• १३ साउन २०८१, आइतबार

पथरीको चिउरा मिलमा आगलागी

blog

शशिधर पराजुली 

विराटनगर, चैत ४ गते । मोरङको पथरी शनिश्चरे नगरपालिका १ मा रहेको चिउरा मिलमा गए राति आगलागी भएको छ । आगलागीबाट उद्योगमा ठुलो क्षति भएको प्रहरीले जनाएको छ । 

पथरी १ स्थित बुद्ध चोकमा रहेको कोशी चिउरा मिलमा  मध्य राति आगलागी भएको हो । आगलागीबाट एक करोड रुपैयाँ भन्दा बढीको क्षति भएको बताइएको छ । उद्योग र त्यहाँभित्र  राखिएका अन्न तथा मिल मेसिनरीका सामानहरू सबै जलेका छन् । 

आगलागीबाट मानवीय क्षति नभएको र छिमेकी नगरपालिकाहरूबाट गएका वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो  बिहानीपख नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ ।