• ५ माघ २०८१, शनिबार

राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथको पूजाअर्चना

blog

राष्ट्रपति रामचन्द्र पौडेल महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजाअर्चना गर्नुहुँदै । तस्बिर : राष्ट्रपतिको सचिवालय

जलेश्वर (महोत्तरी), चैत ३ गते  । राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजाअर्चना गर्नुभएको छ ।

विभिन्न कार्यक्रममा सहभागी हुन शनिबार बिहान महोत्तरी आइपुग्नुभएका राष्ट्रपति पौडेलले जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथको पूजाअर्चना गर्नुभएको हो ।

राष्ट्रपति पौडेललाई जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बाबा जलेश्वरनाथको मूल गुफा (१६ भर्‍याङमुनि) जलभित्र रहनुभएका जलेश्वरनाथ महादेवको विशेष पूजाअर्चना गराउनुभएको हो । उहाँले मन्दिर परिसरमा माता पार्वती र गणेशको पनि पूजाअर्चना गर्नुभएको थियो ।


यसअघि राष्ट्रपति पौडेलले शनिबार बिहान महोत्तरीको पिपरामा लोकतान्त्रिक आन्दोलनका योद्धा रामनारायण मिश्रको सालिकमा माल्यार्पण गर्नुभएको थियो ।

बाबा जलेश्वरनाथको पूजापश्चात् राष्ट्रपति पौडेल जलेश्वर नगरपालिका–५ चौरिया गाउँमा अवस्थित पूर्वखेलकुदमन्त्री स्व गणेश नेपालीको सालिक अनावरण कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

यो पनि पढ्नुहोस

राष्ट्रपति पौडेल महोत्तरीमा