सुविधा नपाएपछि आन्दोलनको घोषणा
अपाङ्गता भएका व्यक्तिले कानुन अनुसारको सेवा, सुविधा र अवसर नपाएको भन्दै तनहुँका एक व्यक्तिद्वारा आन्दोलनको घोषणा गर्नुभएको छ । म्याग्दे गाउँपालिका–७ का ४६ वर्षीय शारीरिक अपाङ्गता हुनुभएका दीपक भण्डारीले शनिबार दमौलीमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गर्नुभएको हो ।
सुरक्षाकर्मीद्वारा आगो निभाउने संयुक्त अभ्यास
जिल्लास्थित तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीले शनिबार आगलागी नियन्त्रणसम्बन्धी चेतनामूलक अभ्यास प्रस्तुत गरेका छन् । डिभिजन वन कार्यालय खोटाङले सुरु गरेको अग्नि नियन्त्रणसम्बन्धी साताव्यापी कार्यक्रमअन्तर्गत सुरक्षाकर्मीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित चन्द्रमान सामुदायिक वनमा संयुक्त अभ्यास गरेका हुन् ।
बेसार प्रवर्द्धन गर्दै इलामको माङसेबुङ पालिका
इलामको माङसेबुङ गाउँपालिका–१ वडा कार्यालयले बेसार प्रवर्द्धन सुरु गरेको छ । स्थानीय एग्रो इलाम प्रालि, महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्था र वडा कार्यालयबीच १३ बुँदे सम्झौता गरी वडाले बेसार उत्पादन र प्रवर्द्धन सुरु भएको हो ।
गरिबीसँगै लागुऔषधको दुष्प्रभाव
नेपालमै सबैभन्दा बढी ३४ प्रतिशत गरिबी झेलिरहेको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय लागुऔषधको दुष्प्रभाव फैलिएको छ । यहाँको ३४ प्रतिशत जनसङ्ख्याले न्यूनतम मापदण्ड अनुसार खान, लगाउन नपाउने, मनोरञ्जनका क्रियाकलापमा पहुँच पुग्न नसकेको बेला दक्ष जनशक्ति मानिएका युवा भने लागुऔषधको दुष्प्रभावमा फस्न थालेका छन् । सुदूरपश्चिममा २०८० सालको साउनदेखि फागुन महिनाम्म ९१ किलो गाँजा, ७३ किलो चरेस र तीन किलो हेरोइनसहित प्रहरीले ४७५ जनालाई युवालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा नाबालकसमेत छन् । पक्राउ परेका मध्ये प्रहरीले ३०५ जनामाथि मुद्दा चलाएको छ । उमेर नपुगेका केहीलाई प्रहरीको आसरा सुधार केन्द्रमा राखिएको छ ।
सुरक्षित आवास निर्माण सुरु
धनुषाको गणेशमान चारनाथ नगरपालिका–७, सन्तनगरमा रहेका सुकुमवासी परिवारका लागि सुरक्षित आवास निर्माणको काम सुरु भएको छ । गणेशमान चारनाथ नगरपालिका, ह्याबिट्याट फर नेपाल र सामुदायिक सुधार केन्द्र धनुषाले सन्तनगरमा रहेका ३६ सुकुमवासी परिवारका लागि सुरक्षित आवास निर्माण सुरु गरेको हो ।
खप्तड प्लास्टिकमुक्त क्षेत्र
