विश्व स्वास्थ्य सङ्गठनका प्रमुखद्वारा रफाहमाथिको आक्रमण रोक्न आग्रह
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुखले गाजाको सबैभन्दा दक्षिणी सहर रफाहमा भइरहेको स्थलगत आक्रमण रोक्न इजरायललाई आग्रह गर्नुभएको छ ।
शोक प्रस्ताव पारित
प्रविनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरिएको छ । सभामुख देवराज घिमिरेले उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभएको हो ।
स्वदेशी उत्पादनको प्रवर्द्धनमा रमाउँदै दाहाल दम्पती
रैथाने उत्पादनमा धेरैले फाइदा देख्दैनन् । त्यसमाथि सातै प्रदेशका स्थानीय उत्पादनलाई एउटै बृहत् बजारको आकार दिनु र एकै ठाउँमा देशैभरका मौलिक स्वाद चखाउनु सजिलो पक्कै होइन । तर युवा दम्पती सुमन र राधिका दाहालको अथक प्रयासले स्वदेशी वस्तु र स्वादलाई स्थानीय क्षेत्रबाट उठाएर ‘ब्राण्डिङ’ गरिदिएको छ ।
सुनको मूल्य घट्यो
स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला रु चार सयले ओरालो लागेको हो ।
पोखरा विमानस्थलको ऋण अनुदानमा बदल्न पहल हुन्छ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने विश्वास व्यक्त गर्नुभएको छ ।
सुन तस्करीसम्बन्धी आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री लामिछानेद्वारा निर्देशन
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई निर्देशन दिनुभएको छ।
धराप बन्दै सडक आसपासका रुख
धनकुटा नगरपालिका १ हिले निवासी आशिष तामाङ र उहाँको श्रीमती उषा तामाङ बिहीबार दिउँसो करीब ४ बजे धनकुटा वाट हिले घर तर्फ फर्कदै हुनुहुन्थ्यो । मोटरसाइकलमा सवार उहाँहरु धनकुटा नगरपालिका वडा नं–४ स्थित सल्लेरीमा आइपुग्दा माथिवाट सिरीसको रुखको हाँगा खस्यो । माथीवाट खसेको बुढो रुखको हाँगाका कारण सडकमा यात्रा गरीरहेका तामाङ्गको परिबारमा एकाएक बज्रपात आईपर्यो । हाँगाले लागेर घाइते भएको श्रीमती उषा तामाङलाई अस्पताल पुर्याउन साथ अस्पतालले मृत घोसणा गर्यो । श्रीमान आसिस घाइते छन् ।
फैलिँदै डढेलो र आगलागी, सचेतनामा जोड
प्रिमनसुनको समयमा देशका विभिन्न क्षेत्रमा डढेलो र आगलागी फैलिँदो क्रममा छ । पछिल्ला दुई दिनको अन्तरालमा डढेलो र आगलागीले ठूलै जनधनको क्षतिसमेत पुर्याइसकेको छ । जनजीवन प्रभावित पार्न थालिसकेको छ ।
रसुवाको जुरेढुङ्गा केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौँको उत्तरी क्षेत्र रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रबिन्दु भएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः४४ बजे रसुवा जिल्लाको जुरेढुङ्गा आसपास केन्द्रविन्दु भएर चार रिक्टरस्केलको भूकम्प भएको हो ।
आर्थिक वृद्धि हुने क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस्: अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले लगानी कर्ताको पैसा नडुब्ने गरी ठुलो आर्थिक वृद्धि हुने क्षेत्रहरूमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिनुभएको छ ।
डढेलो र आगलागी जोखिमप्रति सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह
उहाँले आगलागीका कारण मोरङ, भोजपुरलगायत जिल्लामा शनिबार धनजनको क्षति भएकामा आफू मर्माहत भएको बताउँदै घटनालगत्तै गए राति नै सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश प्रवाह गर्दै सचेतना अपनाउन आम नागरिकमा अनुरोध गर्नुभएको छ ।
बाघको आक्रमणबाट बाँकेमा एक वृद्धको मृत्यु
बाँकेको राप्ती सोनारी गाउँपालिका ९ ढकेरी नजिक बाघको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ ।
