ।
साथीको हत्या गरी फरार अभियुक्त २१ वर्षपछि पक्राउ
नेपाल प्रहरीले २१ वर्षअघि साथीको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मङ्गलबार पत्रकार सम्मेलन गरी सो बारे जानकारी गराएको हो ।
स्वास्थ्य बीमा कार्यक्रम राष्ट्रिय गौरवको अभियान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानका रूपमा घोषणा गर्ने गृहकार्य भइरहेको बताउनुभएको छ ।
उपेक्षित वर्गको अधिकार रक्षाका लागि सरकार प्रतिबद्ध
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक, सांस्कृतिक, राजनीतिक तथा आर्थिकरूपमा ऐतिहासिक विभेदमा परेका दलितलगायत समुदायको संविधानप्रदत्त अधिकारको रक्षा गर्ने विषयलाई अत्यन्तै गम्भीरताका साथ लिएको बताउनुभएको छ ।
नारायणगढ-मुग्लिन सडकखण्डमा थप तीन पुल
नारायणगढ (मुग्लिन सडकखण्डका थप तीन पुल यसै साता सञ्चालन आउने भएका छन् । जुगेडी, जुगेडी खहरे र सिमल ताल पुल सञ्चालन ल्याउन लागिएको हो ।
जग्गाधनी प्रमाणपत्र वितरणका बाँकी काम शीघ्र सम्पन्न हुने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार भएका जग्गाधनी प्रमाणपत्र वितरण गर्न तथा बाँकी काम शीघ्र सम्पन्न गरिने बताउनुभएको छ ।
‘सुशासनको सवालमा कुनै सम्झौता हुन्न’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने स्पष्ट पार्नुभएको छ ।
सप्तरीमा ८२.४ प्रतिशत राजश्व सङ्कलन
सप्तरीको राजविराज भन्सार कार्यालय बेल्हीले नेपाल सरकारको लक्ष्य अनुसार ८२.४ प्रतिशत राजश्व सङ्कलन गरेको छ ।
‘कांग्रेसले गृहमन्त्रीलाई बदनाम गर्न खोज्यो’
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नेपाली कांग्रेसले बदनाम गर्न खोजेको आरोप लगाउनुभएको छ ।
सर्लाहीमा पेस्तोलसहित दुई भारतीय ‘मस्ट वान्टेड अपराधी’ पक्राउ
सर्लाही प्रहरीले दुई भारतीय ‘मस्ट वान्टेड अपराधी’ लाई पेस्तोल र गोलीसहित नियन्त्रणमा लिएको छ ।
आगलागीमा १६ बाख्रा र ५० कुखुरा जलेर नष्ट
चापाकोट नगरपालिका ५ सिमामा आगलागी हुँदा १६ बाख्रा र ५० कुखुरा जलेर नष्ट भएको छ । स्थानीय ५२ वर्षीय सोमबहादुर आलेको गोठमा आगलागी हुँदा बाख्रा र कुखुर जलेर दुई लाख ५० हजार बराबरको क्षति पुगेको हो ।
सामुदायिक तथा राष्ट्रिय वनमा आगलागीका घटना बढ्दै
गर्मीको मौसम सुरु भएसँगै सिन्धुली जिल्लाको विभिन्न ठाउँमा रहेका सामुदायिक तथा राष्ट्रिय वनमा आगलागीका घटना बढ्दै गएको छ ।
प्रतिनिधि सभा बैठक : प्रधानमन्त्रीकाे जवाफ
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मङ्गलबार बिहानबाट बैठक सुरु भएको हो ।
म्यान्मामा हवाई आक्रमणमा २० सर्वसाधारणको मृत्यु
म्यान्मारको रखाइन प्रान्तका ग्रामिण इलाकामा जारी हवाई आक्रमणबाट आफू ‘चिन्तित’ भएको संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले बताउनुभएको छ ।
सयपत्री फूलबाट धुप बनाउने सीप सिक्दै महिला
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका छन् । यान्चोक आमा समूह र आँधीमूल आमा समूहमा आबद्ध महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका हुन् ।
१४ हजारभन्दा बढी बालबालिकाले लगाए दादुरा रुबेला खोप
पाल्पाका १४ हजारभन्दा बढी बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । गत फागुन १६ गतेदेखि जिल्लाभर सञ्चालन भएको अभियानमा साढे १४ हजार बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका हुन् ।
नेपालगन्ज मेडिकल कलेजमा ब्रेन ट्युमरको जटिल शल्यक्रिया
नेपालगन्ज मेडिकल कलेजद्वारा सञ्चालित नेपालगन्ज शिक्षण अस्पतालमा पहिलो पटक अवेक क्रेनियोटोमी गरी सात दिन भित्र दुई वटा जटिल किसिमका ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ ।
डढेलो नियन्त्रणका लागि अभियान सुरु
जिल्लाका विभिन्न स्थानमा डढेलो लाग्ने क्रम बढेपछि डढेलो नियन्त्रण तथा जनचेतना अभियान सुरु गरिएको छ । जिल्लाको रिब्दीकोट, तिनाउ, रामपुर र रैनादेवी छहरामा यो वर्ष डढेलो लागिसकेको छ ।
दुर्घटनाका घाइतेको उपचार गर्न सरकारलाई ओलीको आग्रह
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बागलुङमा सोमबार भएको बस दुर्घटनामा परी घाइते भएकाहरुको उपचार गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
दाङमा अतिक्रमित जग्गा खोज्दै प्रशासन
दाङमा सार्वजनिक जग्गा संरक्षणका लागि जिल्ला प्रशासन कार्यालयले खोजी गर्न सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गरेर सार्वजनिक जग्गा अतिक्रमण गरेकोबारे जानकारी दिन आग्रह गरेको हो ।
सुनको मूल्य प्रतितोला सात सयले बढ्यो
स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु. सात सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार दुई सय कायम भएको छ । सोमबार छापावाला सुन प्रतितोला रु एक लाख २४ हजार पाँच सयमा कारोबार भएको थियो ।
समाचार कक्षमा पत्रकार महिलाको नेतृत्वको बहस
समाचार कक्षमा मात्रै होइन नीति–निर्माण तहका क्षेत्रमा पनि पत्रकार महिलाको नेतृत्व हुनुपर्ने आवाज उठेको छ । ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीले आयोजना गरेको समाचार कक्षमा पत्रकार महिलाको नेतृत्व विषयक अन्तरक्रिया कार्यक्रम सहभागीहरुले यस्तो आवाज उठाएका हुन् ।
आठ महिनामा एक चौथाइभन्दा कम विकास खर्च
चालु आर्थिक वर्षको आठ महिनामा तनहुँमा विनियोजित बजेटमध्ये एक चौथाइभन्दा कम विकास खर्च भएको छ ।