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड क्षेत्रलाई प्लास्टिकमुक्त क्षेत्र बनाउने अभियानको सुरु गरिएको छ । खप्तड राष्ट्रिय निकुञ्जको अगुवाइमा खप्तड घुम्न आउने पर्यटकलगायतलाई निकुञ्ज क्षेत्रमा जथाभाबी प्लास्टिक नफाल्न सचेत गराइएको छ । प्लास्टिकजन्य वस्तुको प्रयोगबाट हुने हानि र क्षतिबारे सचेत गराउँदै प्लास्टिकरहित क्षेत्र बनाउने अभियान चलाइएको बताइएको छ । खप्तड राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले निकुञ्ज क्षेत्रमा घुम्न आउने पर्यटकले प्रयोग गरेको प्लास्टिक जथाभाबी फ्याँकेर जाँदा पाटनक्षेत्र प्रदूषित हुनका साथै वन्यजन्तुले खाने गरेको बताउनुभयो । प्लास्टिक खाएर वन्यजन्तुको मृत्यु हुँदा निकुञ्ज क्षेत्रलाई क्षति पुग्ने भन्दै उहाँले खप्तड क्षेत्रलाई प्लास्टिकरहित क्षेत्र बनाउन लागिएको उहाँले स्पष्ट पार्नुभयो । ‘निकुञ्ज आरक्ष क्षेत्र भन्नेबित्तिकै प्राकृतिक वातावरणले अति सफा र सुन्दर हुनु
शैक्षिक पूर्वाधार कार्यक्रम प्रभावकारी
कर्णाली प्रदेश सरकारको ‘विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम’ प्रभावकारी देखिएको छ । प्रदेशका १० वटै जिल्लाका ७९ वटै स्थानीय पालिकामा सञ्चालित सो कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको हो । प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम सुरु गरेको हो । सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार विकास गर्ने उद्देश्यले सञ्चालित यो कार्यक्रमले हरेक वर्ष निरन्तरता पाउँदै आएको छ । कार्यक्रमको निरन्तरतासँगै सामुदायिक विद्यालयको पूर्वाधार निर्माण तथा सुधारमा उल्लेख्य प्रगति देखिएको दाबी प्रदेश सामाजिक विकास मन्त्रालयले गरेको छ ।
नेपाल मध्यम मानव विकास श्रेणीमा
कुनै पनि देशको प्रतिव्यक्ति कुल राष्ट्रिय आय, शिक्षा र औसत आयु मापन गरिने मानव विकास सूचकाङ्कको विश्वव्यापी स्तरमा नेपाल मध्यम श्रेणीमा परेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले हालै सार्वजनिक गरेको सन् २०२३/२४ को मानव विकास प्रतिवेदनले सूचकाङ्कमा केही सुधार गर्दै नेपालले विश्वव्यापी औसतभन्दा बढी प्रगति हासिल गरेको उल्लेख गरेको हो । प्रतिवेदन अनुसार सूचकाङ्कमा नेपालले ०.६०१ अङ्क पाएको छ जसलाई मध्यम मानव विकास श्रेणी अन्तर्गत राखिएको छ । मध्यम मानव विकास श्रेणी भन्नाले मानव विकास सूचकाङ्कको मान ०.५५० देखि ०.६९९ बिचको श्रेणीलाई जनाउँछ ।
पहेँलो धातुको कुकृत्य
अवैध किसिमले मूल्यवान वस्तुको व्यापारमा संलग्न हुने प्रक्रियालाई नेपाली शब्दकोशले तस्करी मानेको छ । तस्करी राज्यविरुद्ध गम्भीर अपराध हो । राज्यको ऐन कानुनविरुद्ध निजी स्वार्थसिद्ध गर्ने दुस्कार्य मात्र होइन, तस्करीले राज्यको कानुन, नीति र विधि मानेर औपचारिक व्यापार व्यवसाय गर्ने समग्र प्रक्रियालाई निस्तेज पारिदिन्छ । तस्करीले राज्यको राजस्व सुक्छ भने इमानदार उद्यमीलाई माथि उठ्न दिँदैन । उनीहरूलाई व्यवसायबाटै पलायन हुने अवस्थामा समेत पुग्नु पर्ने बनाउँछ । तस्करीले आन्तरिक अर्थतन्त्रको समग्र सन्तुलन त बिगार्छ नै देशको छविलाई बाह्य संसारमा बदनामसमेत गराउँछ । नेपालमा सुन तस्करीमा अति भएपछि सरकारले जाँचबुझ आयोग बनाएको थियो । आयोगले सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयनको चरणमा प्रवेश गरेसँगै तस्करीमा संलग्नको निद्रा हराएको छ । अब पहेँलो धातुका अपराधी कानुनको कठघरामा आउने निश्चित भएको छ ।
नीतिमान् दलको खाँचो
‘जसको नीति उसको नेतृत्व’ यो वाक्य कम्युनिस्ट पार्टीभित्र बारम्बार चलिरहने वाक्य हो । पार्टीभित्र विभिन्न विचारधाराका बहस चलिरहेको हुन्छ । कुनै एक विचारधाराले बहुमत प्राप्त गर्छ । अरू विचारधारा पनि सक्रिय नै भइरहेका हुन्छन् । कहिलेकाहीँ अरू विचारधारा राख्ने व्यक्ति पार्टीको नेतृत्वमा पुग्छ, जसका कारण बहुमतको विचारधारा लागु हुन सक्दैन । अल्पमतमा परेकाको विचारधारा पनि लागु गर्न बहुमत विचारधाराले विरोध गरेको कारण लागु हुन सक्दैन । यस्तो बेला पार्टी चलयमान हुन सक्दैन । शून्यको स्थितिमा हुन्छ । तसर्थ जुन विचारधारा बहुमतमा छ सोही विचारधाराको नेतृत्व हुनु पर्छ अनि पार्टी चलायमान हुन जान्छ ।
अर्थतन्त्र सुधारको प्रभाव
सरकार परिवर्तन र मुलुकले नयाँ अर्थमन्त्री पाएसँगै सेयर बजारमा केही रौनक देखिएको छ । अर्थमन्त्रीले सेयर बजारका विषयमा दिएको सकारात्मक वक्तव्य र अर्थ मन्त्रालयले सेयर बजार सुधारका लागि नियमनकारी निकायसँग सुझाव मागेको विषय र आगामी दिनमा सेयर बजारको सुधारका लागि आएका सुझावको आवश्यक कार्यान्वयन हुने आशाले पनि बजारमा थप उत्साह थपिएको छ । सेयर बजारमा सुधारकै निरन्तरता दिँदै आइतबार सेयर बजारमापक नेप्से परिसूचक २२.१० अङ्कले उकालो लागेर दुई हजार ५२.६५ को बिन्दुमा पुगेर रोकिएको थियो । साताको अन्तिम दिन बिहीबार नेप्से २७.८४ अङ्कले ओरालो लागेर २०८०.८७ को बिन्दुमा पुगेर रोकिएको छ । बजारमा किन्नेभन्दा बिक्री गर्ने लगानीकर्ता हाबी भएकाले बजार ओरालो लागेको हो ।
गुणस्तरीय संसद्को चाहना
आधुनिक लोकतान्त्रिक शासनमा संसद् जनताको केन्द्र हो; जहाँ राष्ट्र र जनजीवनसँग सम्बद्ध मुद्दाबारे विचारविमर्श हुन्छ, निर्णय गरिन्छ, नीति बन्छ र जहाँबाट सरकारको निगरानी हुनुका साथै जवाफदेहितासमेत खोजिन्छ । निर्वाचित प्रतिनिधिको कार्यथलोका रूपमा संसद्ले राष्ट्र सञ्चालनमा जनताको उपस्थितिलाई जनाउँछ । प्राचीन शासन व्यवस्थामा पनि राजाहरूले दरबारमा भारदारहरूको सभा बोलाएर महìवपूर्ण विषयमा छलफल र परामर्श गरी निर्णय लिने गरेको इतिहास सामान्यतः अज्ञात विषय होइन । प्राचीन ग्रिसको संसद्लाई ‘एलेक्सिया’ भनिन्थ्यो; जहाँ छनोट गरिएका नागरिकको सभा बस्थ्यो । त्यस्तै प्राचीन रोमको संसद्लाई ‘रोमन सिनेट’ भनिन्थ्यो । प्राचीन पूर्वीय र पश्चिमा सभ्यतामा तत्कालीन शा
