काठमाडौँ, जेठ ६ गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५४ रुपियाँ १६ पैसा र बिक्रीदर १५४ रुपियाँ ७६ पैसा कायम गरिएको छ ।
त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७९ रुपियाँ १२ पैसा र बिक्रीदर १७९ रुपियाँ ८२ पैसा तोकिएको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०६ रुपियाँ ६६ पैसा र बिक्रीदर २०७ रुपियाँ ४६ पैसा निर्धारण गरिएको छ ।
स्वीस फ्र्याङ्क एकको खरिददर १९५ रुपियाँ ८२ पैसा र बिक्रीदर १९६ रुपियाँ ५८ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपियाँ ७४ पैसा तथा बिक्रीदर ११० रुपियाँ १७ पैसा कायम गरिएको छ ।
क्यानेडियन डलर एकको खरिददर ११२ रुपियाँ १४ पैसा र बिक्रीदर ११२ रुपियाँ ५७ पैसा तोकिएको छ । सिङ्गापुर डलर एकको खरिददर १२० रुपियाँ ३३ पैसा र बिक्रीदर १२० रुपियाँ ८० पैसा कायम गरिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपियाँ ६९ पैसा र बिक्रीदर ९ रुपियाँ ७३ पैसा निर्धारण गरिएको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ६५ पैसा र बिक्रीदर २२ रुपियाँ ७४ पैसा रहेको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपियाँ ०८ पैसा र बिक्रीदर ४१ रुपियाँ २४ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिददर ४२ रुपियाँ २९ पैसा र बिक्रीदर ४२ रुपियाँ ४६ पैसा कायम गरिएको छ ।
थाई भाट एकको खरिददर ४ रुपियाँ ७२ पैसा र बिक्रीदर ४ रुपियाँ ७४ पैसा रहेको छ । यूएई दिराम एकको खरिददर ४१ रुपियाँ ९७ पैसा तथा बिक्रीदर ४२ रुपियाँ १४ पैसा निर्धारण गरिएको छ।
मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपियाँ ७६ पैसा र बिक्रीदर ३८ रुपियाँ ९१ पैसा कायम गरिएको छ । दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपियाँ २१ पैसा र बिक्रीदर १० रुपियाँ २५ पैसा रहेको छ ।
स्विडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ४१ पैसा र बिक्रीदर १६ रुपियाँ ४८ पैसा तोकिएको छ । डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ९७ पैसा र बिक्रीदर २४ रुपियाँ ०६ पैसा कायम गरिएको छ ।
हङकङ डलर एकको खरिददर १९ रुपियाँ ६८ पैसा र बिक्रीदर १९ रुपियाँ ७६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ५०२ रुपियाँ ४८ पैसा तथा बिक्रीदर ५०४ रुपियाँ ४३ पैसा निर्धारण गरिएको छ भने बहराइन दिनार एकको खरिददर ४०८ रुपियाँ ८० पैसा र बिक्रीदर ४१० रुपियाँ ४० पैसा कायम गरिएको छ । ओमानी रियाल एकको खरिददर ४०० रुपियाँ ४१ पैसा र बिक्रीदर ४०१ रुपियाँ ९७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस