बज्रगुरु मन्त्रजप पूजाको तयारी अन्तिम चरणमा
ताप्लेजुङमा नियमित आयोजना हुँदै आएको बज्रगुरु मन्त्र जप पूजाको तयारी अन्तिम चरणमा पुगेको छ।यहाँका बौद्धमार्गीले यसवर्ष पाँचौँ पटक बज्रगुरु मन्त्र जप आयोजना गर्न लागेका र तयारी अन्तिम चरणमा पुगेको हो ।
ईयूले रोक्का गरेको रुसी सम्पत्तिलाई हतियार खरिद गर्न प्रयोग गरिने
युरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्रहरूले रुसी सम्पत्ति रोक्का गर्दा प्राप्त रकम हतियार खरिदमा प्रयोग गर्ने प्रक्रिया अघि बढाउने भएका छन् ।
महिला सशक्तीकरणका लागि चीनले विशेष भूमिका खेल्ने
महिला र युवालाई सशक्त बनाउने संयुक्त राष्ट्र सङ्घको प्रयासमा चीनको सहयोग रहिरहने चिनियाँ अधिकारीले जनाएका छन् ।
सहिद स्मृति विद्यालयका विद्यार्थीसँग प्रधानमन्त्री
प्रधानमन्त्री एवम् सहिद प्रतिष्ठान नेपालका संरक्षक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा–१४ कास्कीस्थित सहिद स्मृति विद्यालयका विद्यार्थीहरूसँग भेटघाट र अन्तरक्रिया गर्नुभएको छ ।
ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी तथा व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ।
चेरी फूलले बढाएको उपत्यकाको सौन्दर्य (फोटो फिचर)
अहिले भृकुटीमण्डपको पार्कदेखि काठमाडौँ उपत्यका विभिन्न सडक छेउ थरीथरीका फूलले सुन्दर देखिएका छन् । वसन्त ऋतुको आगमनसँगै उपत्यकाका सडक किनारा र पार्क छेउछाउका बोटबिरुवामा नयाँ पालुवासँगै फूल फुल्न थालेपछि थप सुन्दरता बढेको छ ।
सरकारी जग्गाको दुरुपयोग हटाउन निर्देशन
जिल्ला समन्वय समिति सुर्खेतले गोदामका लागि लगिएका सरकारी जग्गा अर्कै प्रयोजनमा प्रयोग गरेको पाइएपछि हटाउने भएको छ ।
विद्यार्थीको निःशुल्क दाँत परीक्षण
नेपालगन्जको सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको निःशुल्क दाँत परीक्षण गरी मञ्जन र ब्रस वितरण गरिएको छ ।
ढुवानीसम्बन्धी छुट्टै कानुन आवश्यक
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले ढुवानी सेवासम्बन्धी छुट्टै ऐन आवश्यक रहेको बताउनुभएको छ ।
‘सिङ्गो पार्टी नै माओवादी केन्द्रसँग एकता गर्न लागेको हो’
नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठले सिङ्गो नेपाल समाजवादी पार्टी नेकपा(माओवादी केन्द्र)सँग एकता गर्न लागेको बताउनुभएको छ ।
महोत्सव सफल पार्न तयारी तीव्र
आगामी चैत ६ गतेदेखि नेपालगन्जको वाटरपार्कमा आयोजना हुने सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ ।
हमास र यमनी हुथी विद्रोहीबिच गाजा युद्धबारे छलफल
हमास र यमनका हुथी विद्रोहीका शीर्षस्थ व्यक्तिहरूबिच इजरायलविरुद्ध आफ्ना गतिविधिहरू सञ्चालन गर्न समन्वय गर्ने विषयमा छलफल गर्न दुर्लभ बैठक गरेको प्यालेस्टिनी स्रोतहरूले शुक्रबार एएफपीसँग बताएका छन् ।
प्रधानमन्त्री पोखरामा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यहाँ आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा आइपुग्नुभएको छ । प्रधानमन्त्रीले पोखरा महानगरपालिका–१४ स्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको अवलोकन पनि गर्नुभएको छ ।
