• २३ असार २०८१, आइतबार

जलेर एक परिवारका तीन बालबालिकाको मृत्यु

blog

गोकुल भुजेल

भोजपुर, चैत ४ गते । भोजपुरको हतुवागढी गाउँपालिकामा भएको आगलागीमा परी ३ जना बालबालिकाको मृत्यु भएको छ । हतुवागढी गाउँपालिका वडा नम्बर ७, पात्ले पानीमा भएको आगलागीमा परि एकाघरकै तीन जना बालबालिकाको मृत्यु भएको हो । 

शनिवार साँझ गाईगोठमा अचानक आगलागी हुँदा एक परिवारका दाजुभाइका तीन छोराछोरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आगलागीमा परी केदार कार्कीका ५ वर्षीय छोरा प्रनिष कार्की र रमेश कार्कीकी ५ वर्षीया छोरी दिप्सिका कार्की र निजको भाइ ३ वर्षीय दिउनिस कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी सुदीप पाठकले बताउनुभयो ।