• १३ साउन २०८१, आइतबार

१४ हजारभन्दा बढी बालबालिकाले लगाए दादुरा रुबेला खोप

blog

दादुरा रुबेला खोप अभियानका क्रममा सहभागी । तस्बिर : रेखीराम राना

रेखीराम राना
तानसेन, चैत ६ गते ।
पाल्पाका १४ हजारभन्दा बढी बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । गत फागुन १६ गतेदेखि जिल्लाभर सञ्चालन भएको अभियानमा साढे १४ हजार बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका हुन् ।

दुई नगरपालिकासहित आठ गाउँपालिकाका १३ हजार ९३४ बालबालिकालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा बढी बालबालिका खोप अभियानमा सहभागी भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । दादुरा रुबेला खोप अभियानमा १४ हजाार ५८३ बालबालिकाले दादुरा रुबेलाविरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय पाल्पाका खोप संयोजक विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो ।

यो अभियानमा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाले दादुरा रुबेला खोप लगाएका छन् । सबै सरोकारवालासँगको आपसी समन्वय र सहकार्यमा खोप अभियाान प्रभावकारी भएको कार्यालयका सूचना अधिकारी टीकाराम अधिकारीले जानकारी दिनुभयो । जिल्लाका दश वटै पालिकामा लक्ष्यभन्दा बढी खोप लगााउने बालबालिका सहभागी भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

यसैबिच, दादुरा रुबेला खोप अभियानकै बेलामा नियमित खोपमा छुट भएका बालबालिकालाई अन्य खोप लगाउने कार्यक्रम रहे पनि उक्त खोप कार्यक्रममा भने ज्यादै न्यून सहभागिता थियो ।