नगर उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सर्लाहीको हरिपुर नगरपालिकाका उपप्रमुख रेणुका देवी काफ्लेसहित दब जनाविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ ।
लागूऔषधसहित दुई पक्राउ
प्रहरीले नवलपुरबाट ठुलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
‘क्रिकेट विकासमा सहयोग गर्न नेपाल आएँ’
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले क्रिकेट विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल भ्रमण आएको बताउनुभएको छ ।
‘आगलागी नियन्त्रणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्छ’
अहिले देशभर आगलागीका घटना बढेका छन् । पछिल्लो दुई दिनमा मात्र ७२ वटा आगलागीका घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
सामुदायिक वनमा लागेको डढेलोले दुई घर जल्यो
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीमा सामुदायिक वनमा लागेको डढेलोले सोमबार दुई वटा जलेर नष्ट भएको छ ।
स्ववियू निर्वाचनको एक वर्ष पूरा
त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको एक वर्ष पूरा भएको छ । गत वर्ष त्रिविका आंशिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियू निर्वाचन भएको थियो ।
पर्यटन प्रवर्धन गर्न होमस्टे
छिल्लीकोट दाङको धार्मिक एवं ऐतिहासिक महत्त्व बोकेको प्रसिद्ध पर्यटकीय गन्तव्य हो । धार्मिक, ऐतिहासिक, पर्यटकीय तथा पर्यावरणीय दृष्टिले परिचित छिल्लीकोटमा पछिल्लो समय मानिसको चहलपहल बढेकाले पर्यटन प्रवर्धनमा होमस्टेको भूमिका महत्त्वपूर्ण रहेको बुझाइ स्थानीयको छ ।
बिम्स्टेक सार्कको प्रतिस्थापन हुन सक्दैन : परराष्ट्रमन्त्री
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिम्स्टेकले सार्कलाई प्रतिस्थापन नगर्ने बताउनुभएको छ ।
मधेश प्रदेश सरकारमा एमाले सहभागी
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेलाई सरकारमा सहभागी गराउँदै सोमबार मन्त्रीपरिषद् पुर्नगठन गर्नुभएको छ ।
पुलिस दोस्रो जित निकाल्दै क्वार्टरफाइनलमा
विभागीय टोली नेपाल पुलिस क्लब आठौँ आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
टेकनारायणको बन्दी प्रत्यक्षीकरणको रिट अरुसँगै राख्न आदेश
सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनुवामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेको बन्दीप्रत्यक्षीकरणको रिटमा लगाउमा राखी पेस गर्न आदेश दिएको छ ।
सुन तस्करी प्रकरण : गुरुङलाई धरौटीमा छाड्न आदेश
काठमाडौँ जिल्ला अदालतले सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका जीवन गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
इलाम–२ को उपनिर्वाचनका लागि २० दल दर्ता
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २० दल दर्ता भएका छन् । सोमबार निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरेको छ ।
महासङ्घलाई कम्प्युटर सहयोग
पुतलीबजार नगरपालिकाले नेपाल पत्रकार महासङ्घ स्याङ्जा शाखाको कार्यालय व्यवस्थापनका लागि कम्प्युटर सहयोग गरेको छ ।
लिभरपुललाई हराउँदै युनाइटेड सेमिफाइनलमा
बलियो प्रतिद्वन्द्वी लिभरपुललाई उसैको मैदानमा अतिरिक्त समयमा ४–३ गोलले हराउँदै म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
जङ्गली हात्तीको आक्रमणबाट दुई घाइते
मोरङको सुन्दरहरैँचा नगरपालिका-६ मा जङ्गली हात्तीको आक्रमणमा परी दुई जना घाइते भएका छन् । हात्तीको आक्रमणबाट स्थानीय ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष राय घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिनुभयो ।
‘सुन होस् कि सहकारी, निष्पक्ष छानबिन गर्नुपर्छ’
नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले नेपाली कांग्रेस सुशासन र भ्रष्टाचारमुक्त समाजको पक्षमा रहेको बताउनुभएको छ । संसद् भवन परिसरमा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
‘पत्रकार महिलाको अधिकार हनन् हुनुहुन्न’
पत्रकार महिलाले महिलासहित पत्रकार महिलाको अधिकार कहीँबाट पनि हनन् हुन नहुने बताउनुभएको छ । प्रेस चौतारी नेपालद्वारा सोमबार यहाँ आयोजित समाचार कक्षमा पत्रकार महिलाको नेतृत्व विषयक अन्तरक्रिया कार्यक्रममा उहाँहरूले सो कुरा बताउनुभएको हो ।
शुक्रबारबाट एक घण्टामा श्रम स्वीकृति
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि एक घण्टामै श्रम स्वीकृति दिने तयारी गरिएको बताउनुभएको छ । सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
एनआईएमबीलाई ईशान कप उपाधि
नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क (एनआईएमबी) ले आरबीबीएल ईशान कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
धौवादी गाउँमा पहिलो पटक बिजुली बल्दा स्थानीय खुसी
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका-५ धौवादीमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छ ।
किसान सूचीकरण अद्यावधिक गरिँदै
राज्यको तीनै तहबाट सञ्चालन हुने कृषि विकासका कामलाई वैज्ञानिक, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले डोटी जिल्लामा किसान सूचीकरण तथा तथ्याङ्क अद्यावधिक गर्ने कार्यको सुरुवात भएको हो ।
एडिबीद्वारा श्रीलङ्कालाई १० करोड डलर ऋण
एसियाली विकास बैंक (एडिबी) ले सोमबार श्रीलङ्काका साना तथा मझौला उद्यमहरू (एसएमई) लाई वित्तमा थप पहुँच प्राप्त गर्न र आर्थिक सङ्कट तथा जलवायु परिवर्तनजस्ता बाह्य झट्काहरूसँग लचिलोपन बनाउन १० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।
नवनियुक्त मन्त्री मनाङेद्वारा शपथ ग्रहण
गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको शपथ लिनुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार उहाँलाई मन्त्रीको नियुक्त गर्नुभएको थियो ।