एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत
यसअघि कार्यवाहक अध्यक्ष रहनुभएका बुढालाई नवौँ अधिवेशले सर्वसम्मत अध्यक्ष बनाएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा अध्यक्षसहित पदाधिकारीहरूले सोमबार राति पद तथा गोपनियताको शपथ लिएका छन् ।
मुसहरको सामूहिक जीवन बिमा
बर्दीबास नगरपालिकाले नगर क्षेत्रमा रहेका अतिविपन्न मुसहर समुदायको भलाई र सुरक्षित भविष्यका लागि सामूहिक जीवन बिमा सुरु गरेको छ । यसको सुरुवात वडा नं. १४ स्थित नमुना मुसहर बस्तीबाट गरिएको हो ।
एक सय ४३ जना प्रहरीको निःशुल्क स्वास्थ्य जाँच
नेपाल प्रहरीको नेपाल प्रहरी अस्पताल महाराजगन्ज काठमाडौँको आयोजना र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जको समन्वयमा बाँकेका विभिन्न इकाई मा कार्यरत प्रहरी कर्मचारीहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
कर्णाली पुल एक सातापछि सञ्चालन
एक ट्रकमा भएको आगलागीका कारण अवरुद्ध भएको कर्णाली पुल एक सातापछि सञ्चालनमा आएको छ । पुलमा भएको क्षतिको अनुमगन तथा एकातर्फको स्ल्याब मर्मत गरिएपछि एकतर्फी रूपमा पुल सञ्चालनमा ल्याइएको हो । पुलसम्बन्धी विज्ञ टोलीले आगलागीबाट धेरै ठुलो क्षति नभएकाले सवारीसाधन चलाउन सकिने निष्कर्ष निकालेको छ । पुलमा एउटा मात्रै हेभी गाडी गुड्न पाउने गरी आवागमन भइरहेको छ ।
मधेशबाट ८१ हजार ७६८ विद्यार्थी एसईई दिने
मधेश प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा क ८१ हजार ७६८ जना विद्यार्थी सहभागी हुने भएका छन् । एसइई चैत १५ गतेदेखि सुरु हुनेछ ।
अम्रिसोमा आकर्षण बढ्दो
गाईवस्तुलाई घाँस र झाडु लगाउन कुचोका रूपमा प्रयोग हुँदै आएको अम्रिसो खेतीप्रतिको आकर्षण बढ्दै गएको छ । घाँस र कुचो बिक्री गर्दा राम्रो कमाइ हुने भएकाले पनि स्थानीयवासी अम्रिसो खेतीप्रति आकर्षित हुन थालेका हुन् । गाईभैँसीका लागि पातको घाँस आहार हुने र त्यसको फूलको कुचो बनाएर बिक्री गर्न सकिने भएकाले अम्रिसोको व्यावसायिक खेती गरेको बुढीगङ्गा नगरपालिका–२ का बहादुर थापाले बताउनुभयो । स्थानीय वसन्त बालमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत रहेका थापाले भन्नुभयो, “विद्यालयवरिपरि गरिएको अम्रिसो खेतीले वातावरण स्वच्छ पार्नुका साथै बिक्रीबाट विद्यालयलाई समेत केही आम्दानी हुने गरेको छ ।”
‘दोलखाका जनताको जीवनस्तर उकास्न लाग्नेछु’
काठमाडौँ, चैत ६ गते । राष्ट्रियसभा सदस्य भएर देशको सेवा गर्ने अवसर भर्खरै प्राप्त भएको छ । खुसी लागेको छ । जिम्मेवारीवोध पनि भएको छ । दोलखा प्राकृतिक हिसाबले निकै सुन्दर जिल्ला हो । त्यस ठाउँको विकास गर्नुपर्ने मुख्य जिम्मेवारी छ । बागमती प्रदेशको दोलखा जिल्लाबाट प्रतिनिधित्व गर्दै राष्ट्रियसभा सदस्य पुग्न पाउँदा गर्व लागेको छ । प्राकृतिक र जातीय हिसाबले पनि लोपोन्मुख थामी, जिरेल, सुरेल जाति दोलखामा बासोबास गर्दछन् । उनीहरूको संस्कृतिका साथै शिक्षा, स्वास्थ्यदेखि आधारभूत आवश्यकताका बारेमा पनि ध्यान दिनुपर्ने जरुरी छ । समग्र दोलखाली जनताको जीवनस्तर उकास्न काम गर्नुपर्ने छ । दोलखाबाट निर्वाचित जनप्रतिनिधि र दोलखामा सक्रिय राजनीतिक दलहरू सबै मिलेर विकास निर्माणका काममा एकताबद्ध हुनुपर्ने जरुरी छ । बौद्धिक व्यक्तित्व र सरोकारवाला पक्षको एकमत हुन जरुरी छ ।माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणको चरणमा जिल्लाका राजनीतिक दलहरू एक हुँदा राम्रो सन्देश गएको म यहाँ स्मरण गर्न चाहन्छु । यो आयोजना निर्माणबाट दोलखालाई मात्र नभएर सिङ्गो नेपालको अर्थतन्त्रलाई सहयोग पुग्यो । लोडसेडिङको मारमा परेका जनतालाई उज्यालोतर्फ लैजाने काम भयो । तामाकोशी जलविद्युत् आयोजना तेस्रोलगायत यस जिल्लामा विभिन्न सुन्दर प्राकृतिक तालहरू छन् । पर्यटन क्षेत्र, कृषि उत्पादन वृद्धि गर्न सकेमा जिल्लावासीको जीवनस्तरमा सुधार आउँछ । मेरो ध्यान दोलखाली जनताको जीवनस्तर उकास्नमा हुनेछ । जनता दिगो शान्ति, सुशासन, विकास निर्माण चाहन्छन् । संविधान जारी भएको लामो समय बितिसक्दा पनि संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बन्न सकेका छैनन् । यो अस्वस्थ राजनीतिक प्रतिस्पर्धा र अस्थिरताले गर्दा नै हो भन्ने मेरो बुझाइ छ । सर्वप्रथमतः राजनीतिक दलहरू नै संविधानप्रति इमान्दार हुनुपर्छ । संविधान कार्यान्वयनका सन्दर्भमा दलहरू एकै ठाउँमा उभिन सक्नुपर्छ । समयको पदचापलाई दलहरूले बुझ्न सकेमा मात्र देशको भविष्य सुन्दर हुन्छ । परिपक्वता र सामूहिकताको भावना जरुरी भइसकेको छ ।संसद्मा विधायकको काम कानुन बनाउने भनिए पनि नेपालमा त्यो खालको परिपाटी अझै राम्रोसँग स्थापित हुनसकेको छैन । सांसद भन्नेबित्तिकै विकास गर्ने हो भन्ने जनमत छ । त्यो कुरा जनतालाई बुझाउन पनि सकिएको छैन । पहुँच भएका नेताहरूले आफ्नो गाउँ, जिल्लामा विकास निर्माणका लागि बजेट धेरै लगेको पनि देखिन्छ । म राष्ट्रियसभाअन्तर्गत आर्थिक व्यवस्था तथा सुशासन समितिमा आबद्ध छु । संसदीय मर्यादाको पालना गरेर आफ्ना कुराहरू राख्ने, अध्ययन गर्ने, विज्ञहरूसँग छलफल गरेर कानुन बनाउने काम गर्ने मुख्य भूमिका रहने छ । सांसदको रूपमा जति दिन काम गर्न पाउँछु, पूरै निष्ठाका साथ गर्नेछु ।सांसद घनश्याम रिजालकोे परिचयसांसद घनश्याम रिजाल दोलखा जिल्लाबाट नेकपा (एमाले)का तर्फबाट राष्ट्रियसभा सदस्य हुनुहुन्छ । उहाँले गत फागुन २१ गतेबाट काम प्रारम्भ गर्नुभएको हो । बाबु धनबहादुर विश्वकर्मा र आमा रुद्रमाया विश्वकर्माको जेठो सन्तानको रुपमा विसं २०३७ पुस ८ गते जन्मिनुभएको हो । उहाँ २०४९ सालदेखि सक्रिय राजनीतिमा आबद्ध हुनुहुन्छ । तत्कालीन नेकपा (एमाले) निकट युवासङ्घको जिल्ला समिति सदस्य, उपसचिव, पार्टीको जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य रहेर काम गर्नुभयो । अहिले पार्टी उपसचिव, उपाध्यक्ष हुँदै बागमती प्रदेश कमिटी सदस्य रहनुभएको छ । नेपाल दलित मुक्ति सङ्गठनको केन्द्रीय महासचिव हुनुुहुन्छ । (सांसदसँग रासस संवादका लागि राष्ट्रियसभा सदस्य घनश्याम रिजालसँग राससका समाचारदाता कालिका खड्काले गर्नुभएको कुराकानीमा आधारित ।) रासस
