सहकारी ठगीसम्बन्धमा निष्पक्ष छानबिन गर्न कांग्रेसको ध्यानाकर्षण
आजको बैठक आरम्भ हुनासाथ नेपाली कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सो पार्टीका महामन्त्री गगनकुमार थापालाई बोल्न समय दिनुभयो । महामन्त्री थापाले सहकारी ठगीलगायत विभिन्न भ्रष्टाचारका प्रकरणमा जस्तोसुकै ठूला व्यक्ति भए पनि निष्पक्ष अनुसन्धान भई कानुनी कारबाही हुनुपर्नेमा जोड दिनुभयो ।
जुम्लाको गुठिचौरमा विपश्यना केन्द्र स्थापना
जुम्लाको गुठिचौर गाउँपालिकामा मेडिटेशन सेन्टर (विपश्यना केन्द्र) स्थापना गरिएको छ । गुठिचौर गाउँपालिका– ३ स्थित निधारामा विपश्यना केन्द्र स्थापना गरिएको छ ।
सुन चाँदीको मूल्य घट्यो
स्थानीय बजारमा पहेलो धातुको मूल्यमा सामान्य हेरफेर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु पाँच सयले घटेको छ ।
रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान
रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान हुने भएको छ । यसअघि नेपाल एयरलाइन्सले बुधबार र शुक्रबार गरी दुई दिन उडान हुँदै आएकोमा अब सोमबार पनि सोही एयरलाइन्सले उडान भर्न लागेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभयो ।
पर्वतको पैँयूमा १३ वटा सिँचाइ आयोजना निर्माण हुँदै
पालिकाभित्रका सातवटै वडामा रहेका विभिन्न कृषि सहकारी, कृषक समूह, तथा समितिले सञ्चालन गरेका व्यावसायिक फार्ममा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले यस वर्ष १३ वटा योजना छनोट गरिएको हो ।
प्रतिनिधि सभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)
सङ्घीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।
माओवादी उपाध्यक्ष महरा प्रहरी नियन्त्रणमा
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । महरालाई कपिलवस्तुको मायादेवी गाउँपालिकाको पकडिबाट नियन्त्रणमा लिइएको प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीम प्रसाद ढकालले जानकारी दिनुभयो ।
बाह्रै महिना पढाइ हुने हिमालपारि
उत्तरी नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको विद्यालयमा पठनपाठन सुचारु हुँदै आएको पाइएको छ । लिमीको वडा कार्यालय र अभिभावकले विद्यालयलाई बाह्रै महिना पठनपाठन सुचारु राख्ने निर्णय गरे अनुसार अत्यधिक चिसो बढिरहेको भए पनि हिमालपारिको गाउँ लिमीको विद्यालयमा पठनपाठन जारी रहेको छ । विद्यार्थीलाई बाक्ला कपडा लगाएर कक्षाकोठामा प्रवेश गराउने गरिएको छ । त्यति मात्र नभएर विद्यालयमै आगो बाल्ने व्यवस्थासमेत गरिएको छ ।
म्याग्दीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ५ पाउद्वार जाँदै गरेको जिप आइतबार साँझ दुर्घटना हुँदा २ जना मृत्यु भएको छ ।
वसन्तपञ्चमीको महिमा
वसन्त पञ्चमीलाई सरस्वती पूजा भनेर पनि चिनिन्छ । यो पर्व विशेष गरी हिन्दु धर्मावलम्बीले मनाउने गर्दछन् । विद्याकी देवी सरस्वतीको पूजा गरिन्छ । यो पर्वबाट वसन्त ऋतुको आगमन हुन्छ । यो दिन मन्दिर र शैक्षिक संस्थामा माता सरस्वतीको पूजा गरिन्छ । विद्याकी देवी सरस्वतीको पूजा र आराधना हुने भएकाले बिहानैदेखि विद्यार्थी विद्या प्राप्तिका लागि नुहाइधुवाइ गरेर देवीसँग आशीर्वाद लिन्छन् । यो दिन धेरै शुभकार्य गर्ने चलन छ । जस्तैः ‘गृहप्रवेश’ र नयाँ व्यापार सुरु गर्न वा महत्वपूर्ण आयोजना सञ्चालन गर्न, बालबालिकाको नाक, कान छेड्न आदि । यो अति नै शुभदिनमा विद्यार्थीले माता सरस्वतीसँग विद्या, बुद्धि र विवेकका लागि प्रार्थना गर्छन् र विद्यालय नगएका साना बालबालिकाले
आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘तेह्रकुने सिमसार’
इलामको माई नगरपालिका–१ र ३ सङ्गमस्थलमा रहेको ‘तेह्रकुने सिमसार’ क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकसित भएको छ । सिमसार, पोखरी र यहाँको प्राकृतिक सौन्दर्यले आन्तरिक पर्यटक आकर्षित भएका हुन् ।
सडक र ढल निर्माण चाँडो गर्न दबाब
दमकको व्यस्त बजारभित्रका सडक भत्काएर अस्तव्यस्त छाडिएपछि यो निर्माणको काम छिटो अघि बढाउन स्थानीय सरकारले चासो दिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले काम गरिरहेकाले स्थानीय सरकारले सम्बन्धित निकायमा बारम्बार पत्राचार गरेको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनुभएको छ ।
