• २७ वैशाख २०८२, शनिबार

महासङ्घलाई कम्प्युटर सहयोग

blog

नेपाल पत्रकार महासंघलाई कम्प्युटर सहयोग गरिदै ।

अर्जुन काफ्ले

स्याङ्जा, चैत ५ गते । पुतलीबजार नगरपालिकाले नेपाल पत्रकार महासङ्घ स्याङ्जा शाखाको कार्यालय व्यवस्थापनका लागि कम्प्युटर सहयोग गरेको छ । 

पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले पत्रकार महासङ्घलाई कम्प्युटर हस्तान्तरण गर्नुभयो । पत्रकारलाई समाचार प्रवाह गर्न सहज हुने अपेक्षा राखेर कम्प्युटर सहयोग गरेको नगर प्रमुख रेग्मीले बताउनुभयो । 

स्थानीय सरकारले गरेका राम्रा कामको उच्च प्राथमिकतामा राखेर समाचार प्रवाह गरिदिन समेत नगर प्रमुख रेग्मीले आग्रह गर्नुभयो । कार्यालय व्यवस्थापनका लागि पुतलीबजार नगरपालिकाले एक थान कम्प्युटर सहयोग गरेको बताउँदै महासङ्घका अध्यक्ष श्रीकृष्ण सिग्देलले महासङ्घको कार्यालय व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।