प्रतिनिधि सभाको बैठक बस्दै, उठेका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने
सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।
माओवादी पदाधिकारी बैठक बस्दै
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ । बैठक आज बिहान ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु हुने पार्टी सचिवालयले जनाएको छ ।
मनाङमा बढ्न थाले पर्यटक
यस वर्षको दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै मनाङमा पर्यटकको चाप बढेको छ । जनवरी १ देखि मार्च १५ सम्मको तथ्याङ्क अनुसार एक हजार ८५३ पर्यटक मनाङ पुगेका छन् । पुस–माघमा उक्त क्षेत्रमा भित्रने विदेशी पर्यटकको सङ्ख्या घटेकामा फागुनयता विस्तारै बढिरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक सूचना केन्द्र धारापानीले जनाएको छ ।
पक्की पुलको शिलान्यास
पोखरा महानगरपालिका–१५ मा १२ मिटर लम्बाइको पक्की पुलको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ठुली मजुवास्थित संरचना टोल र सुनौलो मार्गलाई जोड्ने उक्त पुलको सोमबार शिलान्यास गर्नुभएको हो । प्रमुख आचार्यले यस पुलको निर्माणले स्थानीयको जनजीवनमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले पुलका लागि आवश्यक बजेटको व्यवस्थापन गरेर मात्रै टेन्डर आह्वान गरेकाले ढुक्कसँग काम गर्न र सकेसम्म तोकिएको मिति अगावै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । प्रमुख आचार्यले भन्नुभयो, “पैसा नभएका कारणले काम रोकिँदैन, जसरी हुन्छ समयमा काम सक्नुहोला ।”
जग्गा धनीपुर्जा लिन अनिच्छुक
रुपन्देहीको शुद्धोधन गाउँपालिकामा राष्ट्रिय भूमि आयोगले अव्यवस्थित बसोबासीका लागि जग्गा धनीपुर्जा वितरण कार्यक्रम आयोजना गर्यो । आयोगले करिब एक सय जग्गा धनीपुर्जा वितरणको तयारी गरे पनि राजस्व बढी भएको भन्दै १५ जना अव्यवस्थित बसोबासीले मात्रै राजस्व बुझाएर जग्गाधनी लालपुर्जा लिएका छन् ।
साझा न्यूनतम कार्यक्रम सार्वजनिक हुने
सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझा न्यूनतम कार्यक्रम बिहान १० बजे सार्वजनिक गर्ने कार्यक्रम तय भए पनि विशेष कारणवश २ बजेका लागि सारिएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
सुर्किमारेमा एक घर एक धारा
रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१२, सुर्किमारे टोलमा एक घर एक धारा निर्माण गरिएको छ । चौरजहारी नगरपालिकाले मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत सुर्किमारेका ५४ वटा घरमा खानेपानीको सुविधा पु¥याइएको छ । स्थानीय लक्ष्मी ओली डाँगीले घरमै पानी आउन थालेपछि दैनिकी सहज भएको बताउनुभयो । उहाँका अनुसार खानेपानी ल्याउनका लागि बिहानै गाग्री बोकेर मूलसम्म जानुपर्ने बाध्यता हटेको छ । पशु चौपायालाई खोलासम्मै लिएर पानी खुवाउनुपर्ने अवस्था थियो । मान्छेका लागि बोकेर ल्याउन करिब एक घण्टा लाग्थ्यो । अब त घरमै पानी आउन थालेपछि दैनिकी सहज भएको छ ।