पशु स्वास्थ्य शिविरबाट चार सय कृषक लाभान्वित
पशु स्वास्थ्य शिविर बाट जिल्लाका चार सय पशुपन्छी पालक कृषक लाभान्वित भएका छन् । रामपुर नगरपालिका–६, बुल्टारमा भएको एक दिने निःशुल्क शिविर बाट रामपुर क्षेत्रका कृषकहरू लाभान्वित भएका हुन् ।
साँचो मित्रता
पूर्वी तराईको जनकपुर उपमहानगरपालिकामा बस्ने दुई मित्रहरू सुभाष घिमिरे र सत्यम पौडेल थिए । दुवै ज्यादै मिलनसार, मेहनती, इमानदार र एकाअर्काप्रति ज्यादै आत्मीय थिए । उनीहरूको मित्रता उदाहरणीय थियो । उनीहरू एकाअर्काका छिमेकी पनि थिए र मित्रता पनि बालककालदेखिकै थियो । यी मित्रहरूको चरित्र भने एकाअर्काको विपरीत थियो । सुभाष गम्भीर, अध्ययनतिर नै ध्यान दिने, अरू क्रियाकलापमा खासै चाख नलिने, साथीभाइको समूहमा पनि धेरै घुलमिल नहुने एकान्तप्रेमी थियो भने उसको साथी सत्यम ठिक विपरीत स्वाभावको । हरेक क्रियाकलापमा सक्रियता देखाउने, धेरै मान्छेसँग नजिकिएर मित्रता गाँस्ने, आफ्नो वाक्पटुताले सबैलाई दङ पार्ने स्वभावको थियो । विद्यालयको अतिरिक्त क्रियाकलाप जस्तै वादविवाद प्रतियोगिता, खेलकुद आदि हरेक छेत्रमा सक्रिय भएर सहभागिता जनाउँथ्यो । अध्ययनतिर भने धेरै ध्यान नै दिँदैनथ्यो । यसरी विपरीत स्वभावका यी दुईको मित्रता भने अचम्मको घनिष्ठ थियो ।
विद्युत् प्राधिकरणले राख्यो चार सय ग्राहकलाई कालोसूचीमा
नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले लाइन काटिएको ६ महिनासम्म पनि बाँकी बक्यौता महसुल भुक्तानी नगर्ने करिब ४ सय सेवाग्राहीको पहिचान गरी कालोसूचीमा राख्ने प्रक्रिया अगाडी बढाएको छ ।
विपन्न दलित परिवारलाई पाडी वितरण
गोरखा नगरपालिका – १ ताप्लेका विपन्न दलितहरूलाई २१ बटा भैँसीको पाडी वितरण गरिएको छ । आइतबार गोरखा नगरपालिका मेयर कृष्ण बहादुर राना मगरले एक कार्यक्रमका बिच दलित जनजागरण आमा समूहका २१ घर धुरीलाई भैँसीको पाडी वितरण गरिएको गोरखा नगरपालिका – १ का वडा अध्यक्ष हिक्मत बहादुर कुबेरले बताउनु भयो ।
मतभेदलाई मतैक्यमा बदलेर अगाडि बढेका छौँ
धनकुटाका सात पालिकामध्येको एक पाख्रीबास नगरपालिकामा २२ हजार ७८ जनसङ्ख्या रहेको छ । यो नगरपालिकाको प्रमुखमा ज्ञानबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । पालिका प्रमुखको भूमिकामा उहाँको यो पहिलो अनुभव हो ।
झापामा एक साता अवधिमा १७ वटा आगलागी, नियन्त्रण चुनौती बन्दै
झापामा दैनिक जसो आगलागीका घटना हुन थालेपछि आगलागी नियन्त्रण चुनौती बन्दै गएको छ । जिल्लामा एक साताको अवधिमा १७ वटा आगलागीको घटनामा करोडौँको भौतिक क्षति भएको छ ।
डेउडा लोप हुने चिन्ता
सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा प्रचलित डेउडा संस्कृति संरक्षण तथा संवर्धनका लागि प्रदेश सरकारले ऐन कानुन बनाउनुपर्नेमा सहभागीले जोड दिएका छन् । सुदूरपश्चिम साहित्य समाजको अगुवाइमा धनगढीमा आयोजित ‘समाज रूपान्तरणमा डेउडा लोकसाहित्य प्रवर्धनात्मक संवाद’ कार्यक्रमका सहभागीले सो कुरामा जोड दिएका हुन् ।
दुर्घटनामा माझीको मृत्यु, तीन घाइते
झापाको गौरीगञ्जमा सडक दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते बन्नुभएको छ । गौरीगन्ज गाउँपालिका वडा नं. १ स्थित हुलाकी मार्ग अन्तर्गत कमल बनियानी खोला पूर्व चौरी र कुञ्जीबारीको बिच खण्डमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।
हाकिम कुटिएपछि कर्मचारी आन्दोलित
परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएपछि कर्मचारी आन्दोलित भएका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको भन्दै पालिकाका कर्मचारी आन्दोलित भएका हुन् । नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक विमलाकुमारी बोहोराले नै प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गरेको भन्दै कर्मचारी न्याय माग्दै आन्दोलित भएका हुन् ।
सङ्घीय सांसदअन्तर्गत दुवै सदनको बैठक बस्दै
सङ्घीय सांसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ ।
मुद्दाका कारण गौरवका आयोजना प्रभावित
कानुनी उल्झन र मुद्दा मामिलाका कारण राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाको निर्माण कार्य प्रभावित भएको छ । सम्झौताबमोजिम समयावधिभित्रै
आजको मौसम: हिमपातको सम्भावना
हाल मधेस र कोशी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।