प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने सत्यलाई आत्मसात् गरौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने वर्तमान सत्यलाई आत्मसात् गर्नुपर्ने बताउनुभएको छ ।
डढेलोले खोटाङमा चार घर जले ८० बढी चौपाय मरे
खोटाङमा वनमा लागेको डढेलो गाउँ पस्दा ४ वटा घर, मतान, गोठ र चौपायहरु जलेर नष्ट भएका छन् । जिल्लामा अहिले ५ ठाउँमा डढेलो लागि रहेको छ । २ ठाउँको डढेलोले घरहरूमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो ।
बाजुरामा बर्सेनि घट्दै एसइई दिने विद्यार्थी
बाजुरामा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएको छ । पछिल्ला दुई शैक्षिक सत्रको तथ्याङ्क अनुसार बाजुरामा प्रत्येक वर्ष एसइईका परीक्षार्थीको सङ्ख्यामा कमी आएको छ ।
संसद् बैठकमा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक माथि छलफल
सङ्घीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र आ.व. २०८१÷०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल हुने कार्यसूची रहेको छ ।
लाखौँको पानीको बिल
सदरमुकाम चरीकोटस्थित चरीकोट खानेपानी तथा सरसफाइ संस्था चरीकोटको लापरबाहीले लाखौँलाखको पानीको बिल आउँदा उपभोक्ताको उठिबासको अवस्था आएको छ । भीमेश्वर नगरपालिका–६
सिद्धबाबा सुरुङमार्ग : निर्माण गति बढ्यो
सिद्धबाबा सुरुङमार्गको निर्माणले गति लिएको छ । पछिल्लो चार महिनादेखि निर्माणलाई गति दिँदा हालसम्म २० प्रतिशतभन्दा बढी काम पूरा भइसकेको आयोजना पक्षले जनाएको छ । यस सुरुङमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले उच्च प्राथमिकतामा राखेको छ । हालसम्म दक्षिणतर्फको ढोकाबाट ३४ मिटर सुरुङ खनिएको छ भने उत्तरतर्फको ढोकाबाट दुई मिटर सुरुङ खनिएको छ । यस्तै सेफ्टी ढोका र रकनेट बिछ्याउने कामले पनि गति लिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिनुभयो । सरकारको प्राथमिकतामा परेको आयोजनाको काम पछिल्लो समय सन्तोषजनक रूपमा प्रगति भएको र निर्माण व्यवसायीलाई समयमै सक्न ताकिता गरिएको उहाँले बताउनुभयो ।
गुराँस फुलेर राताम्मे भए डाँडा
थरीथरीका फूल फुलेर सजिएको घना जङ्गल । वन्यजन्तु र चराचुरुङ्गीको चिरबिर आवाज, ढोरपाटनसहित बागलुङका गाउँ अनि लहरै देखिने सेताम्मे हिमाली दृश्य यतिबेला निकै मनमोहक लाग्छन् । भोटे कुकुर भुक्ने ठुला ठुला भेडीगोठ र त्यसैमाथि हेरिरहूँ लाग्ने गुराँस र फूलले ‘नाङ्गी’ लेकलाई छपक्क ढाकेको छ । यहाँबाट कोठीभिरसम्म गुराँस फुलेर डाँडा रातै भएको छ । ती रङ्गीन र स्वागतमा पर्खिए झैँ लाग्ने फूलहरूमाथि कसरी हिँड्नु ? खाली देख्न र स्पर्श गर्न मात्र मन लाग्छ । गौमुखी गाउँपालिका निवासी सामाजिक अगुवा ज्ञानुराम न्यौपाने भन्नुभहुन्छ, “नाङ्गी क्षेत्र फूलैफूलको पहाड हो, सम्भावनाको चुचुरो हो । गुराँसे फूलहरूको जङ्गल, वन्यजन्तु र हिमशृङ्खला अवलोकन गर्न सकिने यो क्षेत्रले जोकोहीलाई लोभ्याउँछ ।”
प्रदेश लोक सेवा आयोग पदाधिकारीविहीन
मधेश प्रदेशको लोक सेवा आयोगलाई पदाधिकारीविहीन अवस्था पु-याइएको छ । मधेश प्रदेश सरकारले पदाधिकारी नियुक्ति नगर्दा पछिल्लो नौ दिनदेखि कर्मचारी नियुक्ति सिफारिसको सम्पूर्ण प्रव्रिmया ठप्प रहेको छ ।
सरकारको गतिमा परिवर्तन ल्याउन नयाँ समीकरण बनाएका हौँ : प्रधानमन्त्री