दलित आयआर्जन अलपत्र
कर्णाली प्रदेश सरकारको ‘मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रम’ पछिल्ला वर्षमा अलपत्र परेको छ । लक्षित वर्ग र समुदायसम्म कार्यक्रम पुग्न नसकेपछि बजेट विनियोजनसमेत हुन छाडेकाले कार्यक्रम थप अन्योल बनेको छ । कर्णाली प्रदेशमा आर्थिक तथा सामाजिक रूपले विपन्न अवस्थामा रहेका दलित समुदायको उन्नतिका लागि सुरु गरिएको सो कार्यक्रम लक्षित वर्गसम्म पुग्न सकेको छैन । दलित समुदायका नागरिकको व्यावसायिक ज्ञान, सिप र क्षमतामा वृद्धि गर्न सिप विकास, सामग्री तथा पूर्वाधार निर्माण र वित्तीय पहुँचमा सहयोग गरी गरिबी निवारण गर्ने सरकारको लक्ष्य रहेको थियो । सरकारको लक्ष्य आकर्षक भए पनि कार्यान्वयनको तहमा असफल सिद्ध भएको छ ।
तीन तहबिच समन्वय हुन सकिरहेको छैन
साबिकका दहचौर, गुमी, घुमखहरे, मेहेलकुना, सहारे, मालारानी र धारापानी गाउँ विकास समितिको भूगोल समेटेर विसं २०७३ सालमा गुर्भाकोट नगरपालिका घोषणा गरिएको हो । गुर्भाकोटमा खेतीयोग्य जमिन प्रशस्त भए पनि सिँचाइको पर्याप्त सुविधा छैन । गुर्भाकोट नजिकै भेरी नदी बगे पनि किसानले त्यसको लाभ लिन सकेको पाइन्न । आकाशे पानीको भरमा खेती गर्नुपर्ने यहाँका बासिन्दा जीविकोपार्जनका लागि व्यवसाय, कृषि, पशुपालन, ज्याला मजदुरी र वैदेशिक रोजगारीमा गएको पाइन्छ । गुर्भाकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट हस्त पुन हुनुहुन्छ । पालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि निर्वाचित पुन अघिल्लो कार्यकालका विकास निर्माण र योजनाका कतिपय कार्यलाई जारी नै राखेको बताउनुहुन्छ । प्रस्तुत छ, प्रमुख पुनसँग गोरखापत्रका छिन्चु समाचारदाता नवीन सुवेदीले गर्नुभएको कुराकानी :
कपडा सिलाउन सिपालु श्रेष्ठ
हातमा सिप र मनमा लगनशीलता भए स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने गतिलो उदाहरण बन्नुभएको छ; मोरङको उर्लाबारी–८, आमबारी बजारका टङ्कबहादुर श्रेष्ठ । श्रेष्ठ ३० वर्षयता निरन्तर सिलाइ पेसामा हुनुहुन्छ । गरिब प
सभामुखद्वारा दुःख व्यक्त
सभामुख देवराज घिमिरेले कथाकार परशु प्रधानको निधनको खबरले आफू मर्माहत भएको उल्लेख गर्दै उहाँको असमयिक निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।
पाखापखेरामा सुन्तला जातको खेती विस्तार
नवलपुरमा सुन्तला जातको फलफूल खेतीको क्षेत्र दुई गुणाले विस्तार भएको छ । केही वर्षअघिसम्म पाखापखेरामा सीमित रहेको नवलपुरको पहाडी भेगमा यतिबेला सुन्तला जात फलफूलका बोट बिरुवाले भरिभराउ छन् । यहाँका ९९० घरधुरी सुन्तला र कागती खेतीमा सक्रिय छन् । यहाँको पाखापखेरामा अहिले सुन्तला जातका फलफूल लटरम्म फल लागेका छन्, त कहीँ फूल फुलिरहेका छन् । जिल्लामा आर्थिक वर्ष २०७५/७६ बाट प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना (सुन्तला जात फलफूल जोन ) लागु भएपछि यहाँका पाखापखेरामा सुन्तला, कागती, निबुवा र मौसमका बोट देख्न सकिन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यान्वयन एकाइ कावासोतीका प्रमुख वरिष्ठ कृषि अधिकृत सुनीलकुमार
