जलवायु परिवर्तनबाट खाद्य सुरक्षामा पर्ने असरबारे सचेत हुन प्रधानमन्त्रीको जोड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खाद्य प्रणाली रूपान्तरणका कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयनमा लैजान दिर्नेशन दिनुभएको छ ।
शिक्षा, स्वास्थ्य, रोजगारका क्षेत्रमा साझा प्रतिबद्धताका लागि बिमस्टेकको आवश्यक
नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले शिक्षा, स्वास्थ्य, रोजगार जस्ता क्षेत्रमा साझा प्रतिबद्धताका लागि बिमस्टेक लगायतका साझा संरचनाको आवश्यकता रहेको बताउनुभएको छ ।
वृद्ध नेताहरु एमालेको परीक्षामा सहभागी
नेकपा (एमाले) बाँकेले सोमबार जिल्लाभरका सङ्गठित सदस्यहरुको परीक्षा लिएको छ । सोमबार जिल्लाका ८१ वटा वडामा एकसाथ परीक्षा सञ्चालन गरी उत्तरपुस्तिका सुरक्षित राखिएको एमाले बाँकेका सचिव रत्न खत्रीले जानकारी दिनुभयो ।
मेलम्चीको पानी बाह्रै महिना वितरण गर्न ‘हेडवर्क्स’ स्थानान्तरणको तयारी
सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी उपभोक्तालाई बाह्रै महिना वितरण गर्ने गरी अध्ययन सुरु गरेको छ । जसअनुसार सिन्धुपाल्चोकको हेलम्बुस्थित आयोजनाको ‘हेडवर्क्स’ नै स्थानान्तरण गर्ने तयारी गरिएको हो ।
नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव २७ अङ्कले बढेर दुई हजार ७३ दशमलव ५३ को बिन्दुमा कायम भएको छ ।
म्याद थपका लागि महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा उपस्थित गराइएको छ ।
विकास र सुरक्षालाई सँगसँगै लैजानुपर्छ : गृहसचिव अर्याल
गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले मुलुकको आन्तरिक सुरक्षा र व्यवस्थालाई सबल र प्रभावकारी बनाउन सके आम नागरिकमा सुरक्षाको अनुभूति हुने बताउँदै विकास र सुरक्षालाई सँगसँगै लैजानुपर्नेमा जोड दिनुभएको छ ।
नर्स हत्या प्रकरण : आरोपित युवा मृत फेला
मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स २५ वर्षीया चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न आरोपित युवा मृत फेला परेका छन् ।
आगलागी पीडितलाई राहत वितरण
भोजपुर नगरपालिका-१२ टक्सारस्थित मालबासेका आगलागी पीडितहरूलाई भोजपुर नगरपालिका, वडा कार्यालय टक्सार र प्रदेश सभा सदस्य विनोद वान्तवाले राहत वितरण गर्नुभएको छ ।
इजरायलद्वारा गाजाको अल–शिफा अस्पतालमा सैन्य अभियान सुरु
इजरायली सेनाले गाजाको अल–शिफा अस्पतालको सीमित क्षेत्रभित्र लक्षित अभियान सुरु गरेको छ । गुप्तचर जानकारीलाई उद्धृत गर्दै सेनाले इजरायलविरुद्धको हमलाको समन्वयका लागि सुविधा उपयोग गर्ने वरिष्ठ हमास कार्यकर्ताहरू उक्त अस्पतालमा रहेको सङ्केत दिएको छ ।
सर्वोच्च अदालत परिसरबाट हतियारसहित एक पक्राउ
नेपाल प्रहरीले सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।
बिम्स्टेक सार्कलाई विसर्जन गर्नका लागि बनाइयो
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिम्स्टेक सार्कलाई विसर्जन गर्नका लागि बनाइएको बताउनुभएको छ l
कैलाली भन्सारबाट २६ करोडको गहुँ आयात
