गोरखापत्र अनलाइन
काठमाडौं, चैत ५ गते । सत्तारुढ दलहरूले साझा न्यूनतम तयार गरी मङ्गलबार सार्वजनिक गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयका अनुसार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको छ ।
नेकपा (एमाले)–नेकपा (माओवादी केन्द्र) सहित ६ दलको सहकार्यमा फागुन २१ गते सुरु भएको नयाँ गठबन्धन सरकारले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न लागेको हो । यसैबिच मङ्गलवार बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डसँग सांसदहरूले प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको उहाँको सचिवालय जनाएको छ ।