अख्तियार कार्यालय सुर्खेतमा उजुरीका चाङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा उजुरीको सङ्ख्या दुई हजार ३९ पुगेको छ ।
सुडानमा ५० लाख मानिस भोकमरीको जोखिममा
संयुक्त राष्ट्रसङ्घले सुडानको द्वन्द्वरत समूहलाई ‘विनाशकारी’ भोकमरीबाट बचाउन मानवीय राहत वितरण गर्न अनुमति दिन शुक्रबार आग्रह गरेको छ ।
‘तल्लो तहका जनताको उत्थान नै लोकतन्त्र, गणतन्त्र र समानता हो’
राष्ट्रपति रामचन्द्र पौडेलले दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत सबैभन्दा तल्लो तहका जनताको उत्थान नै लोकतन्त्र, गणतन्त्र र समानता भएको बताउनुभएको छ ।
सरकारको न्यूनतम साझा कार्यक्रम सोमबार सार्वजनिक गर्ने तयारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सत्ता गठबन्धन कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ ।
बाँकेमा म्याद गुज्रेका सामान छ्यापछ्याप्ती
जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका प्रमुख बजारहरूको अनुगमनलाई निरन्तर जारी राखेको छ । प्रशासनले बजार अनुगमनलाई निरन्तर जारी राखेको थाहा पाउँदा पाउँदैपनि बजारमा म्याद नाघेका सामग्रीहरू छ्यापछ्याप्ती राखिएका छन् ।
बढ्यो लागू पदार्थको दुर्व्यसनी र कारोबारी
प्राप्त तथ्याङ्कले तनहुँमा पछिल्लो समय लागूऔषधजन्य पदार्थ बरामद र लागूऔषध मुद्दा बढ्दै गएको पाइएको छ । प्रहरीले बरामद गरेको लागूऔषध र पक्राउ पर्नेको सङ्ख्यालाई हेर्दा लागूऔषध सेवनकर्ता र कारोबारी बढेको देखिन्छ ।
पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी
पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । शनिबार पत्रकार सम्मेलनमार्फत पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको हो ।
राष्ट्रपति पौडेलद्वारा सालिक अनावरण
राष्ट्रपति रामचन्द्र पौडेलले जिल्लाको पिपरा गाउँपालिका– ४ मा निर्मित पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्र, जलेश्वर नगरपालिका–५ मा निर्मित पूर्वमन्त्री स्वर्गीय गणेश नेपाली र मटिहानी नगरपालिका–८ मा निर्मित सहिद केशव कोइरालाको सालिक अनावरण गर्नुभएको छ ।
‘आवश्यकतालाई मध्येनजर गरी काम गर्नुपर्छ’
नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले वर्तमान आवश्यकतालाई मध्यनजर गरी कर्मचारीले काम गर्नुपर्ने बताउनुभएको छ ।
ऋण लिएर तिर्नुहुँदैन भन्ने नकारात्मकता फैलाउने कुरा स्वीकार्य नहुने
अर्थमन्त्री वर्षमान पुनले ऋण लिएर तिर्नुहुँदैन भन्ने नकारात्मकता फैलाउने कुरा स्वीकार्य नहुने बताउनुभयो । शनिबार राष्ट्रिय वाणिज्य बैङ्कले आयोजना गरेको व्यवस्थापन सम्मेलन २०२४ कार्यक्रमको समुद्घाटन गर्नुहुँदै अर्थमन्त्री पुनले सरकारहरू निरन्तरताका आधारमा सञ्चालित हुन्छन्, तिनका आधारमा नीतिहरू आधारभूतरुपमा परिवर्तन नहुने बताउनुभयो ।
जिप दुर्घटना हुँदा एक घाइते
जिल्लाको निस्दी गाउँपालिका–७ मा जिप दुर्घटना हुँदा एक जना घाइते हुनुभएको छ । निस्दी–६ अर्चलेका ६६ वर्षीय डिलमान राना घाइते हुनुभएको हो ।