चिच्च्याएर वर मागिने सत्यवती मन्दिरमा थपिए पर्यटन पूर्वधार
एक दशकअघिसम्म बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौर साग्दीमा रहेको सत्यवती मन्दिर जीर्ण र अव्यवस्थित थियो । देशका विभिन्न भागबाट भक्तजन आउँदा पूजा गर्न सहज थिएन ।
विकासको फरक आयाम
इजरायलमा माटो छैन, मरुभूमिमा प्राविधिक तवरले खेती गरेर देश धनी बनेको छ । सिङ्गापुर केही स्रोत नभएको मलेसियाको फोहोर फाल्ने ठाउँ विश्वको विकसित र आकर्षक देश बनेको छ । अमेरिका, क्यानडा त्यस्तो हिउँ पर्ने देशमा त्यस्तो विकास भएको छ । नेपालमा छ हजार नदीनाला छन्, उर्वर भूमि छ, न अति गर्मी न जाडो, विषम हावापानीको देश छ, बाह्रै महिना खेतदेखि वनसम्म उब्जनी भइरहन्छ । त्यति मात्र होइन, नेपालमा यत्रो जडीबुटी छ, बहुमूल्य चिजको खानी छन् । यी सबै
कोषले लगानीमा विविधीकरण गर्दै जाने छ
नेपाल राष्ट्र बैङ्कमा ३० वर्षे सेवा पूरा गरी कार्यकारी निर्देशकबाट निवृत्त भएका पर्वतकुमार कार्की दुई महिनादेखि कोषको कार्यकारी निर्देशकको जिम्मेवारीमा आउनुभएको छ । कोषमा आउनुअघि उहाँ किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । ‘नेपालको समृद्धिको सहयात्री’ मान्न सकिने नागरिक लगानी कोष आइतबार स्थापनाको ३४ औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैङ्क तथ वित्तीय क्षेत्रमा लामो अनुभव सम्हाल्दै त्रिभुवन विश्वविद्यालय र अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट स्नाकोत्तर गर्नुभएका कार्कीसँग गोरखापत्रका लागि पत्रकार भेषराज बेल्बासेले कोषको समसामयिक अवस्थाका विषयमा गर्नुभएको कुराकानी :
भाँचिएको खुट्टाको उपचारका लागि सहयोगको माग
सिमिकोट गाउँपालिका–७ को डाँडाफया गाउँकी एघार वर्षकी बालिका घरको छतबाट लडेर दायाँ खुट्टा भाँचिएकी माया विकको उपचारका लागि सहयोग उठ्न सुरु भएको छ । आर्थिक अभावले विकको उपचारमा समस्या र विकद्वारा सहयोगको लागि याचना भन्ने सामाजिक सञ्जालमा आएपछि सहयोग जुट्न सुरु भएको हो ।
‘मान्छे मर्ने तलाउ’ लोकार्पण
साहित्यकार केदार पोखरेल (जफेली) द्वारा लिखित कवितासङ्ग्रह ‘मान्छे मर्ने तलाउ’ लोकार्पण भएको छ । शनिबार आयोजित कार्यक्रममा पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले पुस्तक लोकार्पण गर्नुभएको हो । कार्यक्रममा कार्कीले कविताको माध्यमबाट देशको कुरालाई कविले राम्रो ढङ्गले प्रस्तुत गर्नुभएको बताउनुभयो । ३९ वर्षसम्म शिक्षण पेसामा आबद्ध हुनुभएका जफेलीको यो सातौँ कृति हो ।
म्युजिक अवार्ड प्रदान
