• ५ माघ २०८१, शनिबार

राष्ट्रपति पौडेलद्वारा सालिक अनावरण

blog

/राष्ट्रपति रामचन्द्र पौडेल महोत्तरीको पिपरा गाउँपालिकास्थित पिपरा चौकमा निर्माण गरिएको स्व.रामनारायण मिश्रको सालिकमा माल्यार्पणपछि नागिरकलाई अभिवादन गर्नुहुँदै । तस्बिर: अमरेन्द्रकुमार यादवरासस

जलेश्वर, चैत ३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जिल्लाको पिपरा गाउँपालिका– ४ मा निर्मित पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्र, जलेश्वर नगरपालिका–५ मा निर्मित पूर्वमन्त्री स्वर्गीय गणेश नेपाली र मटिहानी नगरपालिका–८ मा निर्मित सहिद केशव कोइरालाको सालिक अनावरण गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले पिपरामा नेता मिश्रको, त्यसपछि नेता नेपालीको र अन्त्यमा सहिद केशव कोइरालाको सालिक अनावरण गर्नुभएको हो ।

सालिक अनावरण गर्नुहुँदै राष्ट्रपति पौडेलले सहिद एवम् पूर्वनेता  देशका धरोहर हुन् भन्दै उहाँहरूप्रति सबैको श्रद्धाभाव हुनुपर्ने बताउनुभयो । उहाँहरूले देशका लागि गरेको योगदानलाई हामीले बिर्सिन नहुने तथा उहाँहरूले देखाउनुभएको बाटोमा सधैँ हिँड्नुपर्नेमा राष्ट्रपतिले जोड दिनुभयो । रासस



यो पनि पढ्नुहोस

राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथको पूजाअर्चना

राष्ट्रपति पौडेल महोत्तरीमा