• १५ वैशाख २०८१, शनिबार

एनआईएमबीलाई ईशान कप उपाधि

blog

उपाधि विजेता एनआईएमबी टोली ।

काठमाडौँ, चैत ५ गते । नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क (एनआईएमबी) ले आरबीबीएल ईशान कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सोल्टीमोडस्थित चैत्य फुटसलमा सोमबार भएको फाइनल खेलमा एनआईएमबीले नेपाल आयल निगमलाई २–० गोलले हरायो । 

एनआईएमबीको जितमा दुवै गोल सुलभ थापाले गर्नुभयो । उपाधिसँगै एनआईएमबीले ५० हजार रुपियाँ पुरस्कार पायो । उपविजेता आयल निगमले ३० हजार रुपियाँ प्राप्त गरेको छ । राष्ट्रिय वाणिज्य बैङ्कको मुख्य प्रायोजनमा कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (ईशान) द्वारा आयोजित प्रतियोगितामा नेपाल बैङ्क लिमिटेड तेस्रो भयो ।  नेपाल बैङ्कले २० हजार रुपियाँ पुरस्कार पायो । 

प्रतियोगिताभर नौ गोल गर्नुभएका  एनआईएमबीका सुलभ थापा सर्वाधिक गोलकर्ता बन्नुभयो । एनआईएमबीकै सगुनकुमार मोक्तान उत्कृष्ट गोलरक्षक र राष्ट्रिय वाणिज्य बैङ्कले अनुशासित टिमको उपाधि जित्यो । 

विजेतालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी, राष्ट्रिय वाणिज्य बैङ्कका नायब कार्यकारी प्रमुख देवेन्द्ररमन खनाल, ईशानका अध्यक्ष रामविनय श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो । तीनदिने प्रतियोगितामा विभिन्न १६ संस्थाका १८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।