कैलाली भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा २६ करोड ३७ लाखको गहुँ आयात गरिएको छ । सोही अवधिमा १२ करोड २१ लाखको मकै, पाँच करोड ९४ लाखको चामल र एक करोड ९२ लाखको तोरीको दाना आयात भएको छ ।
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सञ्चालन गर्दै
सिक्टा सिँचाइ आयोजनाले बाँकेका केही ठाउँमा लिफ्टिङ सिँचाइको योजना पनि सञ्चालन गर्ने भएको छ ।
बिम्स्टेकलाई पर्यटन प्रवर्द्धनमा जोड्न आवश्यक
नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले बिम्स्टेकलाई पर्यटन प्रवर्द्धनमा जोड्न आवश्यक रहेको बताउनुभएको छ ।
जथाभाबी रङ, हिलो छ्याप्नेलाई कारबाही गरिने
जिल्ला प्रशासन कार्यालय कैलालीले होलीको नाममा लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, नमेटिने रङ लगाउनेलाई कानुनी कारबाही गर्ने भएको छ ।
रुसलाई धम्क्याउन नसकिने पुटिनको भनाइ
रुसी नेता भ्लादिमिर पुटिनले चुनावी जितको प्रशंसा गर्दै रुस ‘धम्कीबाट डराउन नहुने’ बताउनुभएको छ । निर्वाचनले पूर्व जासुस पुटिनका लागि दुई सय वर्षभन्दा अधिक समयमा सबैभन्दा लामो समय सेवा गर्ने रुसी नेता बन्न मार्ग प्रशस्त गरेको छ ।
अडानी समूहले कुल लगानीको ७० प्रतिशत हरित ऊर्जामा लगानी गर्ने
भारतको अडानी समूहले आफ्नो कुल लगानीको ७० प्रतिशतभन्दा धेरै हरित ऊर्जामा लगानी गर्ने अपेक्षा गरिएको स्रोतहरूले बताएका छन् । यसमा नवीकरणीय ऊर्जा, हरित हाइड्रोजन र हरित निकासी प्रसारण लाइन समावेश छ ।
वर्षातको पानी सङ्कलन र व्यवस्थापन आवश्यक: मन्त्री बस्नेत
ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्री शक्तिबहादुर बस्नेतले वर्षातको पानी सङ्कलन र व्यवस्थापन गरी दिगो विकासका लक्ष्य हासिल गर्न सकिनेमा जोड दिनुभएको छ ।
चीनको सम्पत्ति विकास लगानी पहिलो दुई महिनामा नौ प्रतिशतले गिरावट
चीनको सम्पत्ति विकासमा लगानी सन् २०२४ को पहिलो दुई महिनामा वार्षिक आधारमा नौ प्रतिशतले घटेर ११ खर्ब ८४ अर्ब २० करोड युआन (करिब एक खर्ब ६७ अर्ब अमेरिकी डलर) भएको राष्ट्रिय तथ्याङ्क विभाग (एनबिएस) ले सोमबार बताएको छ ।
चीनका विदेशमन्त्री वाङद्वारा न्युजिल्यान्डको भ्रमण
चीनका विदेशमन्त्री वाङ यीले सोमबार न्युजिल्यान्डको दुर्लभ भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा उहाँले ’अस्तव्यस्त अन्तर्राष्ट्रिय परिस्थिति’ को सामना गर्दै ‘मित्रहरू’ सँग काम गर्ने आवश्यकतामा जोड दिनुभएको छ ।
‘बिमस्टेक र सार्कलाई सँगसँगै अघि बढाउनुपर्छ’
नेकपा (एमाले) का सांसद रघुजी पन्तले बिमस्टेकसँगै सार्कलाई पनि अघि बढाउन जरुरी रहेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभामा पेस
प्रतिनिधि सभामा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता पेस भएको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता पेस गर्नुभएको हो ।
गण्डकी मन्त्रिपरिषद् पुनर्गठन, मनाङे पुनः मन्त्री
कामचलाउ अवस्थामा पुगेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार नयाँ मन्त्री नियुक्त गर्नुभएको छ ।