पर्यटन राजधानीबाट अपेक्षा
विश्वमा पर्यटन उद्योगमार्फत सम्पन्न बनेका मुलुक धेरै छन् । कतिपय मुलुक प्राकृतिक रूपमै अनुपम सौन्दर्यले भरिएका छन् भने कतिपय मुलुक त मानव निर्मित आकर्षक संरचनाकै भरमा पनि विश्वभरका पर्यटक तान्न सफल भएका छन् । विदेशी मुद्रा आर्जनको महत्वपूर्ण क्षेत्र भएका कारण पर्यटकलाई आकर्षित गर्न र उनीहरूको बसाइ अवधि लम्ब्याउन सेवासुविधा उपलब्ध गराउन सकियो भने मात्र यस उद्योगका माध्यमबाट समुन्नतिको यात्रा तय गर्न सकिन्छ भन्ने बोध हुँदाहुँदै पनि विविध कारणले हामी पछि परिरहेका छौँ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण हुँदाहुँदै पनि आवश्यक पूर्वाधारको विकास गर्न नसक्दा उद्देश्य अनुरूपको सफलता
वित्तीय लगानीमा सन्तुलन
सर्वसाधारणसँग रहेको बचत रकम निक्षेपका रूपमा सङ्कलन गरी व्यक्तिगत खर्च तथा लगानीका लागि आवश्यक पर्ने पक्षलाई कर्जाका रूपमा रकम उपलब्ध गराइन्छ । निक्षेपकर्ताको रकम नासोका रूपमा जिम्मा लिएर भुक्तानी माग गरेका बखत फिर्ता दिने सर्तमा स्वीकार गरेको रकमलाई सुरक्षित लगानी गरी असुल गरेर हिसाब चुस्तदुरुस्त राख्नुपर्ने काम त्यति सहज होइन । यो संवेदशील तथा जोखिमयुक्त काम हो । कसैले कर्जास्वरूप लिएको रकम असुलउपर हुन सकेन भने वित्तीय संस्था जवाफदेही हुनुपर्ने हुन्छ
डेङ्गुविरुद्ध सचेतनाः ‘खोज र नष्ट गर’ अभियान
तनहुँको व्यास नगरपालिकाले डेङ्गुबारेमा स्थानीयलाई सचेत तुल्याउँदै लागि ‘खोज र नष्ट गर’ अभियान थालनी गर्न लागेको छ । गर्मी याम सुरु भएसँगै डेङ्गुको फैलने भएकाले नगरपालिकाले खोज र नष्ट गर अभियान सुरु गर्न लागेको हो ।
मर्यादित वैदेशिक रोजगारी
वैदेशिक रोजगारीमा नेपाली युवाको उच्च आकर्षण रहे पनि यो क्षेत्र उत्तिकै समस्याग्रस्त छ । आप्रवासनको बढ्दो क्रम सँगसँगै अनेक चुनौती थपिँदै गएका छन् । विश्वका १११ मुलुकमा श्रम स्वीकृति दिइए पनि एकाधबाहेक अन्य मुलुकमा कामदारले पाउनुपर्ने न्यूनतम पारिश्रमिक निर्धारण हुन नसक्दा रोजगारदाताले सक्दो कम पारिश्रमिकमा नेपाली कामदरालाई काम गराइरहेका छन् । श्रम स्वीकृति दिइएका मुलुकमा श्रमिकलाई पठाउन लाग्ने अधिकतम लागत र सोबापत इजाजतवालाले लिन पाउने कमिसन पनि निर्धारण हुन नसक्दा इजाजतवाला संस्थाले श्रमिकबाट मनलाग्दो रकम असुलउपर गरिरहेका छन् ।
सडक सुधारपछि रानी महल जाने सडक खुल्यो
सडकमा परेको खाल्टाखुल्टीका कारण सहज यात्राका लागि जोखिमपूर्ण बनेको सडक बनाएपछि पाल्पाको रानी महल जाने सडक सञ्चालनमा आएको छ । ४८ दिन सडक बन्द गरेर सडक मर्मत सुधार गरेपछि तानसेन–रानी महल सडक सञ्चालनमा आएको हो । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य स्थल रानी महल जाने बाटो लुम्बिनी प्रदेश सरकारको लगानीमा मर्मत सुधार गरिएको हो ।