पोखरा, चैत ३ गते । प्रधानमन्त्री एवम् सहिद प्रतिष्ठान नेपालका संरक्षक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा–१४ कास्कीस्थित सहिद स्मृति विद्यालयका विद्यार्थीहरूसँग भेटघाट र अन्तरक्रिया गर्नुभएको छ । सो अवसरमा प्रधानमन्त्रीले विद्यालयको निरीक्षण गर्नुका साथै शिक्षक र विद्यार्थीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो ।
अन्तरक्रियाका क्रममा प्रधानमन्त्रीले सहिदका सन्ततिहरू पढ्ने विद्यालयमा आएर अन्तरक्रिया गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै देशका पाँच ठाउँमा स्थापित सहिद स्मृति विद्यालयहरूको प्रवर्द्धन र विकासमा सरकारले ध्यान दिने बताउनुभयो ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् पूर्वसांसद हरिराज अधिकारीले विद्यालयको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।