• १३ साउन २०८१, आइतबार

ईयूले रोक्का गरेको रुसी सम्पत्तिलाई हतियार खरिद गर्न प्रयोग गरिने

blog

ब्रसेल्स, चैत ३ गते । युरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्रहरूले रुसी सम्पत्ति रोक्का गर्दा प्राप्त रकम हतियार खरिदमा प्रयोग गर्ने प्रक्रिया अघि बढाउने भएका छन् । 

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँ र पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्नुहुँदै चान्सलर सोल्जले भन्नुभयो, “हामीले युरोपमा रोक्का रुसी सम्पत्तिबाट आएको आम्दानीलाई हतियार खरिदका लागि युक्रेनलाई आर्थिक सहयोग गर्न प्रयोग गर्नेछौँ ।

ईयूका उच्च पदस्थ प्रतिनिधिका अनुसार ईयूले अहिलेसम्म रूसविरूद्धको प्रतिरोधका लागि प्रतिबन्धको १४ औँ प्याकेजमा काम गरिरहेको छ ।

उहाँले भन्नुभयो, “हामी पहिले नै प्रतिबन्धको १४ औँ प्याकेजमा काम गरिरहेका छौँ र यसमा युक्रेनमा रुसी युद्धको सामना गर्ने उपायहरू समावेश हुनेछन् । उहाँले अर्को प्रतिबन्धको प्याकेज कहिले ल्याइन्छ भन्ने विषयमा जानकारी गराउन अस्वीकार गर्नुभयो । प्रतिबन्धको अर्को चरणको घोषणा कहिले गरिनेछ भन्ने विषयमा जवाफ दिन अस्वीकार गर्नुभयो ।

सन् २०२२ को फेब्रुअरीदेखि युरोपेली सङ्घ (ईयू) ले यूक्रेनमा भएको विशेष सैन्य कारबाहीलाई लिएर यसअघि रसविरुद्ध व्यक्तिगत तथा आर्थिक प्रतिबन्धका १३ वटा प्याकेज ल्याइसकेको छ ।

फेब्रुअरी २३ मा स्वीकृत गरिएको अन्तिम प्रतिबन्ध १३ औँ भएको रुसी समाचार संस्था तासले जनाएको छ । ईयूले युक्रेनलाई सैन्य सहायताका लागि पाँच अर्ब युरो अर्थात् पाँच अर्ब ४८ करोड अमेरिकी डलर उपलब्ध गराउने सहमति बिहीबार भएको हो ।

रुसको आक्रमणविरुद्ध युक्रेनी सेनाले सङ्घर्ष गरिरहेका बेला युक्रेनलाई सैन्य सहयोग विस्तार गर्ने घोषणा गर्दै युक्रेनलाई जितका लागि आवश्यक पर्ने सबै कुरामा ईयूको सहयोग रहने बताइएको छ ।

ईयूका विदेश मामिला तथा सुरक्षा नीतिसम्बन्धी उच्च अधिकारी जोसेप बोरेलले भन्नुभयो, “ईयू सदस्य राष्ट्रका सरकारका प्रतिनिधिहरू सहमत भएका छौँ ।

उहाँले भन्नुभयो, “यो कोषले हामीलाई थप पाँच अर्ब युरो (५.४८ अमेरिकी डलर) सैन्य सहयोग बढाउन अनुमति दिनेछ । सन्देश स्पष्ट छ । हामी विजय प्राप्त गर्न आवश्यक सबै कुरा उपलब्ध गराउनेछौँ ।”

युरोपेली सङ्घका २७ सदस्य राष्ट्रका राजदूतहरूले युरोपेली शान्ति सुविधा (ईपीएफ) कोषको फेरबदलका लागि बुधबार ब्रसेल्समा भएको बैठकमा सहमति जनाएका छन् । रासस/एएनआई