• १३ साउन २०८१, आइतबार

‘आवश्यकतालाई मध्येनजर गरी काम गर्नुपर्छ’

blog

जिल्ला प्रशासन कार्यालयको कार्यक्रममा धारणा राख्दै मन्त्री अधिकारी । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलबस्तु), चैत ३ गते । नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले वर्तमान आवश्यकतालाई मध्यनजर गरी कर्मचारीले काम गर्नुपर्ने बताउनुभएको छ । 

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा आयोजना गरिएको नवनियुक्त मन्त्री अधिकारीलाई स्वागत एवम् अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री अधिकारीले कपिलवस्तुमा कतिपय काम गर्न अप्ठ्यारो भएको, दोहोरो बाझिएका पुराना ऐन कानुनलाई सुलभ तरिकाले व्यवस्थित गर्न जिल्लामा कार्यरत कर्मचारीले एकमुष्ट राय बनाएर जानकारी दिन अनुरोध गर्नुभयो । 

उहाँले मन्त्रालय स्तरीय केही काम कार्यविधि बनाएर लागु गर्नुपर्ने काममा आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभयो । मन्त्री अधिकारीले भन्नुभयो, ‘विधिले तय गरेका कुरालाई कर्मचारीले नाइँ भन्न मिल्दैन ।’ 

व्यक्तिले सङ्घ संस्थालाई दिएको जग्गा मन्त्रीस्तरको निर्णय नकुर्नु पर्ने र यस्ता समस्यालाई अब आउने कार्यक्रमबाट स्थानीय तहमा दिनु पर्ने कुरा राख्ने उहाँले बताउनुभयो । 

कार्यक्रममा सहभागी विभिन्न कार्यालयका प्रमुख एवम् प्रतिनिधिले आफ्नो कार्यालयले सञ्चालन गर्ने कामलाई जानकारी गराएका थिए । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा भएको हो ।