• १३ साउन २०८१, आइतबार

दुर्घटनामा माझीको मृत्यु, तीन घाइते

blog

विष्णुप्रसाद पोखरेल

दमक, चैत ५ गते । झापाको गौरीगञ्जमा सडक दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते बन्नुभएको छ । गौरीगन्ज गाउँपालिका वडा नं. १ स्थित हुलाकी मार्ग अन्तर्गत कमल बनियानी खोला पूर्व चौरी र कुञ्जीबारीको बिच खण्डमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।

आइतबार बेलुका ९ बजे मे ४ प ४२२४ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिई दुर्घटना गराउँदा साइकल यात्री गौरीगञ्ज ३ का ४० वर्षीय अकालु माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते बनेपछि माझीकाे उपचारकाे क्रममा  मृत्यु भएको थियो । दुर्घटना गराउने मोटरसाइकलमा तीन जना सवार रहेको र उनीहरू सबै घाइते रहेको जनाइएको छ । घाइतेहरूको उपचार भइरहेको छ ।