काठमाडौँ, चैत ४ गते । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको स्पष्ट गर्नु भएको छ ।आज बिहान पोखरामा पार्टीका अगुवा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “कांग्रेसबाट पटकपटक धोका भयो । कांग्रेसबाट हामीलाई भोट ‘ट्रान्सफर’ हुने पनि देखिएन । सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो । एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौँ ।”प्रधानमन्त्री दाहालले पार्टीलाई सुदृढ गर्न एक महिने अभियान चलाइने बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछौँ। पूर्वदेखि पश्चिमसम्मको तराई–मधेशलाई समेटेर एउटा अभियान चल्नेछ। हिमाल, पहाड र तराई–मधेशलाई जोडेर उत्तर–दक्षिणका भूगोल जोडेर अभियान चलाइन्छ ।”गण्डकी प्रदेशमा माओवादीले नेतृत्व लिने सम्भावना रहेको उहाँले बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले भन्नुभयो, “गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दैछौँ। प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौँ। त्यो टुङ्ग्याएपछि एउटा निष्कर्षमा पुग्नेछौँ ।”केन्द्रमा नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको प्रधानमन्त्रीले स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ । त्यसले व्यवस्थामाथि नै सङ्कट ल्याउँथ्यो । त्यो चुनौती पार गरिएको छ । देशको राजनीति सही बाटोमा आएको छ ।” रासस
जलेर एक परिवारका तीन बालबालिकाको मृत्यु
भोजपुरको हतुवागढी गाउँपालिकामा भएको आगलागीमा परी ३ जना बालबालिकाको मृत्यु भएको छ । हतुवागढी गाउँपालिका वडा नंम्वर ७, पात्ले पानीमा भएको आगलागीमा परि एकाघरकै तीन जना बालबालिकाको मृत्यु भएको हो ।
पहिरोले सोहोर्ने चिन्तामा राम्चेवासी
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको राम्चे गाउँ पहिरोको उच्च जोखिममा परेको छ । गाउँनजिकै बर्सेनि ठुलो पहिरो जान थालेपछि अहिले डाँडो नै खस्ने खतरा बढेको छ । हुप्सेकोट गाउँपालिका–५ को राम्चे गाउँ केरुङ्गा खोलाको सिरानमा रहेको र नजिकको पहाड २०३८ सालदेखि निरन्तर पहिरोले उच्च जोखिममा पर्दै आएको छ । यस पहाडमा हिउँदमा पनि सुक्खा पहिरो खसिरहने भएकाले गाउँ नै बगाउने चिन्ताले स्थानीय हारगुहार गरिरहेको वडा नं. ५ का वडाध्यक्ष पदमबहादुर रानामगरले बताउनुभयो । सोही पहिरोको त्रासले केहीले गाउँ नै छाडेका छन् भने आयस्तर कम भएका धेरैले आफ्नो जीवन जोखिममा राख्दै दैनिकी कटाइरहेको वडाध्यक्ष रानामगर बताउनुहुन्छ । गाउँका स्थानीय समाजसेवी आशबहादुर चितौरेमगर भन्नुहुन्छ, “सुक्खा पहिरोसमेत गएर गाउँको नजिकै धेरै धाँजा फाटेको छ । ठुलो पहिरोले कति बेला गाउँ नै सोहोरेर लैजान्छ भन्ने डर र त्रासमा ५० घरधुरीका बासिन्दाले दैनिकी कटाइरहेका छन् ।” उहाँका अनुसार पहिरोकै कारण कच्ची सडक पनि भत्किने जोखिममा छ । एकपछि अर्को संरचनासँगै गाउँ नै सखाप पार्ने पहिरो नियन्त्रण गर्न माग गर्दा पनि कसैले नसुनेको स्थानीयको भनाइ छ । पहिरो रोक्न केही बजेटसहित तारजालीको काम हुने गरे पनि त्यो प्रभावकारी बन्न नसकेको स्थानीय हरि मगरले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “पहिरो रोक्नै नसक्ने खालको छ, बजेट मात्रै सकिने भएकाले पनि हामीलाई अन्तै सारिदिनु प¥यो ।”
विकासका लागि सामूहिक प्रतिबद्धता
म्याग्दीका राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाले सडक, पर्यटन पूर्वाधार, खेलकुद खानेपानीलगायत जिल्लाको विकासका लागि साझा प्रतिबद्धता व्यक्त गरेका छन् । गण्डकी प्रदेश र सङ्घीय सरकारले तयार गर्न लागेको आयोजना बैङ्कमा समावेश गर्न जिल्लाका योजनालाई गौरवको योजनाका रूपमा मुख्य प्राथमिकतामा राखी बजेट विनियोजनको व्यवस्था मिलाउनसमेत सङ्घ र प्रदेश सरकारलाई राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाले अनुरोध गरेका छन् ।