विन्ध्यवासिनी म्युजिक अवार्डको १४ औँ संस्करणमा विभिन्न ३१ विधामा सम्मान र अवार्ड प्रदान गरिएको थियो । सुगम सङ्गीततर्फ निसान भट्टराई र काव्या आचार्यले सर्वोत्कृष्ट गायकगायिकाको अवार्ड पाउनुभयो । सोही कार्यक्रममा गायिका मीरा राणालाई एक लाख रुपियाँसहित विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड–२०८० बाट सम्मान गरियो । सङ्गीतकार भूपेन्द्र रायमाझीलाई ५० हजार रुपियाँसहित विन्ध्यवासिनी साधना सम्मान, जनही नगद २५ हजार रुपियाँसहित पत्रकार शान्तिप्रियालाई विन्ध्यवासिनी कला पत्रकारिता सम्मान, गायक रूपक डोटेललाई प्रेमध्वज सङ्गीत रत्न सम्मान र लोकगायक राजु परियारलाई झलकमान लोकसङ्गीत सम्मानबाट सम्मानित गरियो । कार्यक्रममा गायिका लक्ष्मी सुवेदीलाई १५ हजार रुपियाँसहित अनवरत लोकदोहोरी स्रष्टा सम्मानबाट सम्मान गरियो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
चन्दा र श्रमदान जुटाएर पदमार्ग निर्माण
जिल्लाका स्थानीय युवाले रु १५ लाख चन्दा र तीन महिनासम्म श्रमदान जुटाएर म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा दुई किलोमिटर पक्की पदमार्ग निर्माण गरेका छन् ।
डिजिटलतर्फ सङ्गीत उद्योग
रेडियो, सिडी, भिसिडीको भरमा चलेको नेपाली सङ्गीत उद्योग पछिल्लो समय सुन्नेभन्दा पनि हेर्ने माध्यममा बढी केन्द्रित हुन थालेको छ । त्यसैले पनि नेपाली सङ्गीत बजारमा दृश्यको भाकाले गीतलाई जितिरहेको छ । यसले भोलिका दिनमा गीत सङ्गीतको अस्तित्वमा नयाँ मोड नल्याउँला भन्न सकिँदैन । अहिले नेपाली सङ्गीत बजारको वातावरण र प्रवृत्ति फेरिन थालेको छ । डिजिटल साक्षरता, गीत सङ्गीतको डिजिटल अधिकार, गीत सङ्गीतको डिजिटल व्यापारको सम्भावनाले नयाँ र पुरानो पुस्तालाई नजिक बनाउँदै लगेको सर्जकको भनाइ छ ।
भगवान् शिवसम्बन्धी कला प्रदर्शनी
महाशिवरात्रिका अवसरमा आर्ट बुमको आयोजनामा ‘शिव’ शीर्षकका कला प्रदर्शनी सञ्चालनमा रहेको छ । काठमाडौँ ठमेलस्थित होटल आर्ट्स ग्यालरीमा प्रदर्शित कलामा कलाकारले भगवान् शिवका विषयलाई विभिन्न माध्यममा चित्रण गरेका छन् । कला प्रदर्शनीमा यस पटक १९ जना कलाकारले सिर्जना गरेका २१ कला प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा कलाकार चिरञ्जीवी भट्ट, दिनेश शाक्य, किपा राणा, मलिका उदास, सुषमा राजभण्डारी, मिनरत्न वज्राचार्य, मदन श्रेष्ठ, ओमप्रकाश गुरुङ, जुजुकाजी श्रेष्ठ, सजिता श्रेष्ठ, सानुराज डङ्गोल, विकेश घिमिरेलगायत कलाकारका कला समावेश गरिएको छ ।
पथरीको चिउरा मिलमा आगलागी
मोरङको पथरी शनिश्चरे नगरपालिका १ मा रहेको चिउरा मिलमा गए राति आगलागी भएको छ । आगलागीबाट उद्योगमा ठुलो क्षति भएको प्रहरीले